‘सरकार स्वेच्छाचारी बन्यो’

  • वैशाख ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाईल तस्वीर

विराटनगर/  एक नम्बर प्रदेश सभाका विपक्षी दलले सरकार संसद छलेर स्वेच्छाचारी बन्न उद्दत रहेको आरोप लगाएका छन । प्रतिपक्षको विरोधका बीच प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आइतबारबाट अन्त्य भएपछि विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेताले सरकारको आलोचना गरेका हुन ।

प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा नेकपा माओवादीका सांसद इन्द्र आङ्बोले संसदका एउटा पनि बैठकमा उपस्थित नभएर मुख्यमन्त्री अन्तिमको बैठकमा आउनु स्वेच्छाचारिता भएको टिप्पणी गरे । उनले भने, “विपक्षीको माग सुनुवाई गर्नुको साटो सरकारबाट संसद छल्ने काम भएको छ ।” आङ्बोले प्रदेश सरकारले विकास निर्माणको कामको भुक्तानी दिन नसक्ने अवस्था बढ्दै गएको टिप्पणी गरे । पूर्वाधारका कतिपय काम क्षमता भन्दा बढीको स्वीकृती भएका कारण आर्थिक समस्या बढ्दै गएको बताए ।

प्रदेश सरकारले संचालन गरेका कतिपय परियोजनाको काम आर्थिक अभावमा समस्यामा पर्ने देखिएको भन्दै उनले गत आर्थिक वर्ष भौतिक पूर्वाधार मन्त्रालयको ६ अर्ब बजेट खर्च भएको देखिएको बताए । तीन अर्ब रुपैयाँ सीमा भन्दा बाहिर गएर भौतिक पूर्वाधार मन्त्रालयले खर्च गरेको आङ्बोले बताए ।

उनले भने, “यो मन्त्रालय तीन वर्ष मुख्यमन्त्रीले नै सम्हालेको यसको जिम्मेवारी कसले लिन्छ ?” प्रदेश सरकारले औकात भन्दा बढी महत्वाकांक्षी योजनामा बजेट छुट्याएकोले पनि ती पुरा हुने अवस्था नरहेको सुनाए । चैत २६ गते यताका प्रदेशसभाका सबै बैठक प्रतिपक्ष दलहरुले अवरोध गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को पारित बजेटमा उल्लेख भएका प्रमुख कार्यक्रम कार्यान्वयनका लागि स्रोत सुनिश्चितता गर्न माग गर्दै विपक्षी दलले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । तर, सरकारले विपक्षीको माग सम्बोधन गर्नुको साटो ाइतबार हिउँदे अधिवेशन नै अन्त्य गरिदिएको हो ।

माघ ७ गतेबाट सुरु भएको प्रदेशसभाको सातौं अधिवेशनमा जम्मा आठवटा बैठकहरु बसे । हिउँदे अधिवेशनमा सरकारले प्रदेशसभा सचिवालयमा कृषि अनुदानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मात्र दर्ता गरायो तर सदनमा छलफलमा गएन । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरुको सरोकार सम्बोधन गर्न मुख्यमन्त्री तयारी गरेर आइतबारको बैठकमा उपस्थित भएको दाबी गरे । उनले भने, “तर, विपक्षीको अवरोधका कारण मुख्यमन्त्रीले सम्बोधन गर्न पाउनु भएन ।” प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकार अलोकतान्त्रिक ढंगले चलेको बताए । उनले सरकार विरुद्ध अब कठोर कदम चाल्ने र मुख्यमन्त्रीले सरकारमा बसिरहने समान्य नैतिकता समेत गुमाएको भन्दै टिप्पणी गरे ।

 

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved