अझै सुध्रिएन बीपी : बिल काट्न घण्टौ लाइनमा

  • कार्तिक ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान\ दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि पटक पटक आन्दोलनहरु चलिरहेका छन् । गत असार १ गते देखि प्रतिष्ठानकै चिकित्सक तथा कर्मचारीहरुको आन्दोलन अझै पनि जारी छ, तर पनि अझै सुधारको संकेत कतै पनि देखिन्दैन् ।

दिनहुँ बिरामीको चाप थप हुँदै गइरहेको छ । दैनिक ३ हजार भन्दा बढी बिरामीहरु प्रदेश नम्बर १ र २ सहित भारतबाट समेत आउने गरेका छन् । उनीहरुले बिल काट्ने काउण्टर समेत व्यवस्थित हुन नसक्दा बिरामीहरुले सास्ती भोग्नुपर्ने बाध्यता छ । बिरामीका आफन्तहरु बिल काट्न घण्टौं लाइनमा बस्नु पर्ने अवश्था छ । जिल्ला बाहिरबाट आएका बिरामीहरु पालो कुर्न अघिल्लो दिन देखि नै बिल काउण्टर अघि सुत्न बाध्य छन् ।

प्रतिष्ठानले लाइन लागेर बिल काट्नुपर्ने बाध्यतालाई सहज बनाउन टोकन सिस्टम पनि लागुगर्यो, अनलाईनबाट बिल काट्न सकिने व्यवस्था पनि गर्यो तर त्यसलाई व्यवस्थीत गर्न नसक्दा अहिले पनि बिरामीले बिल काट्न लाइननै लाग्नु पर्ने अवश्था छ । टोकन लिने सिस्टम एक महिना भन्दा बढी सञ्चालन हुन सकेन भने अनलाइन सिस्टम हप्ता दिन नबित्दै बन्द भयो । जसले गर्दा विरामीले पहिलाको जस्तै अहिले पनि हैरानी व्यहोर्नु परेको छ ।

आमालाई छातीको समस्या भएका कारण कोठा नं. ८ को मेडिसिन विभागमा चेक गराउन प्रतिष्ठान पुगेका धरान १६ का प्रज्जल गुरुङले बिल काट्न एक घण्टा सम्म लाइन लाग्नुपरेको बताए । घण्टौ लाइनमा बस्दा समेत बिल काट्न सहज नभएको उनको गुनासो छ । उनले भन, ‘बीपीमा जहिल्यै आउँदा भीड यतिकै हुन्छ, विरामीका आफन्तलाई सहज रुपमा विल काट्न सक्ने व्यवस्था प्रतिष्ठानले कहिल्यै गरेन, जहिल्यै विल काट्न हैरान हुन्छ ।’ उनले विल काटिसकेपछि चिकित्सकलाई देखाउन पनि उत्तिकै लाइनमा बस्नुपरेको गुनासो पोखे ।

त्यसै गरि महालक्ष्मी नगरपालिका वडा नं. १ चानुवाबाट बुबाको उपचारका लागि आएका रत्नबहादुर चापागाई विहान ५ बजेदेखि नै विल काउन्टरमा लाइन लागेको बताउँछन् । ५ बजेदेखि लाइनमा लाग्दा बल्लतल्ल चार घण्टापछि ९ बजेमात्र विल काट्न सम्भव भएको बताए । उनले भने, ‘नाम चलेको र राम्रो उपचार हुन्छ भनेर धनकुटादेखि आइयो, यहा आएपछि पनि सहज रुपमा कहिल्यै उपचार पाइएन ।’

विल काउन्टरका कर्मचारी धर्मेन्द्र राजवंशीले भने दशैको विदामा विरामीहरुले उपचार गर्न नपाउदा अहिले एकै पटक विरामी आउदा भीड बढेको बताए । उनका अनुसार दैनिक २ हजार देखि २५ सय सम्म विरामीले विल काट्ने गरे पनि यो दुई तीन दिनको समयमा अत्याधिक भीड भएको बताए । उनले भने, ‘दशैमा विदा भयो, खानपिन पनि राम्रो भएन, दीर्घ रोग भएका विरामीले चिकित्सकलाई देखाउन पनि पाएनन्, खुल्ने वित्तिकै विरामीको चाप अत्याधिक भयो ।’

उनका अनुसार जाडो बढ्दै जादा चिसोबाट प्रभावित हुने बुढाबुढी उपचारका लागि बढी आउने गरेको बताए । उनले भने, ‘विल काउन्टरमा आएका अधिकांश बुढाबुढी चिसोका कारण दम, रुघाखोकीको समस्या लिएर आउने गरेको पाइएको छ ।’

विगतमा टोकन सिस्टम हुदा केही सहज भएपनि टोकन सिस्टम हटाएपछि काउन्टरमै अत्याधिक भीड बढेको उनी बताउँछन् । टोकन सिस्टम हुँदा टोकन लिएर कुर्सीमा बसेर पालो आएपछि मात्र विल काट्न आउनेहरु तछाडमछाड हुने गरेकै कारण यसले अझ समस्या बढाएको विल काउन्टरका कर्मचारीहरु नै बताउँछन् ।
प्रतिष्ठानमा बढेको अत्याधिक भीडले कोरोनाको जोखिम समेत बढेको छ । कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभइसकेको अवस्थामा कतिपयले प्रतिष्ठान आउँदा समेत मास्क नलगाउने, भौतिक दूरी कायम नगरी लाइनमा बस्नाले कोरोनाको जोखिम समेत बढ्ने प्रतिष्ठानका चिकित्सकहरु समेत बताउँछन् ।

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved