इलाम / माई नगरपालिका- १ स्थित अम्लिसे भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक ४६ वर्षीय पुष्पलाल राईको हत्याको आरोपमा ४६ वर्षीय पदमबहादुर राईलाई जन्मकैदको फैंसला सुनाएको छ ।
एक वर्ष अघि खुकुरी प्रहार गरि एक आधारभूत विद्यालयका शिक्षक पुष्पलालको हत्या गरेको आरोपमा जिल्ला अदालत इलामले पदमलाई जन्मकैदको फैसला गरेको हो । गत ७७ साल असोज २९ गते पुष्पलाल राईको पदमबहादुरले घाँटीमा पछाडिबाट खुकुरी प्रहार गरि हत्या गरेका थिए ।
पुष्पलालको घरमै गएर खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । मृत पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट घट्नास्थलमा कुकुर झिकाई ट्रयाकिङ गरेर पदमबहादुरलाई पक्राउ गरेको थियो । आरोपित राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूत्र्ति र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गर्नै गरि फैंसला सुनाइएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले बताए ।