छ लेन सडक बिस्तार: रानी देखि धरान सम्म ७५ प्रतिशत सम्पन्न

  • पुस १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ त्रिदेशीय सडक विस्तारको राष्ट्रिय गौरबको आयोजना अन्तर्गतको रानी–विराटनगर–इटहरी–तरहरा–धरान सम्मको ६ लेन सडक तीव्र रुपमा निर्माण कार्य अघि बढेको छ ।
अघिल्लो वर्ष कोरोना कहरका कारण ढिलासुस्ती भएको सडक निर्माणको कामले पछिल्लो समय तिब्रता पाएको छ । रानी देखि धरानको तिनकुने सम्मको सडक विस्तारको काम ७५ प्रतिशत सकिएको रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालय इटहरीले जनाएको छ ।
रानी देखि इटहरी सम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको सडक विस्तार आयोजना दुहबी क्षेत्र बाहेक इटहरी देखि धरानको तिनकुने सम्मको सडक विस्तारले समय अगावै सम्पन्न हुने गरि तिब्रता पाएको छ ।

रानी विराटनगर इटहरी धरान सडक योजना कार्यलयका अनुसार इटहरी देखि धरानको तिनकुने सम्म ४ वटा प्याकेजमा काम भइरहेको छ । छु्ट्टा छुट्टै ४ जना ठेकेदारले काम गरिरहेको योजनाका इन्जिनियर उपेन्द्र दासले बताए । दासका अनुसार इटहरी देखि आपगाछी सम्म कान्छाराम कन्ट्रक्सनले काम गरिरहेको छ । आपगाछी सम्मको काम लगभग ७५ प्रतिशत सकिएको उनले बताए । उनले भने, ‘२५ प्रतिशत चौंक तिर रंगरोगन र फिनिसिङ गर्न बाँकी छ ।’ भ्याट सहित ९५ करोडमा निर्माण भएको इटहरी बजार देखि आपगाछी सम्मको सडकमा बिच भागमा फुलबारीका लागि प्यासेज बनाइएको छ ।

त्यसै गरि आपगाछी देखि पानीपिया सम्मको सडक विस्तार सम्पन्न भइ आयोजनालाई हेण्डओभर समेत भैसकेको उनले बताए । पानीपिया सम्मको सडक ९० करोडमा ठेक्का लागेको थियो ।
यता पानीपिया देखि चारकोशे जंगलको सेउतीपुल सम्मको सडक विस्तारको ठेक्का पाएको इन्धुङ प्यासिफिक जेभिले सम्झौता समय अगावै सम्पन्न गर्ने गरि काम अघि बढाएको छ । २०८० असार मसान्त सम्म म्याद पाएको सडक विस्तार अहिले ३० प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर दासले बताए । पानीपिया देखि सेउतीपुल सम्मको ५ दशमलव १ किलोमिटर सडक निर्माणका लागि भ्याट सहित ३९ करोड ६० लाख रुपैयामा ठेक्का लागेको हो । सेउतीखोलामा पर्ने पुललाई पनि ४ लेनकै बनाउने भएको छ ।

चौथो प्याकेजको रुपमा रहेको सेउतीपुल देखि धरानको तिनकुने सम्म ४ दशमलव २ किलोमिटर सडकको पनि करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । यसको पनि २०८० असार मसान्त सम्म सम्पन्न गर्ने गरि रौता कन्ट्रक्सनले भ्याट सहित ३० करोड ६० लाख रुपैयामा ठेक्का लिएको थियो । दासले भने, ‘पानीपिया देखि माथिका दुई प्याकेजको सम्झौता २०८० असार मसान्त सम्म भए पछि समय अगावै सकिन्छ ।’

तिनकुने देखि माथि धरानको मुख्य बजार हुँदै जाने सडकका विषयमा कुनै टुङ्गो नलागेको उनले बताए । चैत्र मसान्त सम्म विराटनगर देखि तरहरा सम्म सबै काम सकिने उनको भनाई छ । यता दुहबीमा देखिएको समस्या मन्त्रीपरिषदबाटै गर्नुपर्ने भएकाले अन्यौलमा रहेको उनको भनाई छ । उनले भने, त्यहाँको समस्या समाधान नभएकाले ठेक्का पट्टा नै भएको छैन्, तल्लो निकायबाट निर्णय हुन सक्दैन् मन्त्रिपरिषदबाटै हुनुपर्छ, स्थानीयले जग्गाको मुआब्जाको माग गरेका छन्, त्यसको समाधान सरकारले मात्रै गर्न सक्छ ।’

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

अत्यधिक गर्मीसँगै रग ...

धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved