सत्ताकब्जा गर्न उद्दत ओली अब जन आन्दोलनले मात्र ढल्छन् : डा. शेखर कोइराला

  • जेठ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाल कुनै पनि हालतमा वहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् ।

नेपाल वहुलजातीय, वहुभाषी, वहुसांस्कृतिक देश हो भन्दै दनले राजपा सरकारमा जानसाथ उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्विकार गर्नै नसकिने बताए ।

कोइराला निवास विराटनगरमा सोमबार पत्रकारहरुसंग कुराकानी गर्दै नेता शेखरले भने,“संविधान बन्ने क्रममा उग्र प्रतिरक्षा गर्ने केपी ओली र उग्र रुपले संविधानको विरोध गर्ने राजपा अहिले के बाध्यता पर्यो अहिले एकै ठाउँमा आउनु परेको छ । यो विषय विचारयोग्य विषय पनि छ । तर, अहिले हिजो विरोध गरेको संविधान मानेर उपप्रधानमन्त्रीको सपथ लिएका महतोले वहुराष्ट्रिय देशको कुरो उठाउनु भएको छ ।” यो अभिव्यक्तिले देशलाई नै सोच्न बाध्य बनाएको र यो काम चलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको कोइरालाले सुनाए ।

जसपाको नेताको हिसाबले मात्र नभई देशको उपप्रधानमन्त्रीको सपथ लिईसकेको हिसाबले राजेन्द्र महतोले दिएको अभिव्यक्ति स्विकार्य हुन नसक्ने भन्दै कोइरालाले वहुभाषिक, वुहजातीय, वहुधार्मिक, सांस्कृतिक देशको सम्बद्र्धन र संरक्षण गर्ने जिम्मेवारी सबै राजनीतिक दलको भएको स्पष्ट गरे । “वहुराष्ट्रिय भन्ने कुरा हुनै नसक्ने तर वहुलवादलाई कांग्रेसले पनि स्विकार गरेको स्मरण गर्दै वहुराष्ट्रिय भन्ने कुरा कुनै ढंगबाट स्विकार गर्न सकिने विषय नभएको बताए ।

“निर्वाचनको डेट क्लियर भएपछि सरकार विस्तार गर्नु नै गलत हो । कुन बाध्यता परेको हो ? संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउनु परेको,” कोइरालाले प्रश्न गर्दै भने,“आचार संहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ । गलत संस्कार बसेको छ राजनीतिमा । तत्काल अहिले बनाउनु पर्ने जरुरी के थियो ?” निर्वाचन घोषणा भईसकेको अवस्था, संसद विघटनमो मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि ? भन्दै कोइरालाले प्रश्न गरे ।

भोलि संसद पुर्नस्थापना भएपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएप्नि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेसको माओवादीसंगको मेलमिलाप भनेको संसद पुर्नस्थापना गर्नको लागि भएको स्पपष्ट गरे ।

“कांग्रेस मध्यममार्गी शक्ति हो । चुनाव नहुने देखिन्छ । चुनाव भए तीन फोर्सले अघि आउँछ । एउटा ओली र राजपा, अर्को कांग्रेस हो र अर्को कम्युनिष्ट घटकहरु हुन सक्छन् । माधव–झलनाथ समूह अर्कोशक्ति हुन्छ । संविधान बचाउन र संविधान ट्राकमा ल्याउन्जेलसम्म हो माओवादी अनि कम्युनिष्टसंगको गठबन्धन तर कांग्रेस चुनावमा आफ्नै बाटो लागेर जानुपर्छ,” कोइरालाको भनाई थियो ।

१४६ जना सांसदले अदालतमा परेड नै गरिसकेपछि न्यायमूर्तिहरु यो कुरामा अत्यन्तै सतर्क देखिएको भन्दै कोइरालाले न्यामूर्तिहरुको विषयमा टिकाटिप्पणी गर्ने ठाउँ नभएको बताए । भने,“संसद पुर्नस्थापना हुन्छ । संसद पुर्नस्थापनाले पनि बाटो त चुनाव नै हो । संसद चल्न सक्दैन भन्ने पनि हामीले बुझेका छौं । ओली जीको नेतृत्वमा निष्पक्ष चुनाव हुन सक्दैन् । स्वतन्त्र र निष्पक्ष चुनाव नहुने भएकोले निर्वाचनको मिति घोषणा गरेपछि सरकारले मन्त्रीमण्डल गठन गरेको छ त्यो संविधानको बर्खिलाप छ । न्याय भनेको संसद पुर्नस्थापना भएर जान्छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुन्छ । ओली तानाशाह र अधिनायकवाद भएर हिंड्नु भएको छ ।”

ओली कम्बोडिया र बंगलादेशी मोडलको खोजीमा छन्

कोइराललो ओलीलाई तानाशाह बनाउन बाटो सहज गरिदिने काम कांग्रेसले गरेको बताउँदै कोइरालाले जसरी जुन दिन ओली प्रधानमन्त्री बनेका थिए त्यसपछिका क्रियाकलाप सत्ताकब्जा गर्दै जानेतर्फ उन्मुख भएको सुनाए । सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान विभाग आदिलाई कब्जा गर्दै जानु र कांग्रेस चुप लागेर बस्नुले पनि मनोबल बढेको बताउँदै कोइरालाले भने,“सडक र संसद दुबैतिरबाट कांग्रेसले जोडदार ढंगले जवाफ दिएको भए आज ओलीको मन बढ्ने थिएन ।” ओली सत्तामा आउनु अघि नै एउटा कार्यक्रममा सत्ताकब्जा कसरी गर्न सकिन्छ भनेर अभिव्यक्ति नै दिएको स्मरण गर्दै कोइरालाले प्रचण्डलाई सत्ताकब्जाको कुरा गर्ने ओली अहिले आफूँ त्यहि पथमा लागेको आरोप लगाए । यो कार्यमा संविधानको संरक्षक मानिने राष्ट्रपतिले साथ दिएको कोइरालाको आरोप छ ।

ओलीले निर्वाचन कोरोना वा अन्य कारणले चुनाव गराउन नसक्ने अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको बताए । भने,“कतिप पटक त कम्बोडिया नै गए जस्तो लागेको छ । कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खोजेको हो ? तीस वर्षे पञ्चायत पनि आन्दोलनले ढलेको थियो । अब ओलीलाई ढाल्ने विकल्प आन्दोलन मात्र हो ।”उनले कस्ता कस्ता तानाशाह त जनताको आन्दोलनले सखाप भएको भन्दै ओलीको दुर्गति त्यही हुने बताए ।

कांग्रेसको निर्वाचन जिल्ला जिल्लामा गर्नुपर्छ

कांग्रेस चार वर्षको काल सकिएको फेरि एक वर्ष विधानअनुसार बढाइएको र अब संविधानले दिएको अवधि पनि भदौभित्र सकिन लागेकोले कांग्रेसको चुनाव जसरी पनि हुनुपर्ने बताए । “बरु मोडालिटी चेन्ज गरेर निर्वाचन गर्नुपर्छ ।

काठमाडौमा जम्मा भएर महाधिवेशन गर्न सक्ने अवस्था छैन । संविधानले पनि दलहरुको निर्वाचन गर्नुपर्छ भनेको छ । अधिवेशन भनेको छैन,” कोइरालो भने, “निर्वाचन भनेको छ । २०१४ साल र त्यसअघि जसरी जिल्ला जिल्लामा निर्वाचन हुन्थ्यो,मतगणना केन्द्रमा ल्याएर गणना हुन्थ्यो । सभापति केन्द्रीय पदाधिकारीको त्यसरी नै चुनाव हुनुपर्छ ।

कोरोनाको कहर ठिक भएको बेला नीति तथा कार्यक्रमको बहस गरेर ल्याइनु पर्छ । समाजवाद र राष्ट्रियताको बहस व्यापक रुमा गरेर अघि बढ्नुपर्छ ।” लोकतनत्तको रक्षा गर्ने पार्टी कांग्रेसमात्र भएकोले उसले लोकतान्त्रिक पद्धति र संविधानलाई लिकमा हिंडाउन सक्नु पर्ने बताए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved