एमालेको महाधिवेशनले उब्जाएको प्रश्न: स्थानीय तहमा त्यसको प्रभाव ?

  • मंसिर १५, २०७८
  • पारस काङमाङ राई
alt

बिषय प्रवेश:
साम्राज्यवाद–पुजीवाद फ्युजन वासिङ्टन सम्झौताको जगमा माक्र्सवाद–लेनिनवाद–समाजवाद–सामुहिकता, बिचार, संगठन, नीति, कार्यक्रम र व्यवहरिक कार्यान्वयनलाई ब्राण्डिङ, मसाल मनि–माईन्डेट, सेलीब्रेटी र रोमान्सवादको चक्रव्युहुमा पार्र्टीको आन्तारिक जिवनलाई भुकम्पको परकम्पन धक्का दिएपछि समाजको चेतना भन्दा दलका नेताहरुको चेतना माथी उठन नसकेको विश्लेषण गर्न सकिन्छ । असाधारण कुरामा कार्यकर्ता र जनतालाई उल्लु बनाउनु, नवउद्दारवादको सपनालाई साकर पार्न जम्लेहात गर्नु, महा–विपतीको कोरोनाको भाईरस भएर सामुहिक उत्पादन, बितरण र श्रमको उचित मुल्य तथा शिक्षा, स्वस्थ्य, रोजगारी जस्ता प्राथमिक आधारलाई बहसको बिषय नबनाउनु कम्युनिष्ट आन्दोलन स्वखलित बनाउनु हो।यसको समीक्षा इतिहासले जस्ताको तस्तै गर्ने छ ।
इतिहासको समीक्षा:
नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) को संस्थापक महासचिव पुष्पालाल श्रेष्ठ पदबाट अपदस्त हुदा पार्र्टी फुटाएनन् । बरु इतिहासमा अरुले पार्र्टी फुटाएर गएका छन् । सी.पी.मैनाली पार्र्टीको महासचिवबाट अपदस्ता हुदा पनि पार्टी छोडेनन् । पाँचौ महाधिवेशनमा विचार अल्पमत पर्दा पनि पार्र्टीमै रहे । तर मदन भण्डारीले फरक मत राख्नेलाई मिलाएरै लगे । माधव नेपालले पार्टीलाई धेरै बर्ष नेतृत्व गरे । संघीय लोकतान्त्रीक गणतन्त्रको प्राप्ती तहमा पुराए । जब पार्टीले सोचेको परिणाम आएन तब महासचिवबाट नैतिकताको आधारमा राजीनाम दिए । झलनाथ खनालले त्यसपछी नेतृत्व लिए । पार्टीलाई एउटा तहमा पुराए ।वामदेव गौतमको ईतिहासलाई पनि निकै नै योगदानको दृष्टीकोणबाट हेरिनु पर्दछ । यसरी इतिहासको समीक्षालाई सकारात्मक ढंगले गर्ने हो भने सबैका योगदान स्मरणीय हुन्छ । पार्टी यहाँ सम्म आईपुग्नु उहाँहरु जहाँ भएपनि बिर्सनु हुदैन । यसको विश्लेषण गरेर अबको नेतृत्वले गम्भीर बन्नु पर्दछ ।
एमाले प्रति जनताको आशा ः
ईतिहासका राम्रा–नराम्रा, विरासतको जस–अप्जसको भागीदार बन्दै एमालेको पाचौ राष्ट्रीय महाधिवेशनले मदन भण्डरीको नेतृत्वमा जनताको बहुदलिय जनवाद नामक बिचारलाई पारित गरेपछि संसदको रुप पक्षको प्रयोग र सार पक्षको बिरोध गर्दै निर्वाचन प्रकृयाबाटनै समाजवाद प्राप्त गरिने कुरा उल्लेख गर्दै शान्तीपुर्ण संघर्षको लाईन समातेपछि र भण्डारीको उदयले धेरै मानिसलाई पार्टी प्रती निकट बनायो । मनमोहन अधिकारी नेतृत्वमा अल्पमतको सरकारले गरेका केही कामका कारण जनतामा झन लोकप्रिय बन्यो । यसपछी जनताले एमाले संग निकै आशा गर्न पुग्यो । संघीय लोकतान्त्रीक गणतन्त्र प्राप्ती र त्यसको नेतृत्व गरेको एमाले मुलुकको आशा र भरोसाको पार्टी बन्न पुग्यो ।
एकता र विघटन:
निर्वाचनमा एमाले र माओवादी केन्द्रले मोर्चा बनाएर प्रतिष्पर्धा गर्यो । दुईतिहाई नजिक अंक गणित पुरायो । पार्टी एकीकरण भइ नेकपा स्थापना भयो । तर गुटको राजनीतिकले यो एकताले निष्कर्ष नपाउदै बिघटन भयो । दुबै अध्यक्षले सहमतीमा पालै पालो सरकार र पार्टीको नेतृत्व गर्ने सम्झौता समेत गरे । ओली कम्रेडले आफै पार्टी फुटाउने तहसम्म लाग्नु भयो । वास्तवमा यो सम्झौता आफैमा अवैज्ञानिक र अप्राकृतिक समेत थियो । त्यही कारण एकता कार्यन्वयन हुन सकेन । एमाले र माओवादी केन्द्र छुट्टीयो ।
एमाले विभाजन ः
एमाले र माओवादी केन्द्र छुट्टीएपछि नेताहरु मिलेर काम गर्छन भन्ने थियो । तर त्यसो हुन सकेन । एकलौटी निर्णयले सबैलाई समेट्न नसकेपछी एमाले पनि बिभाजनको दिशामा गयो । माधव नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी पार्टी स्थापना गरेका छन् भने वामदेब गौतम पनि एमालेमा छैनन् । यसले व्यक्तीवादलाई त फाईदा नै पु¥याउला तर सामुहिक्ता अनुसार अबको निर्वाचनमा त्यो निकै ठूलो घाटा हुनेछ एमाले लाई ।
तथ्याङ्कको आधार ः एमालेलाई शिक्षाः
(१) राजनीतिक दलः
जनताको बितृष्ण दलहरु सँग बढदै गएको तथ्याङकले अन्य दलमा मात्र होईन एमालेलाई पनि त्यसले प्रभाव पार्दछ । नेपाल समसामयीक अध्ययन केन्द्र सन २००१ का अनुसार जनताको माग सरकारमा पु¥याउने (४७.८) बैचारिक समूह (४१.८) प्रजातन्त्रको अभिन्न अङ्ग (३७.४) बिकासमा संलग्न (३५.७) सत्ता प्राप्त गर्ने साधन (२९.१) र नेता कार्यकर्ताको स्वर्थ पुर्ती (२४.४) रहेको देखाउछ । (कृष्ण हाछेथुःपृ५०–५१सन २००४)।

Paras

 

 

 

 

 

 

– पारस काङमाङ राई
(२) ब्राण्डिङ र नवउद्दारवादः
बिश्वमा नवउदारवाद लागू भएपछी गरिव–धनी बिचको खाडल तिब्र गतीमा कोरियो । सन १९९७ अनुसार १.३अर्व मानिसहरु बिश्वमा गरिवीको रेखा मुनी रहेको छ । (बेन्नेट २००१)सन १९७० मा गरिव देशलाई रिणभार १०० अर्व डलर, सन १९८० मा ६५० अर्व डलर, सन १९९० मा १३०० अर्व डलर भयो । धनी–गरिव मुलुकको आय १९६० मा ३०ः१ अनुपात थियो भने १९९४ मा ७१ः१ अनुपात भयो । यसको प्रभाव नेपालमा पनि पर्न गयो । ब्राण्डिङ, मनि–माईन्डेट, मसाल, सेलीब्रेटी हुने होड र रोमान्चवादले नेपालको सामाजिक, सास्कृतिक, राजनीतिक र अर्थतन्त्रलाई समेत प्रभाव पर्न गयो । देशमा भ्रष्ट्रचार बढ्यो । दलाल पुजीवाद चारैतिर हावी भयो । पार्टीका स्थानीय तह देखि केन्द्र सम्म दलाल पुँजीवाद प्रकट भयो । यसले पुँजीवादको बिकास र समाजवाद रुपान्तरणको प्रश्नलाई गम्भीर बनाईदियो ।
(३) चिनको राजनीतिक तथा आर्थिक प्रगती ः
ब्राण्डिङ प्रभाव बिश्वमा लागू हुँदा पनि चिनले भने राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक बिकाशमा फड्को मार्दै गयो । बिश्वको ५१४ ट्रीलियन डलर सम्पती मध्य १३० ट्रीलियन डलर चिन सँग छ भने ९० ट्रीलियन डलर अमेरिका सँग रहेको छ । सन २०२० मा ७ ट्रीलियन डलर सम्पती रहेको चिनले सन २०२१ मा आईपुग्दा १३० ट्रीलियन डलर सम्पती सुरक्षित गर्न सफल भयो भने अमेरिकालाई पछि पार्यो । उता राजनीतिक रुपमा सी.विचारधाराको बिश्वमा बहस शुरु भएको छ । यो माक्र्सवादी–समाजवादी बिचारधारा हो । वासिङटन सम्झौता र समाजवादी बिचको सैद्दान्तीक धुर्वीकरण बिश्वमा तिब्रगतीमा हुनेछ ।
मजदुरहरुको हात कहाँ हाराए ?
पक्कै पनि स्टालिन र माओकालिन जस्तो कम्युनिष्ट पार्टी अबको बिश्वमा टिक्न सक्दैन । तर लोकतन्त्रकै माध्यमबाट माक्र्सवाद–लेनिनवादको सृजनात्मक प्रयोग, दलाल पुँजीवाद समाप्त पार्दै, पुँजीवादको बिकास गरी त्यसैको भौतिक सर्चनालाई टेकेर समाजवाद रुपान्तरण हुने हुदा सामुहिकता, समाजवाद लक्ष्य आधारित सिद्दान्तको बहस गर्दै व्यवहारिक प्रयोगका लागि एमाले तयार हुनुपर्दछ । यसअर्थमा मजदुरको हातमा हुने झण्डा, आधारभुत जनताको हातमा हुने झन्डा गैडाको हातमा लगाएपछि गैडालाई समाजवाद चाहेको होईन । समाजवाद त गरिव मानिसहरुलाई चाहेको हो ।
स्थानिय तहमा बिवाद:
पार्टी भित्रको अन्तर संघर्ष चरम अवस्थामा पुग्यो । व्यक्तीवाद, भाग्यवाद चारै तिर हावी भयो । सामुहिक्तामा निर्णय हुन छाड्यो । स्थानीय तहमा तमाम कार्यकर्ताहरुको हुर्मत लिन शुरु भयो । यो अहिले मात्र होईन हिजो पनि थियो । यसको असर प्रदेश हुँदै स्थानीय तहमा आगामी निर्वाचनमा देखिने छ । माधव, झलानाथले एकीकृत समाजवादी पार्टी गठन गरेका छन भने, वामदेब पनि एमालेमा छैनन । त्यसको प्रभाव स्थानीय तहमा पनि पर्नेछ । यस अर्थमा एमालेले थोरै मतले जितेको ठाउँमा जित्न सक्ने स्थिती देखिदैन । गुट–उपगुट संघर्षले व्यक्ती पद र पावरमा पुग्ने, योग्यता, क्षमता भएका व्यक्तीहरु तलै राजनीतिक सकिदिने जस्ता कार्यले उग्रता पाएको छ । दुबै गुटका स्थानीय नेताहरु पद कता बाट पाईन्छ भन्ने ध्याउन्नमा छन् । आत्मकेन्द्रीत भएर निर्णयको प्रमुख बन्ने जस्ता कुण्ठा मानसिक्ताले काम गरेका छन् । यस अर्थमा धेरै ठाउको स्थानीय तहमा एमालेले पराजय व्यहोर गर्नु पर्नेछ । एउटै पार्टीका नेता कार्यकर्ताहरुले स्थानीय तहमा घात–प्रतिघात गर्नेछ्न् । यसबाट मुक्त हुन सबैलाई सम्मान दिएर उपयुक्त कमिटी प्रणालीको बिकाश गर्नु पर्दछ ।
निष्कर्षमा:
नेपालको राजनीतिक अस्थिरतामा पुगेको छ । यसो हुनुको प्रमुख कारण पश्चिमा–दक्षिणी शक्ती–सत्ता हावी हुनु हो । दुईपटक व्यवस्था र संविधानको हुर्मत हुँदा खास गरि भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले १० औ महाधीवेशनको बन्दशत्रमा सम्बोधनको क्रममा भाजपाले सन २०२५ सम्म नेपालमा हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्र ल्याउने रणनिती भएको बताउदै एमाले यसबाट सजग रहन आग्रह गएका थिए । (जनता समाचार ः ११ मङ्सिर) नेपालमा यही रणनितीको सेरोफेरोमा कमल थापा देखि एमाले नेतृत्वको समेत खेल भएको बिश्लेषण हुँदै आएको छ । यस्ता गलत कामलाई निरुत्साहित र खवरदारी गर्नु सचेत कार्यकर्ताको भुमिका हुनु पर्दछ । यही व्यवस्था र संविधानको जगमा पुँजीवादको बिकास गरि समाजवादमा रुपान्तरण गर्नका लागि सबैले करेक्सन हुँदै प्रदेश देखि स्थानीय तहसम्म सैद्दान्तिक, बैचारिक, संगठन निर्माणको आधारमा पार्टीलाई एकढिक्का बनाउनुको बिकल्प छैन ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved