वराहक्षेत्रको धार्मिक र विद्यालय परिसरमा मद्यपान र धुम्रपान निषेध

  • पुस १६, २०७८
  • "संगम बिष्ट"
alt

बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका शैक्षिक संस्था र धार्मिक क्षेत्रमको ५ सय मिटर वरिपरी मद्यपान र धुम्रपान जन्य पदार्थको बिक्रि बितरण गर्न निषेध गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यलय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको साझेदारीमा लागुपदार्थ दुव्र्यसनीलाई न्युनिकरण गरि सभ्य समाज निर्माण गर्ने उद्देश्यले बिद्यालयको वरिपरि चुरोट, रक्सी, खैनी, गुट्खा जस्ता धुम्रपान र मद्यपान सहित खुल्ला रुपमा माछा मासु बिक्रि बितरणमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

बिहिबार नगरपालिकाको धार्मिकक्षेत्र चतरामा एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर प्रमुख निलम खनालले सुचना पार्टी अनावरण गरेर धुम्रपान, मद्यपान निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
कार्यक्रममा जिल्ला प्रशाशन कार्यलय सुनसरीका प्रमुख इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक संजयसिह थापा लगाएत वराहक्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विभिन्न बिद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षकहरु, बिद्यार्थीहरु, उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

निषेधित क्षेत्र घोषणा पछि बिद्यार्थीहरुले लागूपदार्थ न्युनिकरण गरौ भन्दै नारा लगाएका थिए । वराहक्षेत्र नगरपालिकाका ८ वटा सामुदायीक बिद्यालय, १ संस्थागत बिद्यालय र धार्मिक क्षेत्रहरुमा बिद्यार्थीहरुले प्रभातफेरी समेत गरेका थिए । वराहक्षेत्र २ पुनरबास स्थित आदर्श माध्यमिक बिद्यालयबाट सुरु प्रभातफेरी हाटखोला, जागृत चौंक, मिलन टोल, वयरबन हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आदर्श माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले लागू पदार्थ दुब्र्यसनी र लैङ्गिक हिँसा बिरुद्धको चेतनामुलक सडक नाटक समेत प्रस्तुति गरेका थिए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved