Top 4

    Showing 7,801-7,810 of 8,071 items.
  • कोशी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरको कोशी अस्पतालको आईसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।विराटनगर–५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिर्पोट पोजेटिभ आएको छ । रिर्पोट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् । बिरामीको शरीरमा अक्सिनको मात्रा समेत घट्दो अवस्थामा पुगेर समस्या देखिएको थियो ।  

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४ सय १८ जनामा कोरोना संक्रमण पोजिटिभ पुष्टि, ३ सय ५८ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय ४६  जनामा संक्रमण पोजिटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५०  जना  पुगेको छ ।  नेपालमा हालसम्म ५७  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ३ सय ५८   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार  ९सय ६१   जना रहेका छन् ।    

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 599 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी जवानलाई पनि कोरोना संक्रमण

    सुनसरी । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समाजमा खटिएका सुरक्षाकर्मीहरुलाई नै कोरोनाको संक्रमण देखिन थालेको छ । सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुमा पनि कोरोनाको संक्रमणमा पर्न थालेका छन् । यसै बिच जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका प्रहरी जवानमा कोरोना संक्रमित भेटिएको छ । संक्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् । उनका कोरोना संक्

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी चौकीको उद्घाटन

    धनकुटा / धनकुटाको छथर जोरपाटी गाउँपालिकामा प्रहरी चौकीको उद्घाटन गरिएको छ । जोरपाटी बजारमा स्थापना गरिएको प्रहरी चौकीको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्रिपरिषद्ले धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकीको नयाँ दरबन्दी स्वीकृत गरेको थियो । सोही निर्णय बमोजिम छथर जोरपाटी गाउँपालिका–२ स्थित जोरपाटी बजारमा प्रहरी चौकीको स्थापना गरिएको हो । छथर जोरपाटी बजारबासीले लामो समयदेखि प्रहरी चौकी स्थापनाको

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,023 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • खोलाले बगाउँदा एक बृद्धाको मृत्यू

    धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यू भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यू भएको हो । गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यू भएको स्थानीय अर्जुन याखाले बताए । गाईबस्तु लिएर गोठालो गएकी बृद्धा खोला तर्ने क्रममा काठे पुलबाट चिल्लिएर खोलामा झरेकी थिईन् । खोलाले बगाएर झण्डै २ सय मीटर तल पु¥याएर ढुंगामा अड्किएको अवस्थामा लास फेला परेको याखाले बताए । खोलाले बगाएर बृद्धाको मृत्यू भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 804 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • इटहरी कोरोना अपडेट:१२ सयको परिक्षण, १९ जनामा संक्रमण , १४ जना निको भएर घर फर्किए

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीकामा अहिले सम्म कुल १२ सय जनाको पिसिआर चेक गरिएकोमा १९ जनामा संक्रमण भेटिएको जनाइएको छ । बिभिन्न समयमा गरिएको पिसिआर चेकिङमा अहिले सम्म १९ जनामा संक्रमण देखिएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो । त्यस्तै कोरोनाबाट निको भएर १४ जना घर फर्किसकेको पनि उहाले जानकारी दिनुभयो । भारतको बिहार हुदै घर फर्किएका , बैदेशिक रोजगारबाट घर फर्किएका र समुदाय स्तरमा फैलिएको कोरोना संक्रमित सहित इटहरीमा कुल १९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ । बैदेशिक रोजगारबाट फर्किएका र भारतबाट फर्किएकाहरु लाइ इटहरी स्थित जनता कले

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 623 पटक पढिएको
    • " तेजबहादुर बन"
  • प्रदेश १ का न्यायाधिवक्ता आचार्यसहित परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि

    विराटनगर । प्रदेश १ का एक न्यायाधिवक्ता चुणामणि आचार्य र उनका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारको हाइप्रोफाइल व्यक्तिलाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो । विराटनगर ५ निवासी आचार्यका छोरा र श्रीमतीमा समेत कोरोना देखिएको छ । तर, संक्रमणको स्रोत के हो भन्ने खुल्न सकेको छैन । आचार्यले आफूमा ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराएको र रिर्पोट पोजेटिभ आएको बताएका छन् ।ज्वरो आउने समस्या भएपछि आफू कार्यालय तथा अन्य सार्वजनिक कार्यक्रममा सहभागी नभई घरमै सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् । यसअघि विराट मेडिकल कलेजका प्रमुख वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह का

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी उपमहानगरको सवारी चालक सहित ३ जनामा कोरोना पुष्टि

    इटहरी । इटहरी उपमहानगरपालीका कार्यालयमा कार्यरत एक सवारी चालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष र कार्यालयकै एक सवारी चालकलाइ कोरोना पुष्टि भएको हो । विपि प्रतिष्ठानमा धरान पठाईएको ६६ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो । त्यस्तै इटहरी उपमहानगर अन्तरगत इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले पनि एक जनामा कोरोना पुस्टी भएसंगै अब इटहरीमा खतरा बढेको बताउनुभएको छ । हाल सम्म ३ जनामा कोरोना पुस्टी भएपछि समुदाय स्तरमा कोरोना फैलिएक

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 1,052 पटक पढिएको
    • "तेजबहादुर बन"
  • सर्दु र खर्दुको मुहानको खानेपानी पाइपलाइन तोडफोड, खानेपानी संस्थानका प्रमुखको संलग्नता

     धरान । खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुखको रोहबरमा भत्काइएको छ । फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बिछ्याइएको पाइपलाइन भत्काइएको हो । खानेपानी संस्थानको पाइपलाइन आइयुडिपी परियोजनाले बिस्तार गर्दै ठुलो बनाएको थियो । आज मात्रै निर्माण सकिएको पाइपलाइन भत्काइ दिएको परियोजना प्रमुख राजु पोख्रेलले बताए । खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको नेतृत्वमा गएको टोलिले तोडफोड गरेको कार्यरत कर्मचारिले जानकारी गराएको पोख्रेलले बताए । उनले भने, `आज नै काम

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 3,596 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सशस्त्र प्रहरी गणमा कोरोना संक्रमण फैलिए पछि आसपासका क्षेत्रपनी बन्द

    इलाम / इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए । ‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने,‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने स

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved