शहिद स्कुल भ्रस्टाचार प्रकरण : बिद्यार्थी पनि आन्दोलनमा, शिक्षा शाखाले थाल्यो अनुसन्धान

  • बैशाख ६, २०७८
  • तेबहादुर बन
alt

इटहरी / विद्यालयमा भएको अनियमितता ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्कासन गरे पछि इटहरी १९ भवानिपुर स्थित शहिद स्मृति आवसिय माध्यमिक बिद्यालयका विद्यार्थीहरु पनि आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितीले नियम विपरित प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई पदमुक्त गर्दै निष्कासन गरेको थियो ।

विद्यार्थीहरुले आइतबार विद्यालय परिषरमा व्यवस्थापन समिति बिरूद्ध नारावाजी गर्दै पद मुक्त गरिएका राई र काफ्लेलाइ सम्मानपुर्वक पुनः पदबहाली गरिनुपर्ने माग गरेका छन् । उनीहरुले विद्यालय स्थापना देखि अहिले सम्म भएका सम्पुर्ण आर्थिक कारोबारहरू तत्काल सार्वजनिक गरिनुपर्ने पनि माग गरेका छन् । विद्यार्थीहरुले माग पुरा नभए सम्म आन्दोलन नरोकिने बताएका आएका छन् । विद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय व्यवस्थापन समितीले घटना ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्काशन गरेको थियो ।

यता स्थानीय अभिभावकहरुले पनि व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी लगायत केहि सदस्यहरुले विद्यालयमा वर्षै देखि मनोमानी गर्दै आएको आरोप लगाएका छन । अभिभावहरुले पनि विद्यालय स्थापना कालदेखि अहिले सम्म भएका हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन ।

कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरूले आइतबार विद्यालय व्यवस्थापन समितिको कार्यकक्ष लगायत सबै कक्षाहरूमा तालाबन्दी गरेका छन् । विद्यालयको पठनपाठन समेत अवरूद्ध गर्दै उनीहरु आन्दोलित भएका हुन् । यता विद्यालयमा भएको नीतिगत अनियमितताबारे इटहरी उपमहानगरले पनि छानविन सुरू गरेको छ । आइतबार बसेको दुई पक्षिय छलफल संगै उपमहानगरको शिक्षा तथा योजना महाशाखाले बिद्यालय भित्र भएको नीतिगत अनियमितताबारे छानविन प्रक्रिया अघि बढाएको हो ।

शिक्षा महाशाखाका प्रमुख फाल्गुणी प्रसाद काफ्लेका अनुसार बिद्यालयको बिवाद साम्य बनाउन बसेको छलफल बिना निश्कर्ष सकिएको र पुर्ण बैठक चाडै बस्ने निर्णय गरिएको छ । विद्यालयमा हुने गरेको नीतिगत अनियमितता बारे महाशाखाले भित्रि रूपमा अनुसन्धान थालिसकेको महाशाखाका प्रमुख काफ्लेले बताए ।

छलफलमा निष्कासितमा परेका विद्यालयका प्रअ राई र लेखापाल काफ्ले, विद्यालय संरक्षण समितिका संयोजक लक्ष्मण कुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी, सदस्य राम बहादुर कार्की र पुजा खनालको उपस्थिति रहेको थियो । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरिले हर–हिसाब सार्वजनिक गर्नु नपर्ने बताएका छन् । विद्यायलय सहित प्रतिष्ठानको मिति अनुसार सञ्चालन भएकाले हिसाब सार्वजनिक गर्नु नपर्ने उनको दाबी छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved