सुनसरी/ विपदको समयमा बाढीपिडितको उद्धार, राहत र पुर्नस्थापनाको लागि भाटभटेनी सुपर स्टोर इटहरीले उपमहानगरपालिकाको प्रकोप कोषका लागि ११ लाख रुपैया प्रदान गरेको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भाटभटेनीका प्रवन्ध निर्देशक मिन कुमार गुरुङका तर्फवाट प्रवन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले ११ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । भाटभटेनीले गरेको सहयोगका लागि उपमहानगरका प्रमुख चौधरीले धन्यवाद दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् ।
वाढिले क्षति पुर्याएका संरचनाहरु तिहार अघिनै वनाइसक्ने प्रमुख चौधरीले बताए । क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारमा पठाइने पनि उनले बताए । स्थानीय सरकारको तर्फवाट वाढीपीडितले अनुभूत गर्ने गरि राहतका कार्यक्रम ल्याइने प्रमुख चौधरीले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रवन्ध निर्देशक गुरुङले भाटभटेनी यहाँसम्म आउनुको कारणनै आम उपभोक्ता भएकाले उनीहरुलाई समस्या परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य रहेको वताए ।