वराहक्षेत्र कांग्रेसद्वारा जोगी सन्यासीलाई खाद्यन सहयोग

  • जेठ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

 

वराहक्षेत्र / कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभावले खाद्यनको जोह गर्न सकस परिरहेको वराहक्षेत्र धामका जोगी तथा संन्यासीहरुलाई नेपाली कांग्रेस वराहक्षेत्रले सहयो गरेको छ ।

नेपाली कांग्रेस बराहक्षेत्रले गठन गरेको कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले खाद्यन सहयोग गरेको हो ।
विगत २० दिनदेखि नियमित रुपमा संक्रमितको घरमा सेनिटाइज, पोष्टिक तत्व र बिरामिकालागि निःशुल्क एम्बुलेन्स सेबा दिई रहेको कांग्रेसले शनिवार वराहक्षेत्र मन्दिरमै पुगेर २१ जना जोगी तथा संन्यासीहरुलाई खाद्यन सहयोग गरेको हो ।

वराहक्षेत्र मन्दिर दर्शन गर्न आउने तिर्थालु र भक्तजनले दिएको दानवाट जिबिको पार्जन गर्ने जोगी ,संन्यासीहरुलाई निषेधज्ञाले तिर्थालु र भक्तजनको चहल पहल शुन्य भए पछि खाद्यनको जोह गर्न सकस भइरहेकोमा खाद्यन सहयोग गरेको नेपाली कांग्रेस कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिका संयोजक क्षेत्र नं ४ का सचिब रमेश कार्कीले बताए ।

जोगि तथा संन्यासीहरुलाई वराहक्षेत्र संरक्षण मञ्चसंग समन्वय गरेर खाद्यन प्रधान गरिएको थियो । वराहक्षेत्र मन्दिर परिषदमा रहेका २१ जना जोगी तथा संन्यासीहरुलाई चामल , दात, नुन, तेल, चिनि प्रदान गरिएको थियो ।

वितरण कार्यमा नेपाली कांग्रेस महा– समिति सदस्य अनु गुरुङ, नेपाली कांग्रेस वराहक्षेत्र नगर सभापति नारायण नेपाल , नेपाल दरुण दल वराहक्षेत्र सदस्य सुरज घिमिरे, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ , सचिव राजु घिमिरे लगाएको उपस्थित रहेको थियो ।

कोरोना भाइरसका कारण खाद्यन जोह गर्ने समस्या भइरहेका जोगी तथा संन्यासीहरुलाई केही समस्या भए पनि खाद्यन व्यवस्था भएको वराहक्षेत्र संरक्षण मञ्चले जानकारी दिएको छ ।

IMG_20210605_144821

 

 

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved