अन्तरधार्मिक शान्ती सम्वाद सम्पन्न

  • कार्तिक ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ स्थानीय स्तरमै धर्मका अनुयायीहरु बिच धार्मिक सहिष्णुता र धार्मिक सद्भाब प्रवद्र्धन गर्न अभियान संचालन गरिरहेको मोरङको लेटाङमा अन्तरधार्मिक शान्ती सम्वाद सम्पन्न भएको छ ।

प्रदेश न. १ लाई कार्य क्षेत्र बनाई २२ बर्षदेखि निरन्तर सामाजिक सेवामा रहेको सामुदायिक विकास मञ्च नेपालले दशै तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हिन्दु, इसाई, किँरात, इस्लाम, स्वर्गिक मार्ग र बौद्ध धर्मका ६ धर्मगुरु सहित अनुयायीहरुको उपस्थितमा शान्ती सम्वाद सम्पन्न गरेको हो । कार्यक्रममा भिन्न भिन्न धर्महरुलाई एकताको सुत्रमा बाध्न हरेक मौलिक पर्वहरुको महत्वमा वृद्धि भएको सहभागीहरुले बताए ।

समुदायमा व्याप्त लैगिंक हिंसा, लैगिक असमानता र विभेद विरुद्ध कोभिड १९ को कारण भएको लैंगिक हिंसा न्युनिकरण सम्बन्धि एक दिवसिय तालिम पनि सम्पन्न भएको छ । तालिममा लेटाङ नगरपालिकाको कर्मचारी लक्ष्मी लामाले सहजीकरण गरेकी थिईन् । शुभकामना आदान प्रदान कार्यक्रम किशोर कुमार भट्टराइको अध्यक्षतामा लेटाङ नगरपालिकाकी उप प्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्य रहेको थियो ।


कोभिड १९ को कारण मानसिक रुपमा पर्न सक्ने असर सम्बन्धी धार्मिक अगुवाहरुको लागि प्रदेश स्तरीय एक दिवसीय तालिम पनि दिइएको थियो । तालिममा लेटाङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा जन स्वास्थ अधिकृत दिनेश कुमार चौधरीले सहजीकरण गरेका थिए । धार्मिक अगुवाहरुको सीप तथा क्षमता विकास भएको साथै मानसिक स्वास्थ्य, यसको असर तथा रोकथाम र न्युनिकरणका उपायहरुका बारेमा सहभागीहरु लाई सहजिकरण गरिएको थियो ।

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved