जोखिममा इटहरी : न अनुगमन, न सतर्कता

  • भदौ १८, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ प्रशासनले निषेधाज्ञालाइ खुकुलो बनाए संगै सुनसरीमा दैनिक कोरोना संक्रमितको संख्या हवात्तै बढेको । कोरोनाबाट सुनसरीको १२ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा बढी जोखिम इटहरी मानिएको छ । प्रत्येक साता नयाँ संक्रमितको दर बढदै जानुले इटहरीलाइ जोखिम र रेडजोनको रूपमा लिन थालिएको छ । अघिल्लो साता ३ सय ७ जना संक्रमित थपिएको इटहरीमा यो साता पुनः ३ सय ७१ जना नयाँ संक्रमितहरू थपिएका छन । यो संगै इटहरीमा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ ।

इटहरीमा अघिल्लो साता भदौ १ देखि ७ गतेको अवधिमा ३ सय ७ जना नयाँ संक्रमित थपिएका थिए भने अहिले ९ देखि १६ गते सम्मको बिवरण अनुसार ३ सय ७१ जना नयाँ संक्रमित थपिएका छन ।

यसरी थपिने नयाँ संक्रमितहरू मध्ये धेरै जसो युवा रहेको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसै बिच यो साता संक्रमणकै कारण इटहरीमा ४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार सक्रिय संक्रमितको संख्या ५ सय रहेको शहर वा जिल्लालाइ रेडजोनमा राख्ने गरिन्छ यो हिसाबले इटहरी पनि संक्रमणको उच्च जोखिममा रहेको मान्न सकिन्छ ।

दैनिक रूपमा संक्रमण संगै मृत्युदर बढ्दा पनि इटहरीमा सामान्य सुरक्षा सतर्कता अपनाइएको छैन । संक्रमणको मध्यअवस्था र बजारमा हुने कालोबजारीलाइ मध्यनजर गर्दै साताब्यापी रूपमा बजार अनुगमन गर्ने भनिएपनि कागजमै सिमित बनेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाए पनि सबै ब्यवसायीहरूलाइ अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र ब्यवसाय सुचारू गर्न लिखित बिज्ञप्तीनै जारी गर्दै आएको छ तर इटहरीको हकमा भने त्यो कतै पनि लागु भएको पाइएको छैन । ब्यवसायी मात्र नभइ नगरवासिहरूमा पनि अहिले लापर्वाही बढ्न थालेको पाइएको छ । घरबाट बाहिर निस्कदा बिना मास्क बजारमा हिडने गरेका छन भने सेनिटाइजरको प्रयोग पनि हुन छाडेको छ ।

त्यस्तै दोश्रो जोखिममा परेको जिल्लाको अर्काे स्थानीय तह धरान उपमहानगरपालिका रहेको छ । अघिल्लो साता १ सय ६० नयाँ संक्रमित थपिएका धरानमा यो साता पुनः १ सय ४२ जना नयाँ संक्रमित थपिएका छन । यो संगै धरानमा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । यो साता संक्रमणबाट धरानमा ३ जनाले ज्यान गुमाएका छन् । यता सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले यो साता जिल्लामा संक्रमणको दर घटेपनि जोखिम कायमै रहेकोले आफैमा सजक रहनुपर्ने बताए । सक्रिय संक्रमितको संख्या ५ सय नाघेका शहहरूमा भने उच्च सतरकता अपनाउन स्थानीयतहहरूमा परिपत्र गरिसकेको प्रमुख जिलला अधिकारी ढकालले बताए ।

 

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved