पन्ध्र वर्ष पछि धरानका रोजन राइको हत्यारा पक्राउ "आफन्त खोज्दै कास्की प्रहरी"

  • पुस १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ पन्ध्र वर्ष अघि पोखरामा हत्या भएका रोजन राईको हत्यारा पक्राउ परे पछि आफन्तको खोजिमा कास्की प्रहरी लागेको छ ।
मजदुरीका क्रममा २०६३ साल वैशाख २९ गते रुपाताल भन्दा मुन्तिरको सातमुहाने स्थित ताल खोलामा मजदुरहरु सँगको झगडामा रोजनको हत्या भएको थियो । राईको हत्या पोखराका अशोक गुरुङले गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्ष पछि पुष्टि गरेको छ । खोलामा तटबन्ध गर्न गएको बेला अशोक सँग झगडा हँदा चिर्पटको प्रहारले उनी घाइते बनेका थिए । उपचारका क्रममा उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो ।

१५ वर्ष अघि २० वर्षका रोजन राईको पोखरामा कोही आफन्त नरहेको र अनुसन्धानका क्रममा सुनसरीको धरान घर भएको बताउने गरेको स्थानीयले जानकारी दिएका थिए । स्थानीयले दिएको जानकारीको आधारमा कास्की प्रहरीले रोजन राईको आफन्तको खोजि गर्दा कोही नभेटे पछि घटनाको अनुसन्धान स्थगित भएको थियो ।

हत्या भएको १५ वर्ष पछि गत २१ असारमा कास्की प्रहरी प्रमुख भएर कमान्ड सम्हाल्न आएका एसपी रमेश थापाले पुराना जघन्य अपराधको सूची हेर्दै जाँदा रोजन राईको हत्यारा पत्ता नलागेको थाहा पाए पछि अनुसन्धान अघि बढाएका थिए । अनुसन्धानबाट अशोकको संलग्नता देखियो । इन्टरपोलमा राखिएको रेड नोटिसका आधारमा उनी पक्राउ परको छन् । वैदेशिक रोजगारीका लागि बहराईन पुगेका अशोक गुरुङलाई इन्टरपोलको सहायतामा बहराइन प्रहरीले पक्राउ गरेको हो ।

अब कास्की प्रहरी हत्या भएका रोजन राईका आफन्तको खोजीमा छ । एसपी रमेश थापाले भने, ‘घर सुनसरी धरान हो भनेको थाहा भयो, तर चिनेजानेका कोही भेटिएनन् ।’ कास्की प्रहरीले जिल्लाबाहेक अरु ठेगाना नखुले पनि सुनसरी प्रहरीलाई रोजनका आफन्तको खोजीका लागि अनुरोध पनि गरिसकेको छ । तर पत्ता लागेको छैन ।
रोजन मारिइसके पनि उनका आफन्तलाई न्यायको अनुभुति होस भनेर खोजि गरिएको उनको भनाई छ । उनले प्रहरी अनुसन्धान प्रतिवेदनकै आधारमा आरोपित अशोक गुरुङ विरुद्ध मुद्दा चल्ने भए पनि आफन्तको जाहेरीसमेत हुँदा अझै राम्रो हुने बताए ।

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

अत्यधिक गर्मीसँगै रग ...

धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved