धरान/ धरान–१२ स्थित एम्स एकेडेमीले विज्ञान सङ्कायमा पढ्ने छात्रा उषा कार्कीलाई बुधबार सम्मान गरेको छ ।
धरानको आन्तरिक राजस्व कार्यालयले कर सप्ताह अन्तर्गत मङ्गलबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेकी विद्यालयकी छात्रा कार्कीलाई कलेजले सम्मान गरेको हो । कलेजले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । सो कार्यक्रममा कलेजका व्यवस्थापन सङ्कायका प्रमुख संयोजक दुर्गा सुवेदीले विज्ञान पढ्ने विद्यार्थीहरू अन्य क्षेत्रमा कमजोर हुन्छन् भन्ने आम धारणालाई उषाले गलत साबित गरेको धारणा राखे । विज्ञानका विद्यार्थीहरू पनि अन्य क्षेत्रमा उत्तिकै सक्षम हुन्छन् भन्ने उनले प्रमाणित गरेको सुवेदीको भनाइ थियो ।
त्यस क्रममा एम्सका विज्ञान सङ्कायका संयोजक किशोर राई, शैक्षिक संयोजक हेमन्त भण्डारी, शिक्षिका पूजा अग्रवाल, किशोर भण्डारी, निकेश घिमिरे लगायतले विजेता छात्रालाई बधाई दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे । शैक्षिक संयोजक भण्डारीले भण्डारीले यस्ता प्रतियोगिताहरू भइरहने भएकाले अन्य विद्यार्थीहरूलाई पनि तयारी गर्न आग्रह गरे ।
यस्ता प्रतियोगिताहरूमा भाग लिँदा आत्मविश्वास बढ्ने उनको धारणा छ । ‘प्रतियोगितामा जित्नकै लागि भाग लिए पनि जित्नैपर्छ भन्ने हुँदैन’, उनी भन्छन्, ‘जित्न नसके पनि त्यो अनुभवले जीवनमा अगाडि बढ्न मद्दत गर्छ ।’
एम्सले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । यसअन्तर्गत पूmटबल, पूmटसल, बास्केटबल, वक्तृत्वकला, हाजिरीजवाफलगायतका कार्यक्रम गर्ने गरेको छ । विद्यार्थीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न एम्सले हरेक वर्ष ब्युटी पेजेन्ट, सिङ्गिङ तथा डान्सिङ कार्यक्रम पनि गर्ने गरेको छ ।