घाटा बजेटले योजना प्रभावित: करिब ३५ प्रतिशत कार्यान्वयन नहुने "पहिलो चौमासिकमा ७ दशमलव ८४ प्रतिशत मात्रै खर्च"

  • मंसिर २८, २०७८
  • "दिनेश गजमेर"
alt

धरान । आर्थिक वर्ष २०७८÷७९ को लागि घाटा बजेट बनाएको धरान उपमहानगरपालिकाको करिब ३५ प्रतिशत योजनाहरु कार्यान्यवन नहुने भएका छन् । उपमहानगरले करिब ५० करोड रुपैयाको घाटा बजेट बनाएकाले योजनाहरु पनि प्रभावित हुने भएको हो ।
पुँजिगत खर्च तर्फ ९६ करोड ५४ लाख ६५ हजार ४ सय रुपैयाको विभिन्न योजनाहरु मध्ये वडा स्तरिय २८ करोड र नगर स्तरिय ३५ करोड मात्रै खर्च हुने भएको छ । नयाँ योजनाहरु कार्यान्यवन नहुने भएका हुन् । नगर स्तरिय योजनामा संघीय र प्रदेश समेत रहेको छ । उपमहानगरको चालु खर्च १ अर्ब ३ करोड ९९ लाख ३४ हजार ६ सय रहेको छ ।

धरान उपमहानगरपालिकाको योजना महाशाखाको अनुसार प्राथमिकताको आधारमा योजनाहरु दुई समुहमा विभाजन गरेको छ । पहिलो प्राथमिकतामा क्रमागत योजना रहेका छन् भने दोस्रो प्राथमिकतामा नयाँ योजनाहरु परेका छन् । महाशाखा प्रमुख सुरज श्रेष्ठले पहिलो प्राथमिकतामा रहेका योजनाहरु मात्रै यस वर्ष पुरा हुने बताए । उनले भने, ‘प्राथमिकता दुईमा परेका योजनाहरु यस वर्ष कार्यान्यन्वनमा टुङ्गो छैन्, कतैबाट बजेट सुनिश्चितता भए मात्रै हुन सक्छ ।’

श्रेष्ठका अनुसार पहिलो प्राथमिकतामा परेकाहरु योजनाहरु ठेक्काबाट गर्ने २२ वटा छन् भने उपभोक्ताबाट गर्ने ५७ वटा छन् । ति मध्ये नौलो पथ पिच सडक निर्माण धरान १६, शहिदरत्न मार्ग धरान १५, विष्णुपादुका मार्ग प्रदेश सरकारबाट १० लाख आएको ठेक्का लागिसकेको छ । अन्य कार्यक्रमको स्टिमेट डिजाईनहरु भइरहेका छन् । त्यसै गरि रेडक्रस देखि अमरहाट शिखरबास सडक स्तरोन्नती, तिनढुवाङ्गे लगायत अन्य खोला करिडोरहरु, कार्यालय भवनको बाँकी ब्लक निर्माण, सदनरोडको सर्भे भइरहेको छ । नमुना बस्तीको सडक निर्माण लगायत बहुवर्षिय योजनाहरुको ठेक्का प्रक्रिया अन्तर्गत गर्ने भनेर अघि बढेको छ । यी योजनाहरु दोस्रो चौमासिकमा मात्रै टेण्डर आव्हान गर्ने श्रेष्ठले बताए ।

बसपार्कको काम पनि अघि बढेको छ । १० प्रतिशत पेश्की लगेर ३ वर्षमा सम्पन्न हुने गरि काम अघि बढिसकेको उनले बताए । त्यसै गरि बसपार्क वरिपरि ड्रेनको कामको लागि ५ प्रतिशत पेश्की लगिसकेको छ । त्यस्तै पालिका बजार रहेको जल्पा रोड, चतरालाईनको काम निरन्तर रहेको छ भने बुढासुब्बा देखि विजयपुर सम्मको बाटोको काम पनि भइरहेको उनले बताए ।

उपमहानगरले २ अर्ब ३ करोड ६४ लाख रुपैयाको घाटा बजेट असार अन्तिममा सम्पन्न नगर सभाले पारित गरेको थियो । नगरसभामा प्रस्तावित आय तर्फ संघीय सरकारबाट ८६ करोड ७७ लाख, प्रदेश सरकारबाट ४ करोड २८ लाख ५२ हजार, राजस्व बाँडफाँड ३४ करोड ५५ लाख ८१ हजार ७ सय ५०, आन्तरिक स्रोत ७७ करोड ३८ लाख ६६ हजार २ सय ५०, जनसहभागितामा ६४ लाख र अन्य संस्थागत आन्तरिक अनुदान तर्फ ६४ लाख अनुमान आय रहेको छ ।

उपमहानगरका लेखा शाखा प्रमुख भेषराज अधिकारीका अनुसार धरानको कुल आन्तरिक स्रोत २० देखि २२ करोड मात्रै रहेको छ । तर ठुलो बजेट बनाउँदै आन्तरिक आय तर्फ ७७ करोड ३८ लाख ६६ हजार २ सय ५० प्रस्तावित गरेको छ । उनले भने, धरानको आन्तरिक आय तर्फका शिर्षकहरुबाट धेरै भने २२ करोड मात्रै आम्दानी हुन्छ, ५० करोड बढीको आम्दानी प्रस्तावित गरिएको छ, त्यो पुरा हुँदैन् ।

उपमहानगरले पुँजीगत तर्फ पहिलो चौमासिकमा ७ दशमलव ८४ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । पहिलो चौमासिकमा योजनाको सम्झौता र क्रमागत योजनाहरुको भुक्तानी हुने भएकाले खर्च कम देखिएको लेखा शाखा प्रमुख अधिकारीले बताए । उनका अनुसार ७ करोड ५७ लाख २ हजार ६ सय ८५ रुपैया मात्रै खर्च भएको छ ।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved