धरान/ लागूऔषध सहित धरानबाट ३ जना पक्राउ सुनसरी । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् ।
शुक्रबार (हिजो) राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद रु ३६ हजार ५सय सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।