Top 4

    Showing 7,581-7,590 of 8,059 items.
  • थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ७५ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ८ सोमबार/  आज थप ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३२ हजार ७ सय ६८   जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १५७  जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६जना  जना रहेका छन् ।  काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिएका छन्। 

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 564 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उच्च जोखिममा सेवा दिदै वीपीका स्टाफ नर्स (भिडियो सहित )

    धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् । दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ । सोमब

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 2,355 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि

    धनकुटा, ८ भदौं ÷धनकुटाका दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको हो । उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका थिए । विराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट टे«सिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाईएको थियो । जसमध्ये दुई प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए । संक्रमण पूष्टि भएका प्रहरी जिल्

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 1,012 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • सरकारको ध्यानाकर्षण गराउँन तरहराका युवाहरु मुख्य स्थानमा आफै सेनिटाइज गर्दै

    इटहरी । कोरोना भाइरसको महामारीले सिंगो राष्ट्र आक्रान्त बनिरहेको बेला सरकारले सचेतनाको नाममा नारा बाहेक केहि गर्न नसकेको भन्दै सरकार लगायत सम्बन्धित निकायको ध्यनाकर्षण गराउदै इटहरी २० तरहराका युवाहरूले बजारका मुख्य स्थानहरूमा आफैं सेनिटाइज गरेर उदाहारण प्रस्तुत गरेका छन । सरकारको भर नपरौ आफैं सचेत बनौ भन्ने नारालाइ आत्मासाथ गर्दै तरहराको युवाहरूले सम्भावित संक्रमणको जोखिम क्षेत्र, सार्वजनिक स्थल, प्रहरी कार्यालय, बन कार्यालय, स्वास्थ्य चौकि र संक्रमण भेटिएको स्थान समृद्धिको कार्यालयमा सोमबार बिहान सेनिटाइज गरेका हुन । पछिल्लो समय तरहरा क्षेत्रमा पनि संक्रमणको दर बढन थालेपछि सम्भावित जोखिमलाइ

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 716 पटक पढिएको
    • "तेजबहादुर बन "
  • विपी प्रतिष्ठानमा उपचाररत धरान ८ का एक कोरोना संक्रमितको मृत्यु

    धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेका धरान ८ का एक कोरोना संक्रमीतको मृत्यु भएको छ । धरान वडा नम्बर ८ बरगाछिका का ६८ बर्षीया पुरुषको  आईतबार बेलुका ६/३५मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।प्रतिष्ठानका प्रवक्ताका डा निदेश सापकोटाका अनुसार साउन २९ गते रिर्पोट पोजेटिभ आएको र ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनका अनुसार मृतकलाई उच्च रक्तचाप मधुमेह ,श्वास प्रश्वासमा जस्ता दिर्घकलिन रोग समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 886 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ४ वडा कोरोना संक्रमण शुन्य : संक्रमित वडागत सुचि सहित

    इटहरी । प्रदेश १ को मुख्य शहर इटहरी अहिले कोरोना भाइरस ९ कोबिड – १९ संक्रमणको उच्च जोखिममा परेको छ । इटहरीको अधिकांस वडाहरूमा कोरोनाको संक्रमण पुगिसकेको पाइएको छ । २० वटा वार्डहरू रहेको इटहरी उपमहानगरमा अधिकान्स वडाहरुमा संक्रमण ले पकड जमाएसंगै उच्च सतर्कता अपनाउदै शहरलाइ लकडाउन गरीएको छ । अधिकांस वडाहरूमा संक्रमण फैलिएसंगै समुदाय स्तरमा कोरोना संक्रमितहरूको संख्या पनि बढदै गएको पाइएको छ ।   आइतबार दिउसो ४ बजे सम्म इटहरीमा कोरोना संक्रमितहरूको संख्या ७८ पुगिसकेको छ । संक्रमण फैलिदै गइरहेको बेला इटहरीको चार वटा

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 859 पटक पढिएको
    • "तेज बहादुर बन"
  • बलात्कार आरोपमा दुई जना पक्राउ

    धनकुटा, ७ भदौ ÷बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रैकौ नै हाडानाता पर्नेलाई बलात्कार गरेको आरोपमा अर्का युवालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ बर्षीय निकेश तामाङलाई प्रहरीले पक्राउ गरी सकेको थियो । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाँली घरमा लगेर बलात्कार

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 867 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ८१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ६ शनिबार/  आज थप ८ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५   जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १५० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१   जना  जना रहेका छन् ।  काठमाडौं उपत्यकामा आज १६६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६ भक्तपुरमा २८ र

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 581 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको शहिदभूमि गाउँपालिकामा टमाटर खेती

    धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ । कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । । यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि ग

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 930 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • जनताबाटै बन्यो बराहक्षेत्रको ३ नम्बर वडाको कार्यालय भवन

    बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ३ मा जनताद्वारा निर्मित वडा कार्यालय भवनमा आइतबार सुभ साइत गरि कार्यालय प्रवेश गरेको छ । गत वैशाख २७ गतेबाट नडाहामा निर्माण सुरु गरिएको सो भवनमा आजबाट पुजा आरधना सहित गृह प्रवेश गरेको छ । पछिल्लो पल्ट कोभिड १९ कोरोना संक्रमणका कारण औपचारिक उद्घाटन भने समय सहज भए पछि गरिने निर्माण समितिले जनाएको छ । पटक पटक वडा कार्यालय निर्माण सम्बन्धी खिचातानी भएपछी स्वयं जनताको प्रत्यक्ष संलग्नतामा नडाहामा भवन निर्माण सम्पन्न भएको थियो स्थानीय युवा समाजसेवी एवम शिक्षासेवी केशव पुरीको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेर सुरु गरिएको सो भवन आज बाट

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 621 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved