गोर्खाको निक्षेप ३९ करोड

  • मंसिर १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ ब्रिटिश लाहुरेहरुद्वारा संचालन भएको धरान स्थित गोर्खा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा ३९ करोड भन्दा बढीको निक्षेप संकलन गरेको छ ।
सैनिक भवनमा आयोजना भएको संस्थाको २० औं वार्षिक साधारण सभामा अध्यक्ष मान बहादुर राईले वार्षिक प्रतिवेदन पेश गर्दै अघिल्लो वर्षको तुलनामा ११ दशमलव ७१ प्रतिशतले निक्षेप संकलनमा वृद्धि गर्दै ३९ करोड ३५ लाख ९१ हजार ४ सय ११ रुपैया निक्षप संकलन भएको जनाएको छ । प्रतिवेदन अनुसार ३७ करोड ९ लाख ६२ हजार ५ सय ४ रुपैया निक्षेप फिर्ता भएको छ ।

कुल २ हजार १ सय ३३ जना शेयर सदस्य रहेको संस्थाले ४ करोड ३० लाख ९२ हजार २ सय रुपैया शेयर रकम पु¥याएको छ । प्रतिवेदन अनुसार संस्थाको कर्जा लगानी १३ करोड ३८ लाख ५९ हजार रहेको छ भने असुली १५ करोड ४४ लाख १६ हजार ८ सय ५ रुपैया रहेको छ ।

अझै २४ करोड १५ लाख ६१ हजार ४ सय ५ रुपैया कर्जामा रहेको जनाएको छ । संस्थाले कुल आम्दानी ४ करोड ३२ लाख ३८ हजार ६ सय ४२ रुपैया रहेको छ भने कुल खर्च ४९ लाख ५६ हजार ९ सय १ रुपैया रहेको जनाएको छ ।

अध्यक्ष राईले चालु वर्ष २०७८÷७९ मा ६ प्रतिशतले शेयर रकम वृद्धि गर्दै ४ करोड ५६ लाख ७७ हजार ७ सय ३२ रुपैया पु¥याउने लक्ष्य लिएको बताए । उनका अनुसार २ हजार ५ सय ६५ शेयर सदस्य वृद्धि गर्दै ४३ करोड ४९ लाख १८ हजार ५ सय ९ रुपैया पु¥याउने भएको छ ।

राईको सभापतित्वमा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघकी केन्द्रिय सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपालले गोर्खाले सहकारीमा ब्रान्डेड बनाउन सफल भएको बताईन् । निति, विधि र प्रविधीबाट चल्दै समय अनुसार परिवर्तन हुँदै अघि बढेको उनले बताईन् ।

संस्थाले शेयर सदस्यहरुलाई राहत वितरण लगायत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ । शेयर सदस्यहरुलाई प्रति कित्ता शेयर ३ दशमलव ८६ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आप्mनै भवन निर्माणका लागि ५ करोड रुपैया विनियोजन गर्न पनि प्रस्ताव गरेको छ । दुई वर्ष भित्र आफ्नै भवन निर्माण गरिसक्ने जनाएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved