Top 4

    Showing 8,161-8,170 of 9,409 items.
  • जनता माबि कान्चिराङ्गमा बन्ने ४ कोठे पक्की भवनको शिलन्यास

    बेलका/  जनता माध्यमिक वद्यालय कान्चिराङ्गलेको ४ कोठे भवनको मंगलबार एक कार्यक्रममा बिच शिलन्यास भएको छ । बेलका नगरपालिका वडा नं ७मा रहेको विद्यालयको ४ कोठे आरसिसी भवनको नगर प्रमुखदुर्गा कुमार थापा र उपप्रमुखराजकुमारी चौधरिले संयुक्त रुपमाशिलन्यास गरेका हुन् । नगरपालिकाको शसर्त अनुदानतर्फको ३६ लाख र बिद्यालयको ७लाख गरिजम्मा ४३ लाखाको लागतमा भवन निमार्ण गर्न लागिएको हो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारुहाङ राईले विद्यालयमा विद्यार्थीहरुको संख्या धेरै भएकाले व्यवस्थापन गर्न कठिनाई परिरहेकाले नगरपालिका सग भवन निमार्णका लागि पहल गरिएको बताए । उनले गुणस्तरीय शिक्षा

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शनिबार सुजुकी कारको ‘सुपर स्याटरडे’

    काठमाडौँ÷ नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगामी शनिबार (माघ १७) ‘सुपर स्याटरडे’ कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस दिन सुजुकीका चारपाङ्ग्रे गाडी खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउने कम्पनीले जनाएको छ । त्यस दिन ग्राहकहरूलाई अधिकतम दुई लाख रुपैयाँसम्म र एक लाखसम्मको सुपर स्याटरडे नगद छुटका साथै निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि प्रदान गरिने बताइएको छ । यो अफर शनिबार एक दिनका लागि देशभरका सबै ३८ वटा डिलरमा

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 1,381 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुत्केरीलाई न्यानो कपडा वितरण

    विराटनगर । प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा सुत्केरीलाई न्यानो कपडा वितरण गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत सुत्केरी महिलालाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको छ । ३५ जना सुत्केरी महिलाहरुलाई न्यानो ओढ्ने र पोषिलो खानेकुरा प्रदान गरिएको छ । बुधवार भएको वितरण कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाकी धर्मपत्नी पुनम कोइराला, समाजसेवी ज्योती आचार्य, डा.नारायण यादव, सावित्री पुरीलगायतको सहभागी थिए ।  

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओलीको कदमविरुद्ध विराटनगरका प्रबुद्ध नागरिक सङ्गठित

    बिराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध यहाँका प्रबुद्ध नागरिक एकजुट भएका छन्। वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलको नेतृत्वमा प्रबुद्ध नागरिक अभियान समितिका नाममा सङ्गठित भई अभियान सुरु गरिएको हो। समितिले बुधबार महेन्द्र चोकमा सडकमै पत्रकार सम्मेलन गरी ओलीको कदमले लोकतन्त्र समाप्त हुने खतरा भएको बताएको छ। समितिमा विभिन्न पेशाका एक सय नौजना सदस्य छन्।समितिले प्रतिनिधिसभा विघटनविरूद्ध विचार गोष्ठी,विरोध जुलुस, धर्नालगायतका कार्यक्रम गर्ने जानकारी दिँदै संयोजक प्रा पोखरेलले भने, ‘सत्य र असत्य, न्याय र अन्याय तथा इमान र बेइमानका बीचमा लडाइँ हो। अ

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 511 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय कम्पनीका हेडद्वारा नेपाली कर्मचारीमाथि अभद्र व्यवहार

    धरान÷ क्याडिला फर्मास्युटिकल कम्पनीका भर्टिकल हेड अमित जैनले कम्पनीमा कार्यरत् नेपाली कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेका छन् । भारतको अहमदावाद गुजरातमा रहेको सो कम्पनीले गत पुस २७ गते जुम मिटिङ राखेको थियो । सोही मिटिङमा जैनले नेपाली कर्मचारीहरूमाथि अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गरेको मिटिङमा सहभागी नेपाली कर्मचारी शरदकुमार शर्माले बताए । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीकाबेला औषधिको बिक्री घटेको निहुँमा उनले नेपाली कर्मचारीहरूलाई जथाभावी गाली गरेका हुन् । उनले मिटिङमै अपशब्द प्रयोग गर्न थालेपछि प्रतिवाद गरेका आपूmलगायतलाई कामबाट निकालिदिने धम्कीसमेत दिएको शर्माले जनाए । जै

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,231 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोडर्न प्रिप्रेटरीमा शहीद सप्ताह

    इटहरी÷ शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताह यहाँस्थित मोडर्न प्रिप्रेटरी स्कुलले सदाझैं यस वर्ष पनि मनाइरहेको छ । इटहरी–६ को मोडर्न प्रिप्रेटरीले विद्यार्थीहरूको सहभागितामा साताव्यापी शहीद सप्ताह मनाइरहेको जनाएको छ । देश र जनताका लागि जीवन बलिदान दिने शहीदहरूको सम्झनामा शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको दिन माघ १० गतेबाट विभिन्न कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक महेश दाहालले जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध हुने भावना विकास गर्न मद्दत गर्ने भएकाले कार्यक्रम गरिएको विद्यालय

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,215 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

    इलाम/ इलाममा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इलामबाट बाट झापा जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ की २६ वर्षिय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मोटर साईकलमा सवार मृतकका दुई वर्षिय छोरा सरोज आचार्य र मोटर साईकल चालक उमेस शाहा धाईते भई दुबै जनालाई उपचारको लागि झापाको वि एण्ड सी अस्पताल पठाईएको प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक लाल ध्वज सुवेदीले बताए । मृतककोे कानुनी पकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पताल लगिएकोे र ट्रक चालक पाँचथरको ह

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 733 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मिटरब्याजीलाई कडा कारवाही माग गर्दै अदालतको ध्यानाकर्षण

    विराटनगर । मिटरब्याजीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै पीडितहरुले अदालतको ध्यानाकर्षण गराएका छ । मोरङ जिल्ला अदालत परिसरमा पीडितले प्लेकार्ड बोकेर आफूहरुलाई न्याय दिलाई दिन माग गरेका हुन । ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै मंगलबार पीडितहरुले मोरङ जिल्ला अदालत परिसरमा धर्ना दिएका हुन । उनीविरुद्ध सरकारी वलिकको कार्यालयले अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएको छ । रौनियारले चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गर्ने गरेको र धेरैको विल्लीबाठ गराई दिएको पीडितको भनाइ छ । उनी विराटनगर– ९ घोगापुल चोकका बासिन्दा हुन । प्रहरीले पीडितहरुको उजु

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका दुई युवा-युवती लागुऔषध सहित बिराटनगरबाट पक्राउ

    बिराटनगर । धरानका दुई जना युवा युवती लागुऔषध सहति बिराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ,धरान(१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल-१०एम्पुल, फेनारगन-१०एम्पुल, लुपिजेसिक-१०एम्पुल र डाईजोल्याब-१० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई फरक-फरक स्थानमा ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

    धरान । उदयपुरको कटारी नगरपालिका ४ का ५ वर्षीय बालकको ट्याकटर बाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी-४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी, मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक-५ स्थितमा ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक-५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved