बराहक्षेत्र/ केही दिन अघि आएको निरन्तरको वर्षाका कारण प्रभावित बनेका बराहक्षेत्र र रामधुनी नगरपालिकाका २ सय परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
दैनिक ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई बर्षाले समस्या पारे पछि वराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका युबा भिम कट्वालको संयोजनमा वराहक्षेत्र र रामधुनिका २ सय परिवारलाई सहयोग स्वरुप खाद्यान्न सहयोग प्रदान गरिएको हो ।
कटुवालले पोखरा, चितवन र सुनसरीमा रहेका आफ्न्तहरु सँगको समन्वयमा संकलन भएको रकमबाट वराहक्षेत्र नगरपालिकाको ७ वटा वडा र रामधुनिको वडा नं ४ मा रहेका बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री प्रदान गरेको राहत कार्यक्रमका संयोजनकर्ता कट्वालले बताए । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका कट्वालले राहत सामाग्री वडा सभापति एव नेताहरुको समन्वयमा बितरण गरेका थिए । बाढीले अती बिपन्न परिबारको चुलो बाल्ने अवस्थानै नभएकाले साथिहरुको सहयोगमा खाद्यान्न प्रदान गरेको कट्वालले बताए ।
राहत बितरण कार्यक्रममा नेपाली कांग्रेसका वराहक्षेत्र नगर सभापति रमेश कार्की, जिल्ला सदस्य शंकर बस्नेत , राई संघ सुनसरी सभापति सन्त राई, तरुण दल सुनसरी उप– सभापति रोहित सुब्बा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।