दश जना सांसद समाजवादीमा खुले

  • भदौ १७, २०७८
  • कुमार लुइँटेल
alt

विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री भीम अचार्य नेतृत्वको सरकार गठन भएको एक सातामै अल्पमतमा परेको छ ।
एमाले विभाजन भई दल रोज्न उपलब्ध गराइएको समय अगावै प्रदेशका दश जना सांसदले नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेपछि प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार दश जना सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गरेका छन् । कुल ५१ मध्ये दश जना सांसद नेकपा(एकीकृत समाजवादी) तिर लागेपछि अव एमालेमा ४१ सांसद छन् । वहुमत पु¥याउन ४७ जना सांसद चाहिन्छ ।

गत भदौ १० गते शेरधन राईले राजिनामा गरेका थिए । त्यही दिन आचार्य संसदीय दलको नेता चुनिए । लगत्तै उनको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । आफ्नो मन्त्रीमण्डलमा नेपाल समूह छाडेर साथ दिन आएका लक्ष्मण तिवारीलाई उद्योग पर्यटन वन तथा वातारण र बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका थिए ।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईले दल रोज्ने समय अझै बाँकी रहेकोले त्यो समय पूरा भएपछि मात्र नयाँ सरकार गठनको नयाँ प्रक्रिया थालनी हुने बताएका छन् । “दल रोज्ने अथवा भएकै दलमा रहने समय अझै बाँकी छ,” राईले सनाखतपछि पत्रकारहरुसंग भने,“यो समय पूरा भएपछि गठबन्धनको सरसल्लाहअनुसार नै सरकार गठनको प्रक्रिया शुरु गर्नेछौं ।” सरकार अल्पमतमा परेको मुख्यमन्त्री अचार्यलाई पनि थाहा भइसकेकाले नैतिकताको आधारमा राजिनामा दिने भन्नेमा आफूहरु विश्वस्त
रहेको उनले सुनाए ।

गठबन्धनको सरकार अन्य प्रदेशमा पनि बन्दै गएको र माधव नेपाल समूहको सरकार कतै पनि नबनेकोले प्रदेश नं १ मा आफूहरुले बनाउने जिकिर गरे । थप सांसदहरु नेकपा (एस) मा आउने आफूहरुको अपेक्षा रहेको सांसद सुनाउँदै सांसद राईले भने, “लामो संघर्ष गरेर बनाएको पार्टीमा केपी ओलीले भन्दा धेरै लामो योगदान दिएको साथीहरु हुनुहुन्छ । सजिलो गरी पार्टी बनेको थिएन । हामीले पनि उत्तिकै दुःख गरेका थियौं । पार्टी विभाजनले हामीलाई प्रिय छैन । एमालेबाट जर्बजस्ती केपी ओलीले निकालेकोले यो हाम्रो बाध्यता हो ।” चुनावसम्म पनि सहमतिपूर्ण रुपमा अगाडि बढ्नु पर्ने भन्ने आफूहरुको प्रस्ट मान्यता रहेको सांसद राईको कथन थियो । बुधबार शुरुमा नेकपा (एकीकृत समाजवादी) का साता जना सांसदले निर्वाचन कार्यालयमा सनाखत गरेका थिए ।

दुई जना आउन विलम्ब भएपछि राजेन्द्रले उनीहरुलाई पर्खिएर बसे । सांसदहरु राजन राई, खिनुलङ्वा लिम्बू, गणेश काम्वाङ, सरिता थापा, सुनिता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी र पदम कुमार गुरुङ निर्वाचन कार्यालयमा सनाखत गरे । कृष्ण कुमारी राई र उपेन्द्र घिमिरे भने करिब दुई घण्टापछि मात्र निर्वाचन कार्यालय पुगे । सांसद राईले उपेन्द्र र कृष्णकुमारी निर्वाचन कार्यालय आएपछि सँगै सनाखत गरे ।

मूल पार्टी छाडेर अर्को नयाँ दल गठन गरी जानुपर्दा स्वभाविक रुपमा दुःख लागेको सांसद सावित्रा कुमारी बताइन । उनले भनिन,“ पार्टीभित्र गरिएका विभेदपूर्ण क्रियाकलपाका कारण नयाँ पार्टी गठन गर्नु परेको हो ।” समयले अहिलेको परिस्थिति सिर्जना भएको उनले सुनाइन ।

प्रदेश नं १ मा अब भीम आचार्य नेतृत्वको सरकार बढीमा तीन सातासम्म रहने छ । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकोले अल्पमतमा परेको सरकार ढल्ने निश्चित देखिएको छ । नयाँ सरकार गठन गर्न गठबन्धनको कांग्रेसका २१, नेकपा (एकीकृत समाजवादी) का १०, नेकपा माओवादीका १५ र जनता समाजवादीका ३ सांसद छन् । हाल कायम रहेको ९२ सांसदमध्ये एमालेकी गुलेफुन खातुन फौजदारी कसुरमा अदालतबाट सजाय भएपछि लुकिछिपी हिंड्ने गरेकी छन् । माओवादीका टंक आङ्बुहाङ एमालेतिर गएपछि एक पद खाली छ ।

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved