सुनसरी । सुनसरीको इटहरीमा आफ्नै सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु भएको छ । मंगलबार इटहरी ४ स्थित भिानजुकै घरमा बस्दै आएका १९ वर्षीय सालो अर्जुन राईको छुरा प्रहारबाट ५१ वर्षीय भिनाजु मुरारी गिरीको मृत्यु भएको हो ।
प्रहारबाट गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा बिराटनगरस्थित नोबल अस्पतालमा मंगलबार ७ बजे मृत्यु भएको इलका प्रहरी कार्यालय इटहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।