गोल्डेन अस्पतालबाट हाम फालेर बिरामीले आत्महत्या गरे

  • मंसिर ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गरेबापतको रु. २१ हजार तिर्न नसक्दा एक जना बिरामीले अस्पताल परिसरमै आत्महत्या गरेका छन् । उनले अस्पतालको तीन तल्लामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन ।

मोरङको धनपालथान गाउँपालिका– १ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेका हुन । मृतकका पाँच वर्षीय छोरा,चार वर्षिय छोरी र श्रीमती छन् ।

पैसा नतिरेकै कारण अस्पतालले मण्डलाई बन्धक बनाएर रोको थियो । घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तल्लामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । तत्कालै त्यही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

छारेरोग र मानसिक समस्या भएपछि मण्डलाई परिवारले मंसिर ३ गते अस्पताल भर्ना गरेका थिए । पहिले आईसियू र पछि वार्डमा सारेर उनको उपचार भईरहेको थियो । घर लग्दा हुने भनि अस्पतालले मंसिर ७ गते नै डिस्चार्ज दिएको थियो । तर उपचारवापतको २१ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका घर लैजान नसकेको आफन्त श्रीराम कामतले बताए । भने,“जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो । १७ हजार परिवारले चुक्ता गरे तर बाँकी रकम दिन सकेनन् ।” मण्डलको कुरुवा बसेकी सासू शौचालय गएको मौका छोपेर मण्डलले अस्पतालबाट हाम्फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्र्चाज भएकोले अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनिकएको तर धेरै दबाब नदिएको बताउँदै मानसिक समस्यासमेत देखिएको दाबी गरे ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved