‘यही क्षेत्रमा रहेर यस क्षेत्र प्रतिको नकारात्मक सोच परिवर्तन गर्न चाहन्छु’

  • मंसिर १५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

बागिना कला केन्द्र धरानको आयोजनामा मंसिर १८ गते हुन लागेको पुर्वाञ्चल स्टार सिजन ८ र मिस स्टेट सिजन ३ एकै स्टेजमा हुँदैछ । मिस स्टेट सिजन ३ मा प्रदेशका विभिन्न शहरहरुबाट ९ जना सुन्दरीहरु सहभागि हुँदैछन् । सहभागि भएका प्रतिष्पर्धीहरु बिभिन्न किसिमका विषयगत तालिमहरु लिइरहेका छन् । सहभागिताको विषयमा उनीहरुको सारांश विचार ।

lelsli limbuप्रतिस्पर्धी नं १
लेसली लिम्बु
धनकुटा, हाल धरान १६
शारदा बालिका नमुना कक्षा १२ मा अध्ययनरत लिम्बु आउँदो मंसिर १८ गते हुने मिस स्टेट सिजन ३ की प्रतिष्पर्धी हुँ । म यस्तै अवसरको खोजीमा थिए । नयाँ कुरा सिक्ने रहर थियो । यो क्षेत्र प्रति लगाब पहिले देखि नै भएकाले कार्यक्रमको विषयमा जानकारी पाँए पछि प्रतियोगितामा सहभागी भएको छु । पहिला ब्युटी प्याजेन्टहरुमा भाग लिएको थिईन् । स्कुलमा हुँदा स्कुल स्तरीय फेशनशो हरुमा भने सहभागी भएको थिए । यो क्षेत्रमा धेरै अवसरहरु भएकाले पनि यहीँ क्षेत्रमा रहेर काम गर्न चाहान्छु । समाजले यस क्षेत्रलाई त्यती रुचाएको पाइदैन, नकारात्मक टिकाटिप्पणी हुने गरेको छ । यो क्षेत्रमा लागेर धैरै राम्रो गरेका उदाहरणहरु पनि छन् । यहाँ सिकेका कुरा खेर जादैन । म यो प्रतियोगितामा विजेता हुन सकिन भने पनि म यहीँ क्षेत्रमा रहन्छु । मैले यहाँबाट सिकेका सिपहरुलाई थप निखार्दै अन्य प्रतियोगिताहरुमा पनि सहभागि हुनेछु ।

Jharna-removebg-preview

 

प्रतिस्पर्धी नं २
झरना लिम्बु
धनकुटा, हाल धरान १६
यो क्षेत्रको चाहना सानै देखिको हो । पहिला देखी नै मिस नेपाल जस्ता ब्यूटी पेजेन्टहरु हेर्ने गर्थे । त्यही बाट मैले पनि सक्छु जस्तो लागेर यहाँ आएको हुँ । यो क्षेत्रमा रहेर समाजसेवा गर्ने इच्छा छ, त्यो यही क्षेत्रमा केही गरेर देखाउनु चाहान्छु । आफ्नो क्यारियर बनाउन चाहान्छु । अध्ययनलाई पनि यहीँ क्षेत्र सँगै लिएर जाने सोचमा छु ।

Ambika-removebg-preview

 

प्रतिस्पर्धी नं ३
अम्बीका राई
उदयपुर, हाल धरान
पढाईको शिलशिलामा र खेलकुदको शिलशिलामा धरान आएको थिए । म कराते खेलाडी पनि हो । मैले नगर स्तरीय देखि राष्ट्रिय स्तरको खेल खेली सकेको छु । खेल आफ्नो क्षेत्रमा छ, यस्तो ब्युटी पेजेन्ट आफ्नो ठाउँमा छ । यी दुबै क्षेत्रमा रुची छ । आफ्नो क्षमता निखार्न पनि प्रतियोगितामा सहभागी भएको हुँ । प्रतियोगिताको उपाधी जित्न सकिन भने पनि यहाँबाट धेरै कुराहरु सिकेको छु थप आफूलाई निखारेर अगाडी बढ्छु । दुवै क्षेत्रबाट आफूलाई अगाडी बढाउन चाहन्छु । मलाई दुबै क्षेत्र मनपर्छ कुनै एक क्षेत्रलाई छाड्न सक्दिन ।

 

 

Sabina-removebg-previewप्रतिस्पर्धी नं ४
सविना राई
सुन्दर हरैंचा, मोरङ
यो क्षेत्रमा रुची धेरै छ । पहिला पनि थियो झन अहिले प्रतियोगिताका विभिन्न सेसनहरुमा बसे पछि धेरै कुरा बुझुदै गएपछि झन रुची बढ्दै गएकोछ । यो क्षेत्रमा लाग्ने मान्छेको बाहिर सुन्दरता मात्र चाहिन्छ भन्ने जुन सन्देश बजारमा छ त्यसलाई गलत साबित गर्न चाहन्छु । बाहिर सुन्दरता मात्र सबै हैन भनेर प्रामाणित गर्न यो क्षेत्रमा आएकी हुँ । सबैको उदाहरण बन्न चाहन्छु । मानिसको बाहिरी शरिरको आकारले त्यती धेरै महत्व राख्दैन भन्ने सन्देश दिन दिएर चिनाउन चाहन्छु । फेसबुकमा प्रतियोगिताको बारेमा थाहा पाए पछि अडिसन दिए । छनौट भएर सहभागि भएको छु । याहाँबाट जित हार जे भएपनि धेरै नयाँ कुराहरु सिक्न पाइन्छ जुन पछि सम्म हाम्रो जीवनमा काम लाग्छ । फाइनलको तयारी तिब्ररुपमा भइरहेको छ । अरु साथीहरु नजिकैको हुनुहुन्छ म अलि टाढा भएर पनि तयारीमा अरु साथीहरु जस्तो समय दिन पाइरहेको छैन् । यस क्षेत्रमै रहेर केही गर्न मन छ । यस्ता प्रतियोगितामा सहभागी हुन ठुल–ठुला शहरमा धाउनु पर्ने हुन्छ । म यहीँ क्षेत्रमा रहेर यस्ता खालका प्रतियोगिताहरु आयोजना गर्ने रहर छ ।

Mishra-removebg-preview

 

प्रतिस्पर्धी नं ५
मिश्रा राई,
भोजपुर, हाल काठमाण्डौं
मान्छेले हरेक कुराको अनुभव लिनु पर्छ भन्ने लाग्छ । यस भन्दा अघि यस्तो खालको प्रतियोगितामा सहभागी भएको थिइन् त्यसैले पनि यहाँ सहभागी भएको हुँ । हाल काठमाण्डौं बस्दै आएकी छु, आफ्नै प्रदेशबाट सुरुवात गरौंन भनेर म काठमाण्डौंबाट धरान आएर प्रतियोगितामा सहभागी भएको छु । यो क्षेत्रमा मिस नेपाल श्रृङ्खला खतिवडाबाट प्रेरणा मिलेको होे । खासमा फिल्मी क्षेत्रमा बढी लगाब थियो त्यसैलाई पनि यहाँ आएको हो । पहिलो प्राथमिकता भनेको अध्ययन हो त्यसबाट निक्लेको समय यस क्षेत्रमा लगाउछु ।

 

Jamuna-removebg-preview

 

प्रतिस्पर्धी नं ६
जमुना लिम्बू
ताप्लेजुङ, हाल धरान
धरान स्थित कक्षा १२ पब्लिक हाइ स्कुलमा अध्ययनरत लिम्बु पहिला देखी नै ब्युटी प्याजेन्टहरुमा चासो भएकोले यो क्षेत्रमा आएको हुन् । मोडल मेरिना तुम्सा लिम्बू र मिस नेपाल २०१८ श्रृङखला खतिवडाबाट प्रभावित भएर यस क्षेत्रमा लागेको हुँ । यहीँ क्षेत्रमा रहेर केही गर्ने इच्छा छ । पढाईलाई पनि निरन्तरता दिएर यही क्षेत्रमा रहने इच्छा छ ।

Sweta-removebg-preview

प्रतिस्पर्धी नं ७
स्वेता भुजेल
सुनसरी
तयारी तिब्ररुपमा भइरहेको छ । पहिले देखिनै यस क्षेत्रमा लाग्ने चाहना थियो तर यस्ता प्रतियोगतामा सहभागी हुन पाएको थिइन् । याँहा आएर धेरै कुराहरु सिक्ने मौका पाएँको छु । मान्छेहरुको अगाडी आफुलाई कसरी प्रस्तुत गराउने भन्ने धेरै कुराहरु सिक्ने मौका पाएको छु । व्यवहारीक कुराहरु सिक्न पाएको छु । यस्ता प्रतियोगिताले विभिन्न स्थानमा छरिएर रहेका कलाहरुलाई समेटेर एक ठाउँमा प्रस्तुत गर्ने मौका दिन्छ जस्ले क्षमता बढाउन खोजिरहेकाहरुलाई धेरै सहयोग पुग्छ ।

 

 

Rachana-removebg-preview

प्रतिस्पर्धी नं ८
रचना लिम्बु
धनकुटा
यस्ता प्रतियोगिताहरुमा सहभागि हुन चाहना थियो र तर विभन्न कारणले समय दिन सकिरहेको थिइन् । अरुले गरेको देख्दा यस क्षेत्रमा सहभागी हुन मन लाग्यो त्यसैले प्रतियोगितामा भाग लिए । मिस नेपाल २०१८ श्रृङ्गला खतिवडाबाट यस क्षेत्रमा लाग्न धेरै प्रेरणा मिल्यो । तयारी तिब्र रुपमा भइरहेको छ । मैले आफ्नो शत प्रतिशत दिन कोशिष गरिरहेको छु । जित्छु भन्ने आत्मविश्वास छ । केही मान्छेहरुले त्यस्तो राम्रो सोचले हेर्नुहुन्न । यही क्षेत्रमा रहेर यस क्षेत्र प्रतिको नकारात्मक सोच परिवर्तन गर्न चाहन्छु । अध्ययनलाई पनि निरन्तरता दिनेछु । नेपालमा अवसरमा पाउन सकिन भने मात्रै विदेश जाने सोच विकल्पको रुपमा राखेको छु ।

 

 

 

 

Durga-removebg-preview 

 

प्रतिस्पर्धी नं ९
दुर्गा श्रेष्ठ
संखुवासभा, हाल धरान
यस्तै किसिमको प्रतियोगिताको खोजिमा थिए । त्यसै क्रममा भेट कार्यक्रम आयोजक भक्ति राई सँग भेट भयो र अडिसन राउण्ड कटाएर अहिले फाइनलमा आइपुगेकी हुँ । यस भन्दा अगाडी यस्ता कुनै पनि कार्यक्रममा सहभागिता जनाउने अवसर मिलेको थिएन । पहिला देखीनै कलाकारीता क्षेत्रमा लाग्ने रहर थियो । आफ्नो एउटा छुट्टै परिचय बनाउने सोच थियो त्यसैले यो क्षेत्रमा लागेकी हुँ । यो प्रतियोगिताले मेरोे सपना पुरा गर्न सहयोग गर्ने भएकोलेसहभागी भएकी हूँ । तयारी तिब्ररुपमा हुदैँछ । बिजेता भइन भने पनि यहीँ क्षेत्रमा रहेर आफ्नो कमीकमजोरी सुधारेर यहीँ क्षेत्रमा ब्यस्त बनाउँछु ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved