इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ रंगशालामा निर्माणाधीन सय वेडको आइसोलेसन भवनको निर्माणलाई तिव्रता दिएको छ । सोमवार उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय गरेको छ । इटहरीमा संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न
धनकुटा, १५ भदौ ÷आफु र परिवारको भविष्य निर्माण गर्ने बेलामा रोगले थलिएपछि धनकुटाका बोधराज ढुंगाना अहिले कहानी लाग्दो जीवन जिउन बाध्य छन् । उमेरले मात्र ४० टेकेका छन् । तर रोगले सताएपछि कस्को के नै पो लाग्दो रहेछ र ? रोगले जवानी नभन्दो रहेछ–‘उनले दिक्क मान्दै भने ।’ परिवार र छोराछोरीको उज्वल भविष्यको लागि आधार निर्माण गर्ने बेला ढुंगाना रोगले थलिएर बसेका छन् । उनको जीवनमा ‘ब्रेक’ लागेको छ । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा स्थायी घर भएका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहाली लाग्दो जीवन बिताउन बाध्य छन् । दुवै खुट्टा भएर पनि रोगका कारण
धरान । सुरक्षामा खटिएका नेपाली सेनामा पनि धरानमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा एकै दिन १९ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गत शुक्रबार आर्मी क्याम्पका १४ जना सैनिकहरुको स्वाब परिक्षण गरिएको थियो । जस मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुलाई मोरङको याङशिलामा रहेको सेनाको आइसोलेसनमा पठाउने तयारी भएको उनले बताए । आइतबार बिहान आएको रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो आएको रिपोर्टमा धरान १२ चतरालाइनकी ७
धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन । यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो । आमा छ
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईलाई बल्लतल्ल अस्पताल छिराईयो । आफन्तले लाख कोसिस गरेर अस्पताल त पु¥याए नी ! तर, उपचार नपाएपछि के गरेर श्वास अडिन्थ्यो र ? राईमा कोरोना र त्यस्को केही लक्ष्यण थिएन । रै पनि कोरोनाका बिरामी राखिने अस्पतालको आईसोलेसन वार्डमा अन्तिम श्वास फेर्नु प¥यो । प्रदेश १ का ‘गनिएका र आफूलाई अब्बल’ दाबी गर्ने पाँचवटा अस्पताल पुग्दा र उपचारको समय हुँदासमेत भर्ना नै हुन पाइनन् । अन्तत प्रदेशकै राजधानी विराटनगरको कोशी अस्पतालमा राईको प्राणपखेरु उड्यो । पिसाब रोकिएर राईलाई बुधबार साँझ निकै अफ्ठेरो महसुस भयो । परिवार
विराटनगर, १४ भदौ । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको कनकाईमा २ म
काठमाडौ २०७७ भदौ १४ आइतबार १६:२४:०० प्रकाशित / आज थप १२ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ । नेपालमा मृतकको संख्या २२१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ जना रहेका छन् । आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार प्रदेश नम्बर १ धरान उपमहानगरपालिका वडा नं १७ का ६० वर्षीय पुरुषको र धरान उपमहानगरपालिका वडा नं १७ की एक वृद्धाको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा ७ : ४५ मा पुरषको र १४ गते ८ः३० बजे वृद्धाको मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा मधुमेहको समस्या र २ महिना देखि कलेजोमा समस्याा रहेको बताएका छन् । मृतक वद्धाको मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । मृतक वद्धामा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनका अनुसार अत्यधिक खोकी,
धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सहित सुनसरीमा आइतबार १७ जना कोरोना संक्रमित थपिए सँगै सुनसरीमा ६ सय १९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार धरान, इटहर र इनरुवाका नागरिकका कोरोना पुष्टि भएको छ । कार्यलयका अनुसार धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सेक्युरिटी सहित ४७ वर्षिय अर्का कर्मचारीमा कोरोना पुष्टि भएको छ भने दुई जना समुदायका रहेका छन् । समुदाय स्तरमा धरान १८ का ५२ वर्षिय र धरान १० पुतलीलाईनका ३३ वर्षिय कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उम
धरान । पाठेघरको दुवै अण्डाशयको ट्युमर देखिएको १० वर्षिय बालिकाको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक एक १० बर्षीया बालिकाको (ओभरी) अण्डाशयमा भएको सफलतापुर्वका शल्यक्रिया गरिएको हो । डा. अजय अग्रवाल र डा. मदन खड्का को टोलीले सफल शल्यक्रिया गरेका हुन् ।एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा उनको पाठेघरको दुवै अण्डाशयको १०ह१५ सिएम को ट्युमर रहेको पुष्टि भएको थियो । यस लगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबिन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो । बालिका सानो भएकोले चिरेर शल्यक्रिया गर्दा