Top 4

    Showing 7,521-7,530 of 9,404 items.
  • वीपीको चिकित्सा कल्याण समाजको पद हस्तान्तरण

    धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको साझा संस्था चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाजको नयाँ पदाधिकारीहरुको पद हस्तान्तरण सम्पन्न भएको छ । गत असार १५ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई पहभार हस्तान्तरण गरिएको हो । डा. अरुणकुमार सिंहको अध्यक्षतामा १० जना पदाधिकारीहरु निर्वाचित भएका थिए । समाजको उपाध्यक्षमा डा. लोकेश शेखर जयसवाल, महासचिवमा डा. आरती शर्मा, सहसचिवमा डा. विजयकुमार श्रीवास्तव, कोषाध्यक्षमा डा. राम विलक्षण साह रहेका छन् । त्यसै गरि सदस्यहरुमा डा. विजय साह, डा. कुणाल विक्रम देव, डा. दीपेन्द्र मिश्रा, डा. सोहनकुमार साह, र डा. सुवास ब

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा जोरविजोर सार्वजनिक सवारी साधन चल्ने

    धरान । सुनसरीमा निषेधाज्ञा थप खुकुलो बनाउँदै सार्वजनिक तथा निजी सवारी संचालन गर्न पाइने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गतेसम्म निषेधाज्ञा थपेर केही खुकुलो बनाउदै जोर–बिजोरका आधारमा सार्वजनिक सवारी सञ्चालन गर्ने समयसिमा तोकेर होटल व्यवसाय पनि संचालन गर्न पाइने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसीएमसीको बैठकले १० औं पटक निषेधाज्ञा अवधि थप गर्दै सुनसरीमा विस्तारै दैनिकीलाई सहज स्थितिमा फर्काउने तयारी थालिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशकुमार पोख्रेलले

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,341 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘फूल होस् त्यहाँ’ को भिडियो सार्वजनिक

    धरान/  गायिका उर्मिला राईको स्वरको रहेको ‘फूल होस् त्यहाँ’ बोलको गीतको म्युजिक भिडियो आज आईतबार सार्वजनिक भएको छ। धरान ५ स्थीत फेमेली भिन्टेजमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईद्वारा उक्त भिडियो सार्वजनिक गरिएको हो। गायिका उर्मिला राईको पन्ध्रौं गीतको रुपमा रहेको उक्त गीतको रचना तथा संगीत हेम विश्वकर्मा, संगीत संयोजन हेम सुब्बा तथा म्युजिक भिडियोको छायांकन शीरकुमार साम्पाङ राई र निर्देशन राजन क्षेत्रीले गरेको हो। यसैगरी भिडियोमा मोडल करिश्मा क्षेत्रीले अभिनय गरेकी छन्। सुनसरीको विभिन्न रमणीय पर्यटकिय स्थलहरुमा छायांकन गरि दुई लाखको लागतमा

    • प्रकाशित मितिः असार २१, २०७८
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तत्काल राहत देऊ (सम्पादकीय)

    केही दिनयता परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरो र डुबान–कटान भएका समाचारहरू आइरहेका छन् । देशका विभिन्न भागमा कयौँले ज्यान गुमाएका छन् भने सयौँ परिवार विस्थापित भएका छन् । कतिपय स्थानमा सडकहरू अवरुद्ध भएका छन् भने कतिपय बस्तीहरू जलमग्न भएका छन् । कतिपय पुलहरू उद्घाटन नहुँदै भास्सिने र भत्किने दृश्यहरू देखिएका छन् । ‘असारे विकास’ को दुर्दशा पनि देखिँदैछन् । यो वर्षाले देशका थुप्रै बेथिति र विसङ्गतिलाई फेरि एकपटक उदाङ्गो बनाइदिएको छ । यो हरेक वर्ष दोहोरिने नियति हो तर यो नियतिलाई घटाउन वा यसबाट नागरिकहरूलाई सुरक्षित बनाउन सरकार र सम्बन्धित निकायहरूले

    • प्रकाशित मितिः असार २१, २०७८
    • 725 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस महाधिवेशनको रन्को : आकांक्षी उमेदवार मत माग्न व्यस्त

    विराटनगर । केन्द्रमा चुनावी तालमेलका लागि मोर्चा कस्न नेताहरु ‘लन्च मिटिङ’मा व्यस्त भईरहँदा प्रदेश र जिल्ला तहमा पनि कांग्रेसको चुनावी माहोल तात्न थालेको छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद नदेखिएका प्रदेश १ का कतिपय जिल्लाहरुमा नेतृत्वमा पुग्ने आकांक्षीहरुले भेटघाट गर्नेदेखि आफू चुनावमा उठ्नेसम्म बताउँदै मत माग्न थालेका छन् । कांग्रेसको वडादेखि प्रदेशसम्मको अधिवेशन र केन्द्रीय महाधिवेशनको विषयमा उमेदवार अनि कार्यकर्ता पंक्तिमा छलफल, भेटघाट र चुनावी जोडघटाउ शुरु भएका छन् । भर्चुअल र भौतिक भेटघाटसहितका छलफलले अधिवेशनको रन्को लाग्न शुरु भएको देखिएको छ । राजनीतिक हिसाबले निक्कै महत

    • प्रकाशित मितिः असार २१, २०७८
    • 875 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • वीपी सुधार आन्दोलन देशव्यापी बन्दै : पदाधिकारीको राजिनामा अन्तिम सर्त

    धरान । विगत बिस दिन देखि जारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वीपी सुधार आन्दोलन देश व्यापी बन्दै गएको छ । देशका विभिन्न जिल्लाहरुमा २० दिन देखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले शुरु गरेको वीपी सुधार अभियान आन्दोलनकै रुपमा देश व्यापी बन्दै गएको हो । प्रतिष्ठानमा हुने भ्रष्टाचार, अनियमितताको विरुद्धमा शुरु भएको आन्दोलन २० दिन पुग्दा सम्म पनि पदाधिकारीहरु द्वारा कुनै सुनुवाई नभए पछि देशव्यापी रुपमा आन्दोलन चर्किन थालेको छ भने प्रतिष्ठानमै अध्ययन गरेर अन्य अस्पतालमा सेवा दिदैं गरेको चिकित्सकहरु पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउँन धरान आइपुगेका छन् । गत असार १५ गते मा

    • प्रकाशित मितिः असार २१, २०७८
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खैरो हिरोइनसहित इटहरीबाट ४ जना पक्राउ

    इटहरी / इटहरीको बेग्ला बेग्लै स्थानबाट अवैध लागुऔषध खैरोहिरोइन सहित चार जनालाइ प्रहरीले पक्राउ गरी अनुशन्धान प्रकृिया अघि बढाएको छ । शनिबार इटहरीको बेग्ला बेग्लै स्थानबाट सुराकिको आधारमा प्रहरीले चार जनालाइ पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा इटहरी ६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी ८ बस्ने २५ वर्षीय माइकल भनिने शम्भु कार्की र इटहरी ५ बस्ने २० वर्षीय सुजन श्रेष्ठ रहेको इटहरी प्रहरीका प्रमुख डिएसपि अर्जुन केशिले बताए ।डिएसपि केशिका अनुसार उनीहरुको साथबाट २१ ग्राम खैरोहिरोइनसहित नगद ३१ हजार ६ सय रुपैँया समेत बरामद गरेको बताए । उनिहरूले प्र। १–०२–०४२ प ७२९७ नम्बरको मोटरसाइकलमा

    • प्रकाशित मितिः असार २१, २०७८
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमतिको हत्या गरी फरार व्यक्ति प्रक्राउ

    मोरङ/  श्रीमतिको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ ।श्रीमतिको हत्या गरी फरार रहेका बेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरे प्रक्राउ परेका हुन् । घिमिरेले आफ्नै श्रीमति सीता घिमिरेलाई काठको मुंग्रो प्रहार गरी त्यहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ४८ बर्षीय श्रीमति सीता घिमिरेलाई मादक पदार्थ सेवन गरी सामान्य विवाद पर्दा मुंग्रोले हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । भनाभनकै क्रममा आवेशमा आएर घिमिरेले श्रीमतिलाई राती सुतेकै ठाउमा हिर्काएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घिमिरेले मुंग्रोले बाया कञ्चटमा बारम्बार प्रहार गरेको प्रहरी

    • प्रकाशित मितिः असार २०, २०७८
    • 1,056 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिसौ दिन पनि बिपि सुधारको माग गर्दै आन्दोलन जारी

    धरान । बिगत २० दिन देखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली प्रदर्शन गरेका छन् । प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान निकालिएको बृहत बिरोध र्यालीमा चिकित्सक, विद्यार्थी, कर्मचारीको उपस्थिती रहेको थियो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोक बाट पुनः उपकुलपति कार्यलय अघि सभामा परिणत भएको थियो । संघर्ष समितिले चारै पदाधिकारीहरुको राजिनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ भने प्रधानमन्त्री तथा स्वास्थ्यम

    • प्रकाशित मितिः असार २०, २०७८
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “रातभर निन्द्रा लाग्दैन”

    धरान/  जब जब बर्षाद्को समय आउछ धरानका सर्दु र सेउती किनारमा घर बनाएर बस्ने सुकुम्बासीको निन्द्रा नै गायव हुने गरेको छ ।बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बासोबास नै सखाप पारिदिने भयका कारण उनीहरु रातभर सुत्दैनन् । धरानका सर्दु र सेउती खोलाको किनारमा छाप्रो हालेर बस्दै गुजारा गर्दै आएका १५ हजार घर परिवार सुकुम्बासी बस्ती बर्षादको समयमा जोखिममा पर्ने गर्दछ । बाढीका सममयमा उनीहरु रातभर सुन्दैनन् । कारण बाढीले धनजनको क्षति गर्ला भन्नेचिन्ता उनीहरुमा छ । जब आकाशमा बादल मडारिन थाल्छ उनीहरुमा डर त्रासले डेरा जमाउछ । ५ बर्ष अगाडिदेखि परिवारका साथ सेउतीको किनारमा छाप्रा बनाएर बस

    • प्रकाशित मितिः असार २०, २०७८
    • 1,562 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved