सडकको जीर्ण अवस्था: दीर्घकालीन समाधान खोज

  • मंसिर १५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान उपमहानगरपालिकाअन्तर्गत विभिन्न सडकका बिच भागमै खाल्डाखुल्डी बनेका तथा कतिपय सडक जीर्ण अवस्थामा भएका कारण स्थानीयले सास्ती पाएका छन् । धरान–२ को भानुचोक क्षेत्रको सडकमा खाल्डाखुल्डीको समस्या नयाँ होइन् । कोशी राजमार्गअन्तर्गत पर्ने सो सडकखण्डमा भएका खाल्डाखुल्डी उमनपाको बजेटले पुर्ने गरिए पनि केही समय बित्न नपाउँदै पुनः खाल्डा बन्ने गरेका छन् । धरान–३ को पुरानो बजारमा सडक निर्माण कार्यले गति लिन नसक्दा स्थानीयले दुःख पाएका छन् । त्यहाँ सडक बनाउन थालिएको एक वर्षभन्दा बढी समय भइसकेको छ ।

सदन रोड पनि जीर्ण अवस्थामा छ । सडकभरि भएका खाल्डाखुल्डीका कारण सवारी चालकले समस्या भोग्नु परेको छ । सो सडकमा खाल्डाखुल्डीकै दुर्घटनाको जनेखिम पनि बढेको छ । धरान–११ को मङ्गलबारेदेखि पानीट्याङ्कीसम्मको सडकको अवस्थामा पनि उस्तै छ । सडक बनाउने काम कछुवाको गतिमा लामो समयसम्म चलिरहँदा स्थानीय र सवारी चालकले सास्ती पाइरहेका छन् ।
धरान–२ को भानुचोकदेखि धरान–१ को छाताचोकसम्म ठाउँ–ठाउँमा अहिले पनि खाल्डाखुल्डी छन् । सवारी साधनको अत्यधिक चाप हुने सो खण्डमा दीर्घकालीन समाधान हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । सडकको बिचमै भएका खाल्डाखुल्डीका दुर्घटनाको जोखिम बढेको हो । त्यस क्षेत्रमा पार्किङको समस्या उस्तै छ । साँघुरो सडकमा भानुचोकदेखि छाताचोकसम्म नै एकापट्टि सवारी साधनहरू पार्किङ गरिने भएकाले सडक झन् साँघुरो भएर दुर्घटनाको जोखिमलाई अझ बढाएको छ ।

राजमार्ग क्षेत्रमा सडक मर्मत गर्ने दायित्व सडक डिभिजन कार्यालयको भए पनि यहाँ यो कार्यालयले बेवास्ता गर्ने गरेको छ । यसतर्फ सडक डिभिजन कार्यालयको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ । सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउन स्थानीय सरकारले पहल गर्नुपर्छ । यसका लागि प्रदेश र सङ्घीय सरकारसँग समेत समन्वय गरेर सडक विभागलाई दवाब पु¥याउनुपर्छ ।
सडक खाल्डाखुल्डी हुने र पुर्ने कामले दीर्घकालीन समस्या समाधान हुँदैन । यसबाट उमनपाको बजेटसमेत खेर जाने गरेको छ । त्यसैले दीर्घकालीन समाधान खोजिनुपर्छ ।
अन्यत्र निर्माणाधीन सडकको निर्माण कार्यलाई पनि तीव्रता दिइनुपर्छ । वर्षौंसम्म सडक बनाउने काम नसकिँदा यात्रुले दुःख पाइरहेका छन् स्थानीयले पनि धूलोको सामना गर्नु परिरहेको छ । यसतर्फ सम्बन्धित वडा कार्यालयहरूको ध्यान जानुपर्छ । उमनपाले पनि यसतर्फ गम्भीरता देखाउनु आवश्यक छ । सडक निर्माणमा लामो समय लाग्ने हुँदा सडकको एकापट्टि बनिसक्दा अर्कोपट्टि भत्किन थाल्ने समस्या देखिने गरेका छन् । यस्तो अवस्थाको अन्त्य हुनु आवश्यक छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved