प्रदेश नं. एक मा दुर्घटनाको जोखिम बढ्दै

  • भदौ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फायल फोटो

धरान/ सवारी चाप र साँघुरो सडकका कारण प्रदेश नं. १ मा दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले विगत दुई बर्षमा भएको सवारी दर्घटनालाई हेर्ने हो भने पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या अधिक भएको पाएको छ ।

प्रदेश १ ट्राफिक कार्यालय इटहरीका अनुसार गत बर्ष र चालू आर्थिक बर्षको हालसम्म चार हजार बढी सवारी दुर्घटना भएका छन् भने दुर्घटनाबाटै ७ सय ७६ जनाले ज्यान गुमाएका छन् । एक नं. ट्राफिक कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले प्रदेश १ का १४ जिल्लाका विभिन्न ठाउमा दुई वर्षको अवधिमा भएका चार हजार चार सय ५३ वटा सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाएको बताए ।

उनले भने–‘दुर्घटनाको तथ्यांकलाई हेर्दा अत्यन्तै भयावह अवस्था छ, दुर्घटना न्यूनिकरणका लागि उपायमा सबै नलागे भोलिका दिनमा यो भन्दा बढी जोखिम बढ्ने सम्भावना छ ।’
उनका अनुसा आर्थिक वर्ष २०७६–७७ मा मात्र १ हजार ३ सय २२ सवारी दुर्घटना भएका थिए । यो अवधिमा दुर्घटनामा परी ३ सय ३२ जनाले ज्यान गुमाएका छन् भने ७ सय ९१ जना गम्भीर घाइते भएका थिए ।

प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को तुलनामा ०७७÷७८ मा दुर्घटना संख्या दोब्बर भन्दा बढीले वृद्धि भएको छ । आर्थिक बर्षको अहिलेसम्म ३ हजार १ सय ३१ सवारी दुर्घटना हुँदा ४ सय ४४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भइसकेको छ भने १ हजार ८३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना सवारी दुर्घटना बढ्नुमा मादक पदार्थ सेवन गरी चालकले सवारी सञ्चालन गर्नु, साँघुरो सडकमा तिब्र गति, सवारी साधनको अत्यधिक चाप, बाटो काट्दा सर्वसाधारणको गल्ती जस्ता लगायतका कारणबाट हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश १ का १४ जिल्लामध्ये पनि सबै भन्दा बढी तीन जिल्लामा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । सुगम जिल्लाको रुपमा मानिएको सुनसरी, मोरङ, र झापामा अत्यधिक दुर्घटना हुने गरेको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले ‘प्रदेश नं. १ का अन्य जिल्लाको तुलनामा सुनसरी, मोरङ र झापामा बढी दुर्घटना हुने गरेका छन्, यसको प्रमुख कारण भनेको सवारी चाप, साघुरो सडक नै हो ।’

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved