धरानमा सुकुम्बासीलाई फारम वितरण भराउने तयारी

  • वैशाख ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई फारम वितरण गर्ने तयारी गरेको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण तथा नाप नक्शा गर्ने कार्यमा सहयोग र सहजिकरण गर्न बनेको भूमि सम्बन्धि समस्या समाधान सहजिकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न फारम वितरण गर्ने भएको छ । धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ ।

सहजिकरण समितिको पहिलो बैठकले आज (सोमबार)देखि शनिबारसम्म प्रचार प्रसार गर्ने, विशेष गरेर धरान उपमहानगरको सबैभन्दा बढी सुकुम्बासीको बसोबास रहेका वडाहरु ५, ११, १३, १५, १६ र १७ मा कार्यक्रम गरी प्रचार प्रसार गर्ने भएको छ । यसको लागिसहजिकरण समितिका सदस्यहरुसँग समन्वय गरी प्रचार प्रसार सामग्री तयार गर्ने निर्णय गरिएको लगत संकलन इकाई प्रमुख बेद प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिडको संक्रमण तथा भिडभाड व्यवस्थापन गरी सकेसम्म घरघरमा गएर फारम भराउने कार्यका लागि योजना बनाउन सबै वडाहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । वैशाख १२ गते आईतबारदेखि फारम भराउने कार्य सुरुवात गरिनेबैठकले निर्णय गरेको छ ।

सहजिकरण समितिको अर्को बैठक वैशाख ११ गते शनिबार बिहान ८ बजे बस्ने निर्णय समेत गरिएको छ ।

सहजिकरण समितिमा निमार्ण

सहजिकरण समितिमा नगर प्रमुख तिलक संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल सदस्य सचिव, नेकपा एमालेका प्रतिनिधि राजमणी निरौला सदस्य, नेपाली कांग्रेसका प्रतिनिधि नरसिंह राई सदस्य, नेकपा एमालेका प्रतिनिधि हर्कजङ एभेङ सदस्य, माओवादी केन्द्रका प्रतिनिधि सुदर्शन श्रेष्ठ सदस्य, जनता समाजवादी पार्टीका प्रतिनिधि ताजुब लिम्बु सदस्य, कार्यपालिका सदस्य हिरादेवि राई सदस्य, कार्यपालिका सदस्य कल्पना थापा मगरसदस्य, सुबास राई सदस्य र पञ्चकला राई सदस्य रहेका छन् ।

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved