धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्टारको रुपमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्ति भएर आए पछि तत्कालिन फ्याकल्टी वेलफेयरका अध्यक्ष डा. विष्णु पोखरेलले उनलाई स्वागत गर्दै भनेका थिए, अब वीपी साच्चै नै विश्वभरी चम्कीएर जान्छ, कि पुरै भासिएर जान्छ । पोखरेलले भने जस्तै वीपी विश्वभरी चम्कीएर त गएन तर दिनानुदिन भासिदै चै जादैछ । प्रतिष्ठानकै उत्पादन रहेको रजिष्टार रेग्मी अनियमितता र भ्रष्टाचारमा मुछिदै गए । त्यती मात्रै होइन् । घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानबाटै खर्च गराएका छन् । रजिष्टार भएर आए लगत्तै उनको क्वार्टरमा लाखौं रुपैया खर्च गरेर टायल लगाउन लाए । क्वा
विराटनगर । विकास निर्माणबारे ‘गराईमा भन्दा भनाई’मा जोड दिने भनेर आरोप खेप्दै आएको १ नम्बर प्रदेश सरकारले महत्वपूर्ण मानेको एउटा विकास परियोजना प्रदेश राजधानी विराटनगरमा अलपत्र बनेको छ । मुख्यमन्त्री शेरधन राईले ‘पिर्का र गुन्द्रीमा’ बसेर सरकारले आफ्नो बाटो तय गरेको भन्दै विकासलाई प्राथमिकतामा राखेको अभिव्यक्ति दिंदै आएका छन् । तर, व्यवहारमा भने प्रदेश सरकारले पूरा गरेका परियोजनाको उदाहरण समेत दिन नसक्दा प्रदेशसभामा सरकारको सत्तापक्षकै सांसदले आलोचना गर्ने गरेका छन् । संघ सरकारबाट हस्तान्तरण गरिएका परियोजनाको समेत संचालन गर्न नसक्दा सरकारको थप आलोचना भएको छ । २७ महिना
धरान । २०५३ मा नातिकाजी को स्वर÷संगीत मा मनमा काँडा बिझेपछी बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका डा.हेमन्त खतिवडा को आध्यात्मिक गीतको किताब प्रकाशित भएको छ । किताबमा गणेश, विष्णु राम, शिव, दुर्गा, हनुमान, सरस्वती, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवनमृत्युको विषयमा लेखिएको छ । कृतिमा १ सय ६ वटा भजनहरु रहेका छन् । १ सय १५ पृष्ठमा किताब तयार भएको छ । पचास वटा भजन आशा भोस्ले , साधना सरगम, कैलाश खेर, पंडित जसराज, कुमार सानु लगायत गायक गायिकाहरुले गाएका छन् । क्लासिकल, सेमि क्लासिकल मा कतिपय भजन गाइएका छन् । भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ । निराशावादी नभइकन
धरान । छिमेकीको कुटाइबाट मानसिक संतुलन गुमाएकी मोरङको कानेपोखरीकी शोभा दर्जी (डुकुमाया तामाङ) १४ दिनदेखि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षको आईसीयु (सघन उपचार कक्ष) मा जीवन र मरणको दोसाँधमा छिन् । करिब एक महिना प्रतिष्ठानकै मानसिक विभागमा उपचार गराउँदा अवस्था थप जटिल बन्दै गएपछि उनलाई गत असार २५ गते त्यहाँ सारिएको थियो । तीन महिनाअगि आफ्नै छिमेकीको कुटाइबाट उनले मानसिक सन्तुलन गुमाएकी हुन् । दर्जीले अभैm न्याय त पाउन सकेकी छैनन् नै, मानसिक रूपमा पनि थप विक्षिप्त बन्दै गएकी छन् । उनको तीन महिनाको गर्भ पनि कुटाइका कारण तुहिएको छ । दिनदिनै अवस्था जटिल बन्दै गएपछि उ
भ्रष्टाचार, बेथिति, अराजकता र कानुनविहीनता नेपालको परिचय नै बनिसकेको छ । यिनै कारणले अपेक्षित गतिमा देश अगि बढ्न नसकेको स्पष्ट छ । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार अन्त्य गर्ने भाषण गरे पनि भ्रष्टाचार र बेथिति भने दिनदिनै बढ्दै गएको हामी सबैले अनुभूति गरेको विषय हो । कतिपय अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनबाट पनि नेपाल भ्रष्टाचारीहरूका लागि स्वर्गभूमि भएको प्रमाणित भएको छ । यस्तै प्रकारको एउटा समाचार मोरङबाट भर्खरै आएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ को कार्यालय भवन उद्घाटनअगि नै चुहिन थालेको समाचार आएको छ । यसबाट सो भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आशङ्का गरिएको छ ।
विराटनगर । विराटनगर्रका एक युवक मृत फेला परेका छन् । विराटनगर – ११ स्थित महेन्द्र नकिजैको स्वस्तिक होटल सटर बाहिर ४० वर्ष उमेतरका जस्ता देखिने पुरुष मृत फेला परेका हुन । मंगलबार फेला परेका पुरुषको पहिचान खुलन नसकेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्कीले बताएका छन् । घटनास्थलको मुचुल्का उठाएर प्रहरीले शवको पहिचान गर्ने र घटनाको अनुसन्धान थालिएको कार्कीले जानकारी दिए । टाउकोमा चोट लागेको अवस्थामा फेला परेका गहुँगोरो पुरुषको शव पोस्मार्टमको लागि कोसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
इटहरी । लामो समय देखि विवादमा रहेको सवारी चालक अनुमति पत्र वितरण गर्ने कोशी अञ्चल यातायात ब्यवस्था कार्यालयको भवन सरेको छ । इटहरीको आँपगाछिमा रहेको कार्यालय मुख्य राजमार्गबाट दक्षिण २ किलोमिटर फराकिलो स्थानमा सरेको हो । यातायात कार्यालय सर्ने बिषयमा सुचना जारी भएको डेढ महिना पछि इटहरी ८ स्थित बिजुलि अफिस आसपास सरेको हो । निर्माणाधिन ६ लेन राजमार्ग परियोजनाले पनि ठाउँ खालि गर्न अनुरोध गरेसंगै कार्यालय सर्ने बिषयले चर्चा पाएको थियो । सुचना प्रकाशन अघि नै घर तयार पारेर लाखौ अनियमितता गरेको भन्दै आरोप समेत लाग्दै आएको छ । इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीसँग मिलेर उनकै जग्गामा भवन बनाइ यातायात का
विराटनगर । भारतीय पक्षले विराटनगर महानगरपालिका वडा नम्बर १७ मा कल्भर्ट निर्माण गर्न अवारेध गरेको छ । इस्लामपुरमा दसगजा नजिकै नेपालतर्फको सडकमा कल्भर्ट बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । वडा नम्बर १७ का वडा अध्यक्ष समीर कमरले भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि निर्माण रोकिएको र अघि बढ्न नसकेको बताए । भारतीयहरुले दसगजासँगै जोडेर आफ्नोतिर तीनवटा कल्भर्ट बनाएको र फोहोर समेत नेपाली भूमिमा फाल्ने गरेको जानकारी दिंदै उनले भने, “हामीले बनाउन शुरु गरेको कल्भर्टमा भने अवरोध गरेका छन् ।” यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराईएको वडाअध्यक्ष कमरले बताए । बर
धरान । दशक अघि सम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुली चामल धरान मात्रै होईन, पुर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गए पछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुली भनेर ब्राण्डिङ गरी बिक्रि हुने गरेको छ । हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुककै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्प
धरान । विगत ३५ दिन देखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको शुद्धिकरण अभियान अन्तर्गतको आन्दोलन निकास तर्फ प्रवेश गरेको छ ।प्रतिष्ठानका चारै जना पदाधिकारीको राजिनामा सहित शुद्धिकरणको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समिती सँग सोमबार उच्चस्तरिय अध्ययन कार्यदलले छलफलबाट प्रतिष्ठानको अध्ययन शुरु गरे पछि आन्दोलनले निकाश पाउने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरि छलफलमा बसे पछि संघर्ष समितीले चारै जनाको पदाधिकारीहरुको राजीनामाको सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरिय आयोग गठन गरि छानबिन गर्न माग गर्दैै आएका थिए । आन्दोलनकारीको मा