धरान/ राज्यले गास, बास र कपासंगै स्वास्थ्य, शिक्षा र रोजगार नेपालीको मौलिक अधिकारभित्र पर्ने भनिए पनि सबै अधिकार सर्वसाधारणको पहुच भन्दा बाहिर रहेको छ ।
कुनै पनि सर्वसाधारण विरामी हु“दा राज्यले सर्वसुलभ ढंगले उपचार सेवा अस्पतालबाट प्रदान गर्ने भनिए पनि धेरै सर्वसाधारण खर्चको अभावमा उपचारबाट बञ्चित हुनु परेको घट्ना धेरै सार्वजनिक भएका छन् ।
जटिल रोग लागेमा राज्यबाट हुने सेवा प्रदान नगरेकै कारण सर्वसाधारणले उपचार सहयोग समिति नै बनाएर उपचार गराउने गरेका छन् । राज्यले सहयोग गर्नुपर्ने यस्ता विरामीलाई परिवारले नै सहयोग समिति बनाएर उपचारको लागि पहल गर्नुले सर्वसाधारणमा स्वाथ्यको पहुच कतिको छ भन्ने कुरा स्पष्ट हुन्छ ।
पछिल्ललो समय न खोटाङको ऐसेलुखर्ककी एक बालिकाको उपचारमा समेत यस्तै भएको छ ।
महेन्द्र मावि कक्षा ९ मा अध्ययनरत सुष्मा तिवारीको जिब्रो सामान्य मानिसको भन्दा ठुलो भए पनि खर्च अभावका कारण समयमै उपचार गराउन पाएकी छैनन । शल्यक्रिया गर्दा जिब्रो निको हुने भए पनि आर्थिक अवस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन समस्या भएकाले गर्दा सहयोगको लागि परिवारले आग्रह गरेका छन् ।
परिवारका अनुसार तिवारीको जिब्रो उमेरसँगै बढ्न थालेको परिवारले जनाएको छ । चिकित्सकले भने जिब्रोमा ट्युमर भएको र नशा खुम्चिएकाले यो समस्या आएको र शल्यत्रिया गर्दा निको हुने भएपनि खर्च अभावका कारण उपचार गराउन नसकिएको उनीहरु बताउछन् ।
अहिले तराहराका युवाहरुले सहयोग अभियानलाई तिब्रता दिएका छन् । जिब्रोको आधार बढ्दै गएपछि मङ्सिरको १८ गते देखि २० गतेसम्म शल्यक्रिया गर्नुपर्ने भएपटि उनको उपचारका लागि ’सुष्मा तिवारी बचाउ’ अभियान सुरु गरिएको हो । तरहराका युवा भट्टराई र धुर्ब अधिकारीले उनको उपचारको लागि सहयोग अभियानको थालनी गरेका छन् ।
सहयोगका गर्न चाहनेले मोबाइल नं ९८६१९०८८६३,९८५२०३४२४५ र ९८४२१८०६९१ मा सम्पर्क गर्न सबैमा आग्रह गरिएको छ ।