ओमिक्रोन भेरिएन्टको त्रास शुरु

  • मंसिर १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ कोरोना संक्रमणको जोखिम कम हुँदै गर्दा अकस्मात देखा परेको कोभिड १९ को ओमिक्रोन भेरिएन्टको त्रास सर्वसाधारणमा पर्न थालेको छ ।

विश्वभर नै भेरियन्टको त्रास फैलिन थाले पछि सरकारले पनि सचेत रहन आग्रह गर्न थालेको छ भने सर्वसाधारणहरु पुनः जनजीवन प्रभावित हुने डर मान्न थालेका छन् । दक्षिण अफ्रिकाबाट शुरु भएको भनिएको ओमिक्रोन भेरिएन्टको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले नै सचेत रहन आग्रह गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट फैलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन अपिल गरेको छ ।

करिब दुई वर्ष देखि कोरोना संक्रमणका कारण प्रभावित बनेको जनजिवन पछिल्लो ४ महिना देखि सहज बन्दै आएको थियो । सर्वसाधारणले सुरक्षा अपनाउँदै आफ्नो व्यापार व्यवसाय संचालन गर्न थालेका छन् । पुनः ओमिक्रोन भेरिएन्टको त्रास फैलन थाले पछि नागरिक त्रसित हुन थालेका छन् । फेरी दुई वर्ष देखिको कठिन जीवनयापन हुने भयमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले भेरियन्ट नेपालमा फेला परि नसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट बढी सङक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने देखिएकाले सचेत र जिम्मेवारी बनी स्वास्थ्यका मापदण्डाहरुको पालना गर्न गराउन सबैलाई विज्ञप्तिमार्फत मन्त्रालयले अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरियन्ट ‘अफ कन्सर्न’ भनि घोषणा गरेको छ ।

जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न थालेको छ । आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई जापान सरकारले पनि आग्रह गरिसकेको छ ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved