भेडेटारमा चहलपहल बढ्यो : आन्तरिक तथा वाह्य पर्यटकको घुँइचो

  • मंसिर २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt भेडेटारको चिसोमा सेल्फी लिदै आन्तरिक पर्यटक

धरान/ पूर्वको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा पछिल्लो समय आन्तरिक तथा वाहय पर्यटकको चहलपहल बढ्न थालेको छ ।
लकडाउनले सिथिल बनेको भेडेटारमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । कोभिड १९ का कारण लामो समयदेखी आर्थिक मारमा परेका व्यवसाय अब चहल पहल बढेसंगै पहिले कै स्थितिमा फर्कने आसामा छन् होटल व्यावसायीहरु पनि ।

लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटक नआउँदा भेडेटारको व्यवसाय अघिल्लो ६ महिना ठप्प जस्तै बन्यो । पर्यटनले नै धानेको भेडेटारमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । चहल पहल बढेसंगै विगतमा भोगेको आर्थिक भार कम हुनेमा होटल व्यवसायीहरु आसावादी बनेका छन् ।

भेडेटारका होटल व्यवसायी राम ढकालले कोरोना पछिको सहज अवश्था भएपनि चिसो मौसममा पर्यटकहरु कमै आउने गरेको बताउँछन् । यद्यपि विगतको तुलनामा अहिले पर्यटक बढेको उनी बताउँछन् । उनी भन्छन्, ‘कोरोनाको असहज परिस्थितिले भेडेटारको व्यवसायी मारमा परे, सहज बनेपछि केही पर्यटक आउन थाले पनि चिसो मौसममा गर्मी मौसमजस्तो आउदैनन्, त्यही पनि विगतको भन्दा अहिले केही सहज भने भएको छ ।’

चहलपहल बढेसंगै भेडेटारमा प्रदेश नं. १ बाट सर्वसाधारण भेडेटारको मनोरम दृश्य अवलोकन गर्न पुग्न थालेका छन् । भेडेटारमा पहिलाको जस्तो चहल पहल नबढे पनि लामो समयसम्म घुमफिर गर्न पाउँदा अत्यन्तै रमाइलो लागेको पर्यटकहरु बताउँछन् । विराटनगरबाट भेडेटार घुम्न आएकी सम्झना बुढाथोकीले भेडेटार नेपालकै आकर्षक स्थल भएको बताइन् । उनले भनिन्, ‘लामो समयपछि भेडेटार आउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।’ परिवारसंग घुम्न आएकी उनले परिवारसंग भेडेटारका मनोरम दृश्य घुम्दै क्यामेरामा फोटो कैद गर्न पाउँदा अझ रमाइलो लागेको बताईन् ।

भेडेटारमा चैत्र महिनादेखी चहल पहल बढ्ने गर्छ । यो समय व्यवसायीहरुको लागि आर्थिक उपार्जन गर्ने समय हो । तर, लामो समयसम्म लकडाउन भएपछि व्यवसायीहरुले ठुलो आर्थिक भार ब्यहोर्नु प¥यो । व्यवसायीहरुले यो अवधिमा अर्बों घाटा ब्योहोर्नु परेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । ठप्प बनेको व्यवसायका कारण धरासायी बनेका होटल व्यवसायीहरु पर्यटकको आगमनसँगै अब भने तङरिने आशा पलाएर आएको उनले बताउँछन् । उनले भने, ‘विगतको जस्तो असहज परिस्थिति फेरि नआए व्यवसायीहरु उक्सिन्छन्, फेरि त्यही अवस्था आए व्यवसायी विस्थापित हुन अवस्था आउछ ।’

भेडेटारमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट पर्यटक आउने गर्दथे । कोभिड १९ का कारण अझै पनि भारतीय पर्यटक भने आउने वाताबरण बनिसकेको छैन । आन्तरिक पर्यटकले नै धानेको भेडेटारमा चहल पहल बढेपछि व्यावसायीहरु उत्साहित बनेका छन् ।

एशोसिएसनका अनुसार भेडेटारमा साना तथा ठुला गरी करिब १ सय ५० वटा होटलहरु सञ्चालित छन् । रमणिय पर्यटकीय स्थल भेडेटार घुम्न आउने पर्यटकहरुले यहाँका होटलहरु प्राय खचाखच भरिने गर्दथे । भेडेटारमा रहेको चाल्स पइन्ट, शंख पार्क, भूत घर, नाम्जे होमस्टे, नमस्नेत झरना लगायतका दर्जनौ पर्यटकीय स्थलले पर्यटकहरु लोभ्याउने गर्छ ।

 

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved