बाढी पिडितलाई खाद्यान्न सहयोग

  • कार्तिक ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र/ केही दिन अघि आएको निरन्तरको वर्षाका कारण प्रभावित बनेका बराहक्षेत्र र रामधुनी नगरपालिकाका २ सय परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

दैनिक ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई बर्षाले समस्या पारे पछि वराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका युबा भिम कट्वालको संयोजनमा वराहक्षेत्र र रामधुनिका २ सय परिवारलाई सहयोग स्वरुप खाद्यान्न सहयोग प्रदान गरिएको हो ।

कटुवालले पोखरा, चितवन र सुनसरीमा रहेका आफ्न्तहरु सँगको समन्वयमा संकलन भएको रकमबाट वराहक्षेत्र नगरपालिकाको ७ वटा वडा र रामधुनिको वडा नं ४ मा रहेका बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री प्रदान गरेको राहत कार्यक्रमका संयोजनकर्ता कट्वालले बताए । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका कट्वालले राहत सामाग्री वडा सभापति एव नेताहरुको समन्वयमा बितरण गरेका थिए । बाढीले अती बिपन्न परिबारको चुलो बाल्ने अवस्थानै नभएकाले साथिहरुको सहयोगमा खाद्यान्न प्रदान गरेको कट्वालले बताए ।

राहत बितरण कार्यक्रममा नेपाली कांग्रेसका वराहक्षेत्र नगर सभापति रमेश कार्की, जिल्ला सदस्य शंकर बस्नेत , राई संघ सुनसरी सभापति सन्त राई, तरुण दल सुनसरी उप– सभापति रोहित सुब्बा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved