Top 4

    Showing 7,371-7,380 of 9,404 items.
  • प्राइम भिजन कलेजद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान/ धरान–१० स्थित प्राईम भिजन कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) उत्तीर्ण गरि एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडिएचएम) र कक्षा–११ म्यानेजमेन्ट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ । इटहरीको गोरखा होटलमा कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सुलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शंकर लगायतले बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियमहरु आदिको बारेमा जानकारी गराए । कलेजमै अध्ययनरत विद्यार्थी प्

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्त्री कार्कीको पहलमा दोबानमा बन्यो पुल

    बराहक्षेत्र/ नेपाल सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री एव् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा वराहक्षेत्र ८ को दोबान स्थित सुनसरी खोलामा पुल निर्माण भएको छ । स्थानीयवासीको आग्रहमा नेपाली कांग्रेसका नेता शंकर बस्नेतको सक्रियतामा मन्त्री कार्कीको पहलमा स्वीजरल्याण्ड दुतावासको आर्थिक सहयोगमा संघिय योजना मार्फत पुल निर्माण भएको हो । ४८ मिटर लम्बाई र १ सय ५० सेमिको चौडाईमा करिब ४१ लाख रुपैयाको लागतमा पुल निर्माण भएको हो । पुल उपभोक्ता समिति मार्फत परिवर्तन नेपालको प्राबिधिक र सामाजिक समन्वयमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतले बताए । शंकर बस्नेतलाई

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कबुलियत वन बनाउने सरकारी निर्णय अन्यौलमा

    उदयपुर/उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी नदी अन्तरगत पर्ने नदी उकास जमिनमा कबुलियती वन बनाउने सरकारी निर्णय भूमाफियाहरुले जग्गा कब्जा गर्दै आएका कारण अन्यौलमा परेको छ । सप्तकोशीले धार परिर्वतन गरी पुर्व तर्फबाट बग्न थालेपछि नदी उकास जमिन अन्तरगत निस्किएको करिब आठ हजार हेक्टर जमिनमध्ये अधिकांश जमिन भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । जमिन मध्ये नेपाल सरकारको मन्त्री परिषद्ले १ सय ७६ दशमलव २३ हेक्टर जमिनमा कबुलियती वन बनाउन निर्णय गरे पनि जग्गा कब्जा गर्दै आएकाहरुको दवावका कारण सरकारी निर्णय अन्यौलमा परेको हो । गत जेठ ६ गतेको मन्त्री परिषदको वैठकले सप्तकोशी नदीको उकास जमिन मध्ये

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 810 पटक पढिएको
    • "तेजबहादुर वन"
  • कानुनमन्त्री नै कानुन मिच्दै

    इटहरी/ नेपाल सरकारको गृह मन्त्रालयले कोरोनाबाट जोखिम मानिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गर्दै मानिसहरूलाइ भिडभाड एवम सभा सम्मेलन गर्न निषेधित गरे पनि सुनसरीमा भने प्रहरी प्रशासनकै संरक्षणमा दैनिक जसो सभा सम्मेलन हुदै आएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । सोमबार पुनः भदौ २२ गते सम्मलाई निषेधाज्ञा घोषणा गरेको छ । तर निषेधाज्ञाको अवज्ञा गर्दै बहालवाला मन्त्रीनै सभा सम्मेलनमा सक्रिय भइरहेको छन् । सरकारका प्रवक्ता एवम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की गत भदौ १० गते देखि आफ्नो निर्वाचन क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर ४ भि

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 776 पटक पढिएको
    • "तेजबहादुर बन"
  • काँग्रेस नेतृत्वको सरकार गठन गर्न सचिवहरूको माग

    विराटनगर/ नेपाली कांग्रेस प्रदेश–१ का जिल्ला सचिवहरूले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्नेमा जोड दिएका छन् । धनकुटाको भेडेटारमा दुई दिनसम्म चलेको भेलाले १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै केन्द्रको गठबन्धनलाई प्रदेशमा समेत निरन्तरता दिँदै १ नम्बर प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएको हो । भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, “कांग्रेस नेतृत्वमा निर्मित दलीय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थाले सिर्जना भएको राजनीतिक घटनाक्रमबाट प्रादेशिक सरकारसमेत गठबन्धनकै भावना अनुरूप परिवर्तन हुने अवस्था निर्माण

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशीको पानीबोट उपयोग विहीन

    बराहक्षेत्र/ पर्यटन प्रवद्र्धन गर्न सप्तकोशीमा पानीबोट संचालनका लागि प्रदेश नं १ सरकारले १३ लाख रुपैयाको लगानीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९ लाई पानीबोट दिएको थियो । सप्तकोशीमा पानीबोट संचालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिए पनि अहिले बोट कोशी नदिमा डुब्दै गएको छ । प्रदेश सरकारको अनुदानको बराहक्षेत्रले दुरुपयोग गरेको छ । बराहक्षेत्रले न त पानीबोटको सदुपयोग गर्न सक्यो, न त कुनै लाभ लिन सकेको छ । कोशी डुब्दै गए पनि स्थानीय सरकारले नदेखे झै गरिरहेको छ । पानीबोट अनुदानमा पाएको २ बर्ष बिति सक्यो तर अहिले सम्म संचालन हुन सकेको छैन् । स्थानीय सरकारले संरक्षण गर्न नसक्द

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 1,134 पटक पढिएको
    • "संगम बिष्ट"
  • गोर्खालीको सम्मानमा गोर्खा वाच धरानमा

    धरान/ बेलायतमा गोर्खालीहरुले सेवा गरेको २ सय वर्ष पुगेको सम्मानमा उत्पादन गरिएको गोर्खा वाच धरानमै पाउन थालेको छ । गोर्खालीहरुको त्याग र साहसको सम्मानमा बेलायतमा २ सय वटा मात्रै उत्पादन गरिएको थियो । गोर्खा वाचको माग नेपाली बजारमा पनि अत्याधिन हुन थाले पछि यसको बजारीकरण भए सँगै धरानमा पनि कुमार एण्ड सन्स ग्रुपले धरानमा भित्राएको छ । गोर्खा ब्राण्ड अन्तर्गतका घडीका साथै विभिन्न सामग्रीहरु उपलब्ध हुने गरि कुमार एण्ड सन्स इम्पोरियम सोमबार देखि संचालनमा आएको हो । युवा व्यवसायी सुमन कुमार श्रेष्ठले ५० लाख रुपैयाको लगानीमा धरान १० स्थित पुतली लाईनमा संचालनमा ल्याएका हुन् । लाहुरेको शहरको रुपम

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 839 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको ताला खोल्न औषधी व्यवसायीको माग

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि लगाइएको ताला खोल्नुपर्ने औषधि व्यवसायीहरुले माग गरेका छन् ।नेपाल औषधि व्यवसायी संघ इकाई कमिटी धरानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानको सेवा सञ्चालनमा समस्या भएको भन्दै ताला खोल्न उनीहरुले माग गरेका हुन् ।इकाईका धरानका संयोजक मचिन्द्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिष्ठानको पदाधिकारीहरूको कार्यकक्षमा ७६ दिनदेखि तालाबन्दीले प्रतिष्ठान सेवामा समस्या भएको जनाएको छ ।   विश्वव्यापी कोरोना संक्रमणका अवस्थामा जनमानसमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गलत सूचना प्रवाह भएकोले अविलम्ब ताला खोली

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 409 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोलाको धार परिवर्तन : फोक्लेन टापु जोड्ने झोलुङ्गे पुल जोखिममा

    इटहरी । मोरङको लाटि खोलामा आएको बाढिले फोक्लेन टापु जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । केहि दिन यता परेको अविरल वर्षाका कारण खोलाले धार परिवर्तन गर्दै डिल भत्काउन थालेपछि फोक्लेन टापु जोडने झोलुङ्गे पुल जोखिममा परेको हो । खोलाले मोरङको सुन्दरहरैंचा ५ स्थित पुलको डिल भत्काउन थालिसकेको छ भने जोखिम पनि त्यतिकै बढाएको छ । पुलको बिषयमा थप अध्ययन गर्न सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहितको टोलिले अनुगमन गरेको छ । स्थानीयबाट बहावले पुल तर्फ कटान गर्न थालेको स्थानीयले गुनासो गर्न थाले पछि रोकथामको काम सुरू गरिएको वडाध्यक्ष रामप्रसाद रिजालले जानकारी दिए । प्

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एक सरकारको गाडि मोह

    विराटनगर । प्रदेश १ सरकारले अनधिकृत रुपमा सवारी साधन खरिद गरेको पाइएको छ । खासगरी बिलासी गाडी खरिद र यसको प्रयोगमा प्रदेश सरकारको मोह उजागर भएको छ । अघिल्लो सरकारले विभिन्न मन्त्रालय र निकायहरुको लागि सवारी साधन खरिद बढाएको पाइएको हो । यस विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । प्रदेशसभा सचिवालय, लोकसेवा आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र मातहतका निकायका लागि भन्दै सरकारले सवारी खरिदमा मात्र रु. ७६ करोड ७४ लाख १ हजार खर्च गरेको छ । प्रदेश सरकार, सार्वजनिक खर्चको मितव्ययिता सम्बन्धी मापदण्ड निर्देशिका २०७५ मा मुख्यमन्त्रीलाई गाड

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 926 पटक पढिएको
    • "कुमार लुइँटेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved