Top 4

    Showing 7,741-7,750 of 9,405 items.
  • उद्योगको उत्पादन घट्यो : मजदुरको रोजगार गुम्दै

    धरान/  कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर,दुहबी र खनारमा सञ्चालित सिमेन्ट,स्टिल,वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् । निषेधाज्ञा लम्बिदै जाँदा खाध्यान्न,स्वास्थ्य सामग्री उत्पादन गर्ने बाहेकका एक सयभन्दा बढी साना तथा मझौला उद्योग बन्द हुदा झ

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर १ जनाको मृत्यु

    झापा । झापा कचनकवल गाऊपालिका ६ का ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फुलपाति व्ययसायीलाई असर , जोगीहरुलाई सकस

    बराहक्षेत्र । अघिल्लो वर्षको कोरोना महामारीले मन्दिर परिषरमा फुलपातीको व्यापार गर्ने व्यापारीहरु लाई वर्ष भरीनै बेरोजगार बनायो । लकडाउन केही सहज हुँदै गर्दा मन्दिर आउने भक्तजनले उनिहरुको व्यापार तङरिन खोज्दै थियो । पुनः दोस्रो चरणको कोरोनाको महामारिले फेरि बेरोजगार मात्रै बनाएन उनिहरुलाइ आर्थिक भार समेत थपिदिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण जोखिम बढे पछि सरकारले लगाएको निषेधाज्ञा घोषणा गरे पछि मन्दिरमा चहल शुन्य छ । पर्यटन व्यवसायलाई समेत दुर्गामी असर पारेको छ । वराहक्षेत्र मन्दिर परिषदमा फुलपाति, मिठाइँ व्ययसाय गर्दै आइरहेकी आशा कार्की व्यवसाय गत बर्षको जस्तै यस बर्षको सुरुवाती म

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा जेठ ३१ गतेसम्म लम्बाइयो निषेधाज्ञा

    धरान/ कोरोना भाइरसको संक्रमण न्युनकरण गर्न सुनसरी जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा थप एक साता लम्बयाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार बसेको डिसिसिएमसिकको बैठकले निषेधाज्ञाको अवधि बढाएर जेष्ठ ३१ गते सम्म पु¥याएको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि शनिवार राती १२ बजे सकिदैछ । बैठकले निषेधाज्ञा अवधिभर कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिन

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घर घरमै पुगेर कोरोना परिक्षण गर्दै इटहरी

    इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । उपमेयर गौतमको अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको हो । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह समेत गरि

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “छुवाछूत मुक्त राष्ट्र” घोषणामा सिमित नराखौं !

    जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” : जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरेको व्यवस्था अ

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,457 पटक पढिएको
    • "तारा लामगादे"
  • ‘तीन तहका सरकारबीच समन्वय नहुँदा गणतन्त्रकै मर्म हरायो’

    विराटनगर । कोभिड महामारीसंग जुध्न तीन तहकै सरकारबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी बोध गरेर अघि बढ्न गाउँपालिका राष्ट्रिय महासंघले आग्रह गरेको छ । महामारी नियन्त्रणमा सक्रिय तीनै तहका सरकारबीच समन्वय नुहँदा संघीयताको मर्म नै हराउँदै गएको महासंघको ठहर छ । महासंघले अनलाइन आवेदन दिएर कोरोना खोप वितरण गर्दा त्यो समानुपातिक नहुने र ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकोले दूरदराजका नागरिक छुट्ने भएकोले यो सहर केन्द्रीत मात्र हुने जनाएको छ । स्थानीय सरकारका सन्दर्भमा संघीय सरकारबाट ल्याइएको बजेटका मुख्य विषय, सवालहरु र गाउँपालिकाहरुले आगामी आ.व.को बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयमा महा

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,252 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

    झापा/ झापाको बिर्तामोड नगरपालिका-९ धौलापुरबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 626 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न ३ जना पक्राउ

    मोरङ । मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका-४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश-१-०५-००१ प.००६१ एन.एस २०० सी.सी को मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाहिर कुरुवा राखेर भित्र ब्यापार गर्ने ३८ ब्यवसायी पक्राउ

    इटहरी । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणको दर उच्च बनेपछि नियन्त्रणकालागि प्रसाशनले जारी गरेको निषेधाज्ञाको उलङ्घन गरेको भन्दै इटहरीबाट ६ सय ८१ सर्वसाधरण तथा व्यवसायिहरूलाइ प्रहरीइले नियन्त्रणमा लिइ जरिवाना तिराएर छाडेको छ । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार निषेधाज्ञा सुरू भएको भोलिपल्ट वा बैशाख १५ देखि जेस्ठ १९ गतेको अवधिमा उपमहानगर क्षेत्रबाट ६८१ जनालाइ नियन्त्रणमा लिइ रू १ शय जरिवाना तिराइ छाडिएको हो । दोश्रो चरणमा देखा परेको र समुदाय स्तरमा फैलिएकोनयाँ भेरियन्ट सहितको कोरोना संक्रमणलाइ न्युनिकरण गर्ने उद्धेश्य साथ जिल्ला प्रशासन कार्यालय सुनसरीले गत बैशाख १४ गते दे

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 1,280 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved