‘वीपी धरायसी हुनुको कारण पदाधिकारी सहित शिक्षकनै स्वार्थमा छन्’

  • जेठ २३, २०७८
  • "दिनेश गजमेर"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले भनेका थिए, ‘वीपीमा जब सम्म राजनितिक हस्तक्षेप र राजनिति बन्द हुँदैन, वीपी सुधार्न भगवाननै आउनु पर्छ ।’

उनले आफ्नो कार्यकाल बिताउँदै गर्दा थुप्रै राजनितिक अवरोधले पुर्याएको व्यवधानहरु व्यहोरेका थिए । तर उनी धरानकै भएर पनि हुनुपर्छ, त्यती धेरै विवादमा आएनन् ।

उनैलाई शिक्षाध्यक्ष बनाउन सिफारिस गर्ने तत्कालिन उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दास, त्यस पछि बनेका अर्का शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल, दास पछिका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, अहिले आएका डा. ज्ञानेन्द गिरी सबै नै विवादित बने । बाहिरबाट प्रतिष्ठानको मुख्य पदाधिकारीमा आउने रजिष्टार्डहरु पनि विवादित बने ।

भित्रैबाट रजिष्टार्ड बनेका गाइनोकोलोजिष्ट प्रा.डा. मोहन चन्द्र रेग्मी पनि विवादमा परेका छन् । प्रमुख पदाधिकारहरु सबै भ्रष्टाचार, अनियमिततामा मुछिएको आरोप लागेको छ ।

प्रमुख पदाधिकारीहरुको बिचको टकराव, आर्थिक कारोबारमा अपचलनकै कारण प्रतिष्ठान दैनिक धरायसी बन्दै गएका छन् । जब प्रतिष्ठान भित्रैबाट उपकुलपति हुने प्रावधान शुरु भयो, त्यस पछि भ्रष्टाचार र आर्थिक अपचलन शुरु भएको हो ।

ब्रिफकेश बुझाएर उपकुलपति बन्ने प्रक्रिया अघि बढ्न थाले पछि पदाधिकारीहरु प्रतिष्ठानको सेवा बिस्तार भन्दा पनि कमाउने धन्दामा लाग्न थाले । त्यस पछि शुरु भएको पदाधिकारी लगायत विभागिय प्रमुखहरुको गुटबन्दीकै कारण अहिले प्रतिष्ठान धरायसी बन्दै गएको छ ।

ब्रिफकेश बुझाएर उपकुलपति बन्न थाले पछि प्रतिष्ठानमा भ्रष्टाचारले समेत जरो गाडेको छ । पाँच वर्षे कार्यकाल हुने उपकुलपति पदका लागि १० वर्षमा एक जना निमित्त उपकुलपति सहित ४ जनाले पद सम्हालि सके । तर पनि प्रतिष्ठान दिनानुदिन अस्वस्थ्य बन्दै गएको छ ।

प्रतिष्ठानका बौद्धिक व्यक्तित्वहरु नै गुट उपगुटमा लागे पछिको परिणाम अहिलेको अवश्था रहेको हाडजोर्नी विभागका प्रमुख तथा पुर्व सहायक निर्देशक प्रा.डा. पशुपति चौधरी बताउँछन् । उनी भन्छन्, ‘शिक्षकहरु नै सबै भन्दा बढी संकिर्ण मानसिकतामा छौं, आफ्नो साधारण स्वार्थ पुरा गर्नका लागि गुट उपगुट बनाइरहेका छौं ।’ प्राध्यापकहरु नै राजनितिक गुट उपगुटमा विभक्त हुँदा संकटको बाटो उत्पन्न भएको उनको भनाई छ ।

उनले भने, ‘सिण्डिकेट अनुसार पदाधिकारीहरुको चाकडी गर्ने, एकले अर्को लाई निस्तेज पार्ने, सत्य तथ्यलाई लुकाएर आफ्नो गुटलाई माथि उचाल्ने गरेको छ ।’ विभागीय प्रमुखहरु पनि निजी स्वार्थका लागि क्षेत्रीय, जातीय, राजनितिक, लिङगीय सम्प्रदायिक रुपमा विभक्त भएको उनको दाबी छ ।

पदाधिकारीहरु राजनितिक नियुक्ति नै भए पनि पदमा पुगे पछि पदीय मर्यादा अनुसार भन्दा पनि व्यापारीको ईच्छा अनुसार चलेको उनी बताउँछन् । कमजोर चिकित्सकहरुलाई पोष्ट र पावरमा पुर्याएका पदाधिकारीहरुले कमजोरी लुकाउननै समय बिताएको उनको भनाई छ ।

उनले भने, गलत मान्छेको लागि राजनितिक गर्ने नेतागिरी गर्ने कर्मचारीहरुको हालीमुहाली हुँदा श्रम गर्ने कर्मचारीहरु पछाडि परेको अवश्था छन्, केही गलत कर्मचारीहरुकै कारण प्रतिष्ठान पनि बिग्रदै गएको छ ।’
प्रतिष्ठानमा भइरहेको समस्या समाधान गर्न धराने जनताले पटक पटक अभियान चलाएका छन् । विभिन्न चरणमा आन्दोलनहरु समेत भएका छन् ।

तर प्रतिष्ठानको सिस्टम परिवर्तन गर्न भने अझै सकेका छैनन् । धरान नागरिक दबाब संजालका संयोजक प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘राजनितिक नियुक्ति छ, परम्परागत सिस्टममा चलिरहेको छ, सिस्टम परिवर्तन गर्न सकिन्दैन तर खै गर्ने काम हाम्रो हो ।’

प्रतिष्ठान भित्र स्वार्थ संग्राम चलिरहेकाले अहिलेको अवश्था शिर्जना भएको उनको भनाई छ । पदाधिकारीको स्वार्थ धन कमाउने भएकाले त्यसैले विसंगती ल्याएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘पदाधिकारीहरु बिच द्वन्द छ, त्यो नियत सफा नभएले उद्देश्यको टकराव छ, धन कसले छिटो कमाउने र धेरै कमाउने होडवाजी चल्यो भने एउटाले अर्को सँग लुकाएर कमाउनु पर्ने हुन्छ, लुकाएर कमाउनु पर्दाको अवश्था हो ।’ पैसाको बेरुजु मात्रै होइन नियतको सफाई गर्नुपर्ने अवश्था आएको उनी बताउँछन् ।

प्रतिष्ठानमा हुने गरेको विभिन्न किसिमको हस्तक्षेप, पदाधिकारीहरु विभिन्न काण्डमा मुछिने गरेको कारण यसको असर प्रतिष्ठानमा परेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक जसो प्रदेश १ र २ गरी ३ हजार भन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन् । उनीहरुको स्वास्थ्य सेवामा खेलवाड भइरहेको छ । व्यवस्थापन चुस्त नहुँदा प्रत्यक्ष सेवा नै प्रभावित भएको छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved