दरबार क्षेत्रमा भू–भौतिक सर्वे : पच्चीस सय वर्ष पुराना वस्तु फेला

  • वैशाख ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ विराटनगर–१८ भेडियारीमा अवस्थित विराट राजाको दरबार क्षेत्रमा करिब २५ सय वर्ष पुराना भौतिक वस्तुहरु रहेको अध्ययनका क्रममा पत्ता लागेको छ ।
दरबार रहेको विश्वास गरिएको क्षेत्रमा भू–भौतिक सर्वे गर्दा करिब २५ सय वर्षभन्दा पुराना वस्तु रहेको खुल्न आएको हो । नेपाल सरकारको पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयको अध्ययन टोलीले विराट दरबार क्षेत्रको हालै सर्वे सम्पन्न गरेको हो ।

अध्ययन सिमितिले ३ मिटर जमिनमुनि सम्मको भू–भौतिक सर्वे गरेका हुन् ।विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विस्तृत अध्ययन प्रतिवेदन आउन बाँकी रहेको भएपनि प्रारम्भिक चरणको नतिजाले दरबार क्षेत्रमा करिब २५ सय सय वर्षभन्दा पनि पुरानो इँटा लगायत निर्माणमा प्रयोग भएका वस्तु रहेको खुल्न आएको बताए । उनले भने, “अध्ययन टोलीले देखिएका वस्तुहरुबारे प्रारम्भिक रुपमा मात्रै जानकारी गराएकोले यो क्षेत्रको ऐतिहासिकता अझ प्रस्ट भएर आउने देखिएको छ ।”

विराट दरबार क्षेत्रबारे भएका अध्ययनहरु प्रमाणिक रुपमा यो क्षेत्रको ऐतिहासिकतालाई अझ धेरै पुष्टि गर्दै लैजाने सुनाए । मेयर पराजुलीले विराट राजाको दरबार क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाउन महानगरपालिकाले सबै अध्ययन पुरा गरी कामसमेत अघि बढाएको बताउँदै भने, “इतिहासको प्रमाण रहने गरी र आधुनिकतालाई समेत समेट्दै हामी यो क्षेत्रमा भव्य दरबार निर्माण गर्दैछौं, यसको काम अघि बढिसकेको छ, यो क्षेत्र हिन्दु हरुको लागि मात्र नभएर अन्य धर्मावलम्बीको लागि पनि घुम्न र अध्ययन गर्न आउने थलो बन्न सक्नेछ ।”भेडियारीमा अवस्थित विराट राजाको दरबार क्षेत्रमा पाँच पाण्डवले वनबासपछि १ बर्षसम्म गुप्तबास बसेको मानिन्छ । उबेला दरबार र मन्दिर अझैपनि जमिनमुनि रहेको कथन छ ।

विराट राजाको दरबारको वास्तविकता पत्ता लगाउने उद्देश्यले सर्वेक्षण गरिएको नेपाल सरकारका पुरातत्व अधिकृत विष्णु पाठकले बताएका छन् । व.सं. २०२७ सालमा पनि नेपाल सरकारको पुरातत्व विभागले यस क्षेत्रमा उत्खनन् गर्दा ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा फेला पारेको थियो । ती सबै राष्ट्रिय संग्रहालयमा राखिएका छन ।

विराट राजा खोज÷संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादव भन्छन्,“यो ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ ।”विभिन्न धार्मिक ग्रन्थमा समेत विराट दरबार क्षेत्रबारे वर्णन गरिएको छ । पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार प्रारम्भिक रुपमा प्राप्त भएको विवरणहरुलाई अध्ययन गरी पुरातत्व विभागले उत्खनन्को काम अघि बढाउने छ । विराट राजाको दरबार क्षेत्र कुल ८ विगाहा ३ कठ्ठा १७ धुर जग्गामा अवस्थित छ । जुन सरकारको नाममा छ । यो क्षेत्रमा थरथोवा, गुहिया, दिघरी, धरवा, किच्चकबध, भन्सिया र बहरवा पोखरीहरु छन । यिनलाई विराटकालीन मानिन्छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved