ढाडको दुखाई – समस्या र समाधान

  • मंसिर १५, २०७८
  • प्रा.डा.पशुपति चौधरी
alt

मेरुदण्डको संरचना (Vertebral Column)
मानव शरीरमा मेरुदण्डको (Vertebral Column)  तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ ः गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई, ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ ।
इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई ९ज्भष्नजत० बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा तल झार्नका लागी कुशन ९क्जयअप ब्दकयचदभच० को रुपमा काम गर्छ । मेरुदण्ड (Vertebral Column) ले स्पाईनल कर्ड र स्पाईनल स्नायु जराहरुलाई आफुभित्र समावेश गर्नुका साथै संरक्षण गर्न समेत काम गर्दछ ।
स्पाईनल कर्ड स्नायुहरुको लामो पातलो र टुवुलर स्ट्रक्चर ( Structure) हो, जुन चाहि ब्रेन स्टिम (Brain Stem) को मेडुला वोवलोङगटा (Medulla Oblongata) बाट सुरु भएर पहिलो लम्बर भर्टिब्रा (vertebra) सम्म फैलिएको हुन्छ ।
ढाडको दुखाई
ढाडको दुखाई विशेतह ः तल्लो भाग दुख्ने समस्या सर्वसाधारणमा हुने आम समस्या हो । लगभग ८०% वयस्कहरुले आफ्नो जीवनकालमा कम्तीमा एकपल्ट ढाडको तल्लो भाग दुख्ने समस्याहरुको सामना गरिरहेको चिकित्सा शास्त्र अध्ययनहरुले देखाउँछन् । अझ भन्नु पर्दा ४०–५० बर्ष उमेर पुगेका ९०% वृद्धहरुमा यो समस्या देखिन्छ त्यसमध्ये ८०% विरामीहरु १–३ महिना भित्र सामान्य उपचार पद्धतिले निको हुन्छन्, मात्र ५–१०% विरामीहरुलाई शल्यक्रिया आवश्यक हुन्छ ।
ढाड दुख्दा हुने प्रभावहरु ः
१. कामवाट वन्चित हुनु । (Work loss)
२. उर्वरतामा कमी हुनु । ( Productivity loss)
३. मानसिक रुपले उदासिनता उत्पन्न हुनु । (Mental depression)
ढाडदुख्ने महत्वपूर्ण कारणहरु (Risk Factors)
ढाड दुख्ने विशेतह ः ढाडको तल्लो भाग दुख्ने धेरै कारणहरु छन् तर तिनीहरु मध्ये महत्वपूर्ण कारणहरु यसप्रकार रहेका छन् ।
शारीरिक रुपले गाह्रो काम गर्नु जस्तै भारी उचाल्नु वा तान्नु
लामो अवधिसम्म उभिएर काम गर्नु
पिठ्युलाई विराम नदिने कुर्सिमा लामो अवधिसम्म वस्नु
शारीरिक रुपमा उदासिन हुनु (Sedentary life style)
मोटोपन, स्थुलता (Obesity)
धुम्रपान र रक्सी सेवन गर्नु नमिलेको खाटमा सुत्नु
ढाडमा दुखाईको उत्पत्ति (Origin)
१.मेरुदण्ड (Vertebral Column) भित्र
हाड वा ईनटरभर्टिव्रल डिस्कवाट (Spondylosenic Vertebra)
स्नायुवाट (Neurosenic)
२.मेरुदण्ड (Vertebral Column) वाहिर
आन्द्रा, भुडी, शरिरका भित्री अंगहरु (Viscerogenic)
रक्तका नशावाट (Vasculogenic)
मानसिक (Psychogenic)
गर्भावस्था (Pregnancy)
ढाडमा दुखाईको कारणहरु (Etiology)
बालबालिका र युवाहरुमा वांगिएको मेरुदण्ड (Scoliosis Kyphosis)
कामको वढता बोझ (Meshanical Scehache)
मेरुदण्ड चिप्लिनु (Intervertebral disc Colapse)
मेरुदण्डको हड्डी सर्नु (Spondylolisthesis)
मेरुदण्डको हड्डी भाच्चिनु (Vertebral Fractures)
हाड कमजोर हुनु (Osteoporosis /osteomalacia)
मेरुदण्डको जोर्नी खिईएर जानु (Osteoarthritis/Spondylosis)
नशा च्यापिनु ( Canal Stenosis)
ढाड दुखाईका लक्षणहरु के के हुन् ।
ढाडको मांसपेशीका तनाव भई धेरै बेर एउटै आसनमा वस्नु नसक्नु ।
लामो समयसम्म उभिदा वा बसिरहँदा ढाडको मांसपेशी दुख्नु ।
कम्मरको पछाडिको भाग, नितम्भ (Buttok) खुट्टाहरु झमझम गर्नु ।
लामो समयसम्म हिड्न गाह्रो हुनु ।
खुट्टा, नितम्भ (Buttok) हरुको वरिपरि अचेत हुने, कमजोर वा पीडा हुने ।
छिट्टो थकाई महसुस हुने ।
दिशा, पिसाव कन्ट्रोल नहुने वा वन्द हुने ।
ढाड दुखाईका अनुसन्धानहरु
ढाड दुखाईको अनुसन्धान गर्न इन्टरभर्टिव्रल डिस्क, फासेट जोर्निको खियावट, स्पाईरल क्यानलको चौडाई, स्पाइनल कर्ड र स्पाईल स्नायु एंवम् जराहरुको स्थिति मूल्याङ्कन गर्न एक्सरे, एम आर आई (MRI) र सिटि स्क्यानहरु जस्ता परीक्षणहरुको आवश्यकता पर्दछ ।
एक्सरे गर्नु कुन बेला आवश्यक हुन्छ ?
चोट पछिको साह्रो दुखाई ।
केही गरि कम नभैरहेको वा बढ्दै गरेको दुखाई ।
५० वर्ष उमेर पुगेको वृद्धा ।
अत्याधिक व्याकुल विरामी ।(Anxious patient)
वाहिरवाट मेरुदण्ड वांगिएको खण्डमा । (Spinal Deformity)
नशा च्यापिएको शंका भएमा । (Root compression)
चोट पछिको सामान्य दुखे पनि २ साता भन्दा वढी रहिरहनु ।

एम आर आई कति बेला आवश्यक ?
नशा च्यापिएको शंका भएको ।(Cauda equina/disc prolapse)
कैन्सरको शंका भएमा । (Spinal tumors)
इन्फेक्सन भएमा । ( TB Spine)
ढाडको दुखाई कति बेला गम्भीर हृन्छ ?
ढाडको दुखाई खुट्टा तिर सरेमा । (Radiculitis)
युवा अवस्थामा विहान साह्रो दुखाई हुनु ।(Ankylosing spondylitis)
खुट्टामा झमझम, लाटोपना हुनु । ( Root Compression)
खुट्टा निदाउनु, वल नपुग्नु, दिशा पिसाव रोकिनु । (Cauda equina)
ज्वरो लाग्नु । (TB,Spine,Discitis)
ढाड दुखाईको निदान विधि वा उपचारको पद्धतिहरु
ढाड दुख्ने समस्याका कारणहरुको निदान वा उपचार विरामीहरुको चिकित्सा इतिहास, देखिने लक्षणहरु एवम् चिकित्सकीय शारीरिक जाँच परिणामहरुका आधारमा गरिन्छ ।
ढाड दुख्ने समस्याका उपचारहरु निम्न लिखित प्रक्रियागत (Modalities) अनुसार गर्न सकिन्छ
केहि दिनको आराम ( Bed rest)
शारीरिक क्रियाकलापहरुमा कमी
कठोर परिश्रम एंवम् मेहनत गर्न मनाही
शारीरिक चिकित्सा (Physiotherapy) 
दुुखाई कम गर्ने औषधि (खाने चक्की, मलम र सूई )
शल्यक्रिया (Operations)
ढाडको दुखाईको अध्ययन गर्ने अनुसन्धानकर्ताहरुका अनुसार ढाड दुखाईमा चिसो राख्दा सन्चोको अनुभव हुन्छ वरफका टुक्राहरुलाई कपडामा पोको पारेर विस्तारै दुखेको ठाउँमा ५–१० मिनेट राख्नुपर्छ यसले मांसपेशीमा रहेको तनाव कम हुन्छ, यो एक दुई दिन गर्न सकिन्छ, त्यस्पछि तातोपानिले सेक्दा राम्रो हुन्छ, यो तरीका Alternate पनि गर्न सकिन्छ ।
शारिरीक चिकित्सा (Physiotherapy)
१. हिट थेरेपी (Heat Therapy) ः मनतातो पानिले दिनको २ वा ३ चोटि सेक्नु (Hot Water Bag, Electrical bag) वा मेसिनको सेकाई (Infra Red Ray) ले ढाडको मासुमा रगतको संचार बढाएर आराम पु¥याउछ ।
२. क्रयो थेरापी (Cryo Therapy) ः चोट लागेको ठाउँमा चिसो वरफले सेकाई गरेमा दुखाई र सुन्नीएको कम हुन्छ ।
३. ढाडको कसरत (Spine Exercises) ः नियमित रुपमा हाडको कसरत गरेमा हाडको मासु तन्किन्छ, मेरुदण्डको जर्निमा आराम हुन्छ, दुखाई कम हुन्छ र च्यापिएको नशा जागिने सम्भावना हुन्छ ।
शल्यक्रिया (Operations)
विभिन्न लक्षणहरु देखापरेमा, गम्भीररुपमा स्नायु कम्प्रेशन भएमा, स्पाईनल अस्थिरता वा डिफर्मिटी भएमा शल्यक्रियाको आवश्यकता पर्न जान्छ । गम्भीर स्नायु कम्प्रेसनले मांसपेशी कमजोर बनाउछ, निरन्तर खुट्टाहरु अचेत बनाउछ, दिशा वा पिसाव थैलीको नियन्त्रणमा कमि आउँछ । शल्यक्रियाको सहायताले यसमा सुधार ल्याउन सकिन्छ । ५–१०% बिरामीहरुमा मात्र शल्यक्रिया (Operations) आवश्यक हुन्छ ।
सामान्य शल्यक्रिया (-General operation_)
यो विधिमा मेरुदण्डको जोर्निमा सुईको माध्यमले औषधि दिनुपर्ने हुन्छ । (Epidemic steroid, facet joint injection)
जटिल शल्यक्रिया
सामान्य उपचारले काम नगरेमा वा नशा च्यापिएर दिशा पिशाव रोकिएमा वा खुट्टा लाटो (PIVD) हुदाँ जटिल शल्यक्रिया Discectomy) आवश्यक हुन जान्छ , खासगरी Cauda equina syndrome एउटा (Orthopaedic) अर्थोपेडिक इमर्जेन्सी हँुदा ६ घण्टा भित्र शल्यक्रिया नगरे आजिवन खुट्टा नचल्ने सम्भावना हुन्छ ।
ढाडको दुखाईबाट कसरी जोगिने र यसलाई गर्नुपर्ने स्याहार सुसार(Precuations)
धेरै दिन आराम (Bed rest) गर्ने र सक्रिय नहुनाले ढाड दुख्ने समस्याबाट आराम हुन्छ भन्ने सोच गलत हो । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो आफ्नो गतिविधिलाई पुनः सुरु गर्नुपर्छ ।
शारीरिक र पेशागत थेरापिहरु वाहेक दैनिक क्रियाकलापमा सहभागी हुने ।
स्पाइनको सही आसन कायम  गर्ने ।
एउटै  आसनमा धेरैबेर नबस्ने ।
घर वा वाथरुममा एउटै हातले भारी सामान नउठाउने ।
कुर्सिमा बस्दा अडेस लागेर सिधा बस्ने ।
निहुरेर धेरै काम नगर्ने वा भारी वजन शरीरभन्दा धेरै टाढा राखेर नउठाउने ।
काम गर्दा वा दैनिक क्रियाकलापहरुमा उपयुक्त आसन वनाउने ।
धेरै तनाव नलिने ।
आत्मविश्वासको सिर्जना गर्ने ।
जागीरमा असन्तुष्टी एंवम् गाह्रो भएमा जागीर ९व्यद० परिवर्तन गर्ने ।
नियमित व्यायाम गर्ने ।
सन्तुलित आहार खाना खाने ।
लामो समय सम्म कठोर आसन वा समान आसनमा काम नगर्ने ।
ढाड दुखाईका जटिलताहरु

ढाड दुख्ने समस्याका सामान्यतया कुनै जटिलता हुदैनन् । यद्धपि निम्नलिखित जटिलताहरु आउन सक्दछन् ।
१. ईन्टरभर्टिब्रल डिस्क डिस्प्लेसमेन्टको कारणले स्पाईनल स्नायुहरु क्रम्प्रेसन हुँदा (ऋबगमब भत्रगष्लब कथलमचयmभ० मांसपेसी कमजोर हुने दिशा वा पिशावको नियन्त्रणमा कमी हुने, निरन्तर दुख्ने र अचेत हुने हुन सक्छ
२. वृद्ध उमेरको कारणले स्पाईनल स्टेनोसिस उमेर बढ्दो सँगै इन्टरभर्टिव्रल डिस्क र भर्टिब्रल जोर्निहरु खिईने कारणले स्पाईनल क्यानललाई साँगुरो बनाउँछ, जसले स्पाईनल स्नायुहरुमा प्रेसर दिन सक्छन् ।
चिकित्सकको सल्लाह कति बेला लिने ?
ढाडको दुखाई सामान्यतया छोटो हुन्छ र घरेलु उपचार र दुखाई कम गर्ने औषधी खादा निको हुन्छ । तर निम्न लिखित अवस्थामा चिकित्सकीय सल्लाह लिन जरुरी हुन्छ
दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा
ढाडको दुखाई बढ्दै गएमा
औषधी खाँदा समेत निको नभएमा, आराम गर्दा वा उतानो पर्दा पनि दुखेमा
खुुुट्टामा झमझम वा कमजोरी भएमा वा हिड्दा गाह्रो भएमा
दिशा वा पिसावको नियन्त्रण नभएमा
ढाड दुखे सँगै ज्वरो आएमा

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved