Top 4

    Showing 7,541-7,550 of 9,404 items.
  • शैक्षिक हवको साख फर्काउँदै धरान मेघा कलेज

    धरान / केही वर्ष अघि सम्म नेपालकै शैक्षिक हबको रुपमा धरानलाई हेरिन्थ्यो । देशका विभिन्न जिल्लाबाट धरानमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थी आउने गर्दथे । पछिल्लो केही वर्ष यता धरानका विद्यार्थीहरु काठमाण्डौं धाउन थालेका छन् । विद्यार्थीहरु मात्रै होइन्, प्राध्यापकहरु पनि काठमाण्डौंमै पुगेर अध्यापन गराउने क्रम बढ्दै गएको छ । काठमाण्डौं केन्द्रित शिक्षालाई मोफसलमै स्थापित गराउन अहिले धरानको धरान मेघा कलेज नयाँ योजनाका साथ आएको छ । लामो समय सम्म अध्यापनको अनुभव लिएका शिक्षकहरुबाट धरानमै गुणस्तरिय शिक्षाका लागि अघि बढेको छ । एकै थलोमा विद्यालय तह देखि ब्याचलर सम्मको अध्ययन गराउन थालेको छ । ह

    • प्रकाशित मितिः असार १७, २०७८
    • 2,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तस्करीको ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    विराटनगर । अवैध रुपमा भारतबाट तस्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको चिनीसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । सशस्त्र प्रहरीका अनुसार बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरामा को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको र तस्करीको चिनी

    • प्रकाशित मितिः असार १७, २०७८
    • 1,407 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५ सय ५५ संक्रमणमुक्त

    सुनसरी । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ५१ महिला र ३ सय ४ पुरुष रहेका छन् । सामाजिक विकाश मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७ सय ४३ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा विहिबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिनेहरुमा झापामा १ सय ४३, सुनसरीमा १ सय ३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, तेह्रथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दम

    • प्रकाशित मितिः असार १७, २०७८
    • 742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय धनमा सरकारको मस्ती (सम्पादकीय)

    सङ्घीयताको कार्यान्वयनपछि देशमा तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूले बजेट बनाउने र खर्च गर्ने अधिकार पाएका छन् । अहिले दुर्गम क्षेत्रमा पनि सरकार पुगेको छ तर त्यसअनुसार विकास आएको अनुभव भने सर्वसाधारण नागरिकले गर्न पाएका छैनन् । नेताहरूले ‘गाउँ–गाउँमा सिंहदरबार’ को नारा पनि लगाए । प्रतीकात्मक रूपमा गाउँ–गाउँमा सिंहदरबार नपुगेको पनि होइन तर फरक के मात्र भइदियो भने सिंहदरबारसँगै गाउँ–गाउँमा नयाँ ‘राजा’ हरू पुगे, विकास भने पुगेन । दल र नेताहरूले विकासलाई प्राथमिकतामा राखेर काम गरेनन् । बरु उनीहरू खर्च बढाउने महङ्गा र विलासी गाडी खरिदमा केन्द्रित

    • प्रकाशित मितिः असार १७, २०७८
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ७ सय १७ संक्रमणमुक्त, ३ सय ६८ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा बुधबार ७ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय २४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १ सय ८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १ सय ५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुल

    • प्रकाशित मितिः असार १६, २०७८
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँच हप्ता पछि जंगलमा भेटियो छोराको शव, न्याय माग्दै प्रदिपका परिवार

    धरान । वैशाख ७ गते देखि हराएका धरान ५ देउरालीका प्रदिप सुब्बाको शव करिब २७ दिन पछि पत्रङबारीको जंगलमा भेटिएको थियो । सुब्बाको परिवारले स्थानीय शंकास्पद व्यक्तिको नाममा उजुरी दिएको पनि ५ हप्ता पुगेको छ । तर अहिले सम्म न त ती व्यक्ति नै पक्राउ परेका छन् न त प्रहरीले उजुरीनै दर्ता गरेको छ । अहिले सुब्बाका बुबा, आमा र बैनी न्यायका लागि भौतारिरहेका छन् । वेवारिसे अवश्थामा शव भेटिएको १ महिना एक साता पुगिसक्दा पनि प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरि न्यायका लागि आग्रह गरेका छन् । मृत्तककी बहिनी कृतिमा सुब्बाले धरान ५ पत्रङबारीका रामकुम

    • प्रकाशित मितिः असार १६, २०७८
    • 4,221 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका चारै जना पदाधिकारीको बहिर्गमनको माग गर्दै कार्यकक्षमा तालाबन्दी

    धरान। बिगत १६ दिन देखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीहरुले आज चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मुख्य पदाधिकारीको गैर जिम्मेवार कामकै कारण प्रतिस्ठान धरायसी बन्नुको साथै झन समस्या थपिदै गएको आरोप लगाउदै मुख्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । चौध दिन दैनिक धर्ना र बिरोधसभा गर्दै आएको संयुक्त संघर्ष समितिले दुई दिन अघि देखि रिले अनसनमा थियो । १६ दिन पछि मुख्य पदाधिकारीहरुले वार्ता बोलाए पनि उपकुलपतिले मादक पदार्थ सेवन गरेर आए पछि वार्ता बिथोलिएको थियो । उपकुलपतिले मादक पदार्थ सेवन गरेको थाहा पाए

    • प्रकाशित मितिः असार १६, २०७८
    • 1,111 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगद सहित लागूऔषध ब्राउन सुगर कारोबारमा सम्लग्न ४ जना पक्राउ

    झापा। झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । सोमबार दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनिहरुले खरिद गरि ल्याएको स्थान खुल्न आए सगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरिएको छ । बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घर

    • प्रकाशित मितिः असार १५, २०७८
    • 949 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उत्पादनमा कमी आउँदा आँपको मूल्य आकाशियो

    उदयपुर । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकाशिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैनन् । आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ । विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रू। २० देखि ३० पर्नेमा यस वर्ष रू। ७० देखि १०० सम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका क

    • प्रकाशित मितिः असार १५, २०७८
    • 952 पटक पढिएको
    • " रासस"
  • नागरिकप्रति उदासीन सरकार (सम्पादकीय)

    दातृ निकायले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किएको समाचार आएको छ । यो अत्यन्तै दुःखद् र निराशाजनक विषय हो । यस्तै विषयहरूले सरकारको क्षमता, योग्यता र आफ्ना नागरिकहरूप्रति उसको जवाफदेहितालाई निर्धारण गर्छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारी भयावह हुँदा अक्सिजन र भेन्टिलेटर अभावमा नागरिकको जीवन जान थालेपछि सरकारले विश्व समुदायसँग सहयोग मागेको थियो । त्यसपछि नेपालको स्वास्थ्य प्रणाली ‘क्रयास’ भएको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले अपील गरेपछि संसारभरिबाट सहयोग पनि जुट्यो तर त्यस्तो प्रयासपछि ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो

    • प्रकाशित मितिः असार १४, २०७८
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved