रथको साटो राधाकृष्ण खटयात्रा

  • भदौ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ कोरोना संक्रमणका कारण यो वर्ष पनि विराटनगरमा श्रीकृष्ण रथयात्रा गरिएन । हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण मन्दिरबाट रथयात्रा निकाल्ने चलन थियो । कोरोना महामारीका कारण मंगलबार विराटनगरमा खटयात्रा निकालिएको छ ।

विगतमा ठूलो संख्यामा दर्शनार्थी भेला भई रथ तान्ने र पूजाआजा गरिन्थ्यो । रथलाई नगर परिक्रमा गराउन हजारौं भक्तजन सहभागी हुने गर्दथे । तर, विगत वर्ष झैं यो पटक पनि रथयात्रा सम्भव नभएपछि खटयात्रा निकालिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अध्यक्ष बाबुराजा ओझाले धार्मिक परम्परालाई निरन्तरता दिनकै लागि खटयात्रा निकालिएको बताए । यो पटक तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको मूर्तिलाई खटमा राखेर यात्रा शुरु भएको थियो ।

गाडीमा खट राखेर नगरबासीलाई दर्शन गराउँदै खटयात्राले तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, बरगाछी र राजवंशी चोक भएर पुष्पलाल चोकबाट फेरि मन्दिरतर्फ आएको थियो । सडक किनारमा उभिएर दर्शनार्थीले खटयात्रा अवलोकन गरेका थिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली खटयात्रामा सहभागी थिए । पराजुलीले भने, “कोरोना जोखिम कायमै रहेकोले भिडभाड नगरी खटयात्रा निकालेका हौं ।”

अध्यक्ष ओझाका अनुसार विराटनगरमा वि.सं १९८८ बाट खटयात्रा सुरु भएको थियो । २०२४ सालपछि भने रथयात्रा निकाल्ने गरियो । रथसँगै पुरानो खटलाई पनि बजार परिक्रमा गराइन्थ्इो । प्यागोडा शैलीको २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ भने मन्दिर परिसरमा नै राखिएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved