महिनामा ६ पटक अनुगमन, उपलब्धी शुन्य

  • कार्तिक १२, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । चाडपर्वलाइ लक्षित गरी बिभिन्न निकायहरूले गरेको बजार अनुगमन प्रभावकारी नभएको जनगुनासो बढिरहेको बेला सुनसरीको इटहरीमा व्यवसायहरूको मनपरि बढदै गएको छ ।

एउटै सामानको मुल्य पसलै पिच्छे फरक फरक भेटिनु, मुल्यसुची नराखी सामानहरूको बिक्रि बितरण गरिनु र प्रयोग गर्ने मिति सकिएको सामग्री समेत बिक्री गरिनु अहिले सामान्य बनिन थालेको छ ।

उपभोक्ताहरूको स्वास्थ्य अवस्थालाइ ध्यानमा राख्दै इटहरी उपमहानगरले बिगतमा साताब्यापी बजार अनुगमन गर्दै आएकोमा कोरोना त्रासका कारण रोेकिन पुगेको थियो । संक्रमणको जोखिम घटदै जादा बजारहरूमा देखिएको महंगी र लापर्वाहिलाइ नियन्त्रण गर्न पुनः उपमहानगरले बजार अनुगमनलाइ प्रथमिकता दिएपनि उपभोक्ताहरूले प्रभावकारी नभएको गुनासो गर्दै आएका छन ।

चाडपर्वको बेला मात्रै अनुगमन हुँदा अन्य दिन ब्यवसायीहरूले गरेको मनपरी नियन्त्रण हुन नसकेको उपभोक्ताहरूको गुनासो छ । प्रभावकारी बजार अनुगमन नहुँदा इटहरीमा पाइलै पिच्छे उपभोक्ताहरू ठगिदै आएका छन् । जुनसुकै व्यवसायमा पनि अहिले मनपरी मुल्य निर्धारण गरी उपभोक्ताहरूको ढाड सेक्ने काम भइरहेको जनगुनासो बढ्दो रहेको छ । इटहरीमा अनुगमन हुँदा एक पक्षलाइ मात्र निसाना बनाएर गरिने र बाँकीलाइ छाडने गरेको उपभोक्ताहरूको गुनासो छ ।

खाद्यान्नमा अनुगमन गरिन्छ तर तरकारी, फलफुल, कपडा, लगायत अन्य व्यवसायमा ठगि धन्दा मौलाएको कुनै निकायले नदेखेको उपभोक्ताहरूको गुनासो छ । अन्य स्थानमा अनुगमन भएपनि अहिले तरकारी र फलफुल ब्यवसायमा मनपरी बढ्दो छ । एउटै तरकारीको मुल्य पसलै पिच्छे फरक फरक भेटिनु, फलफुलमा पनि उस्तै मनपरी हुदाँ उपभोक्ता मारमा पर्दै आएका छन ।

यता कानुनले दिएको अधिकारलाइ प्रयोग गरेर अनुगमनलाइ प्रभावकारी बनाउदै लैजाने उपमहानगरकी उप प्रमुख लक्षमी गौतमले बताईन । ‘एक महिनामा ६ पटक अनुगमन हुँदा एक दर्जन बढी व्यवसायीहरूलाइ जरिवाना तिराइएको छ, यो पनि कार्वाहि नै हो’ उनले भनिन । स्थानीय सरकारको हकमा प्राप्त कानुन प्रयोग गरेर काम गरिरहेको उनले बताइन ।

यसैबिच गएको असोज १० गते देखि कार्तिक १० भित्र इटहरी उपमहानगर क्षेत्रमा ६ पटक बजार अनुगमन भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २ पटक वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिराटनगरबाट एक पटक र इटहरी उपमहानगरले ३ पटक गरी ६ पटक बजार अनुगमन भएको हो ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय बिराटनगर सँगै खाद्य प्रविधि तथा डिभिजन कार्यालय सुनसरी र इटहरी उपमहानगरको संयुक्त अनुगमन टोलीले केहि दिन अघि इटहरीको आधा दर्जन मिष्ठान भण्डारहरूलाइ केन्द्रित गरेर अनुगमन गरेको थियो । जसमा बिष्णु मिष्ठान भण्डारबाट अखाद्य बस्तुहरू फेला पारी नष्ट गरिनुका साथै ब्यवसायीलाइ सामान्य जरिवाना गरेर छाडिएको थियो ।

त्यस्तै इटहरी उपमहानगरले गएको दशैको समयमा मासु ब्यवसायलाइ केन्द्रित गरेर अनुगमन गरेको थियो । जसमा अधिकांस मासु व्यसायहरूले मासु काटने स्थान सफा नगरेको, आफुखुशी मुल्य बढाएको र केहिले कुहिएको मासु समेत बिक्रिका लागि राखेको फेला परेको थियो । तर ति व्यवसायीहरूलाइ उपमहानगरले छलफलमा बोलाएर बिना कार्वाहि त्यतिकै छाडेको थियो । पटक पटक अनुगमन हुन्छ तर दोषि देखिएका ब्यवसायीहरूलाइ कार्वाहिको सट्टा सामान्य जरिवाना गराएर छाडिदा यस्ता बिकृति झनै मौलाएर जाने गरेको पाइएको छ ।

धनकुटामा पाँच रुटमा ...

धनकुटा/  कोशी प्रदेशअन्तर्गत धनकु ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved