कुटपिट गर्ने शिक्षकलाई कार्वाहीको माग

  • मंसिर १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

झापा/ बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले निर्वाध रुपमा विद्यार्थी कुटेको विषयमा अभिभावकहरु आक्रोसित बनेका छन् ।
शिक्षक विकास पोखरेल विरुद्ध अभिभावकहरु आक्रोसित बन्दै निष्कासन सँगै कार्वाही गर्नुपर्ने माग राखेका छन् । पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका थिए ।

पढाएको विषयमा ध्यान नदिएको र सोध्दा केही नआएको भन्दै आफूलाई निर्वाध रुपमा कुटपिट गरेको पीडित विद्यार्थी तिम्सिनाले बताए । उनले भने, ‘सरले मलाई पढाएको कुरा सोध्नुभयो, नआएपछि जथाभावि कुट्नुभयो ।’ उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालामा पटक पटक कुटपिट गरेका थिए । कुटाइबाट उनको खुट्टामा नीलडाम बसेका छन् । शिक्षकले कुटपिट गरेपछि अभिभावकसहित स्थानीयवासी बिहीवार विद्यालय पुगेका थिए ।

तर अभिभावकसहित स्थानीय विद्यालय पुग्नु अघि नै विद्यालयले शिक्षकलाई त्यहाँबाट भगाइसकेको अभिभावहरुले बताएका छन् । विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकले माफी माग्नु पर्ने र त्यसपछि मात्र कानुनी कारबाही अघि बढाउने उनीहरूको भनाई छ । पीडितकी आमा अञ्जना तिम्सिनाले छोरालाई कुटपिट गर्ने शिक्षकलाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने बताइन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved