प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाईने

  • जेठ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगरः प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ ।

मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाईने छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए । खोप कार्यक्रमका लागि सोमबार प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने र मैगलबारबाट खोप लगाउने काम शुरु हुने साहले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका अनुसार ताप्लेजुङमा ३,७०३, संखुवासभामा ४,४००, सोलुखुम्वुमा २,८८५, ओखलढुङ्गामा ४,२९१, खोटाङमा ४,८४८, भोजपुर ४,३४७, धनकुटामा ४,८५३, तेह तेह्थुममा २,८४६, पाँचथरमा ५,५८१, इलाममा ८,८६२, झापामा २६,४१९, मोरङमा ३१,१८५, सुनसरीमा २६,१३२, उदयपुरमा १०,१५१ डोज खोप पठाउने काम भईरहेको छ ।

कोभिड १९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छन् ।विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उनले बताइन्।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved