‘प्रदेश १ को नाम किँरात हुने सम्भावना’

  • मंसिर १९, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले प्रदेश १ को नामाकरण किराँत प्रदेश हुन सक्ने सम्भावना बढी भएको बताएका छन् । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६८ औं जन्मोत्सव कार्यक्रममा आङ्बोले प्रदेश १ को नामाकरण किराँत प्रदेश हुने सम्भवना बढी भएको बताएका हुन । आङ्बोले वर्तमान सरकारले पहिचानको आधारमा प्रदेश नामकरण गर्ने तयारी गरेको बताएका हुन । उनले विश्वभरिका किँरात धर्मावलम्वीका रुपमा गुरुले जसरी चिनाउनु भएको छ यसलाई थप विकास गर्न प्रदेश सरकार कोसिस गर्ने बताए । उनले विभिन्न धर्मावलम्वीका आ आफ्नै केन्द्र हुन्छन जसमा किराँत धर्मावलम्वीको केन्द्र रहेको यस ठाउँको विकासका लागि सरकार सँधै कोसिस गरिरहने बताए ।

जन्मोत्सवमा विभिन्न कार्यक्रम
किरात धर्मगुरुको जन्मोत्सव किराँत चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएको हो । १७ , १८ र १९ गते तीनदिन मनाईने उत्सवको शनिबार किरात धर्मगुरु लिङदेनको ६८ औं शुभजन्मोत्सव उद्घाटन, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रम गरिएको छ ।

त्यस्तै १९ गते धर्मगुरु लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम तय भएको छ । यसैगरी २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने माङेन्ना सेवा समितिका महासचिव काकीराम लावतीले जानकारी दिए ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिति हुने जन्मोत्सवको शुभकामनाका लागि यस वर्ष भने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ आएका थिए । शुभकामना मन्तव्यमा आङ्बोले प्रदेश १ को नामाकरण किराँत प्रदेशको पक्षमा रहेको बताएका छन ।
को हुन आत्मानन्द लिङदेन
माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनी राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।
पशुबली र मदिरा निषेधित क्षेत्र माङसेबुङ
पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अंकित अर्को ध्वजा पनि । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा नभएर माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो ।
किराँत धर्मावलम्बीहरुको धार्मिक स्थल माङसेबुङका सबै घरमा यस्तै ध्वजा राखिएका छन् । लिम्बू समदायको बाहुल्य रहेको माङसेबुङ क्षेत्र किरात धर्मगुरु आत्मनन्द लिङ्गदेनको कर्मथलोको रुपमा विकास गरिएको छ । सो गाउँमा मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको छ ।

सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाईएको छ । ‘माङसेबुङ’ लिम्बू भाषामा राखिएको नाम हो । लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, छनौट गरेको र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । लिम्बू भाषाबाट देवीदेवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई ‘माङसेबुङ’ भनिन्छ । करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको हो ।

सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन् । वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरुको समेत उपस्थिती रहँदै आएको छ । धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा बैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाईने गरिन्छ ।

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved