फोहोर प्रशोधन केन्द्र निर्माण सम्पन्न: खपत व्यवस्थापन नहुँदा संचालनमा ढिलाई

  • पुस १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ गत चैत्र ९ गतेबाट परिक्षण शुरु गरेको धरान स्थित फोहोर प्रशोधन केन्द्रबाट उत्पादित ग्यास खपत गर्न टेम्पो व्यवस्थापन नहुँदा संचालनमा आउन सकेको छैन् ।
प्रशोधन केन्द्र पुर्णरुपमा निर्माण सम्पन्न भए पनि एक वर्ष देखि ग्यास खपत गर्नका लागि अनुमती नहुँदा संचालनमा आउन नसकेको हो । धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारीमा भेन्चर वेष्ट टु इनर्जीले फोहोर प्रशोधन केन्द्र निर्माण गरेको हो । धरानको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य सहित केन्द्र स्थापना गरिएको हो ।

गत वैशाख देखिनै संचालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाई हुँदा समय लम्बिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताए । उनका अनुसार केन्द्रले गत चैत्र ९ गते देखिनै धरानको फोहोर संकलन गरि परिक्षण शुरु गरेको थियो । शुरुमा एक ट्याक्टर फोहोर उठाएर परिक्षण गरेको थियो । अहिले फुलफेसमा संचालन गर्न सक्ने तयारीमा छ । तर खपत गर्न साधन संचालन गर्ने अनुमती नहुँदा लम्बिएको उनले बताए ।

उनले भने, ‘सबै फोहोर लिन सक्ने अवश्थामा रहेको छ तर खपत गर्न सवारी साधन संचालन गर्ने अनुमती नहुँदा पुर्णफेसमा संचालन गर्न सकेको छैन्, ग्यासबाट चल्ने टेम्पो पनि आउनुप¥यो, त्यसैले अड्कीरहेको छ ।’ १ वर्ष देखि पहल गरिए पछि प्रक्रिया कहाँबाट शुरु गर्ने विषयमा जानकारी नहुँदा अलमलमा परेको उनको भनाई छ । उनले भने, ‘अहिले चै यातायात व्यवस्था विभागबाट प्रक्रिया शुरु भइसकेको छ, विभागबाट मन्त्रालय हँदै मन्त्रीपरिषदमा पुगेको छ, केही भित्रै अनुमती आए पछि पुर्णरुपमा संचालन हुनेछ ।’

उनका अनुसार २४ करोडको परियोजना कोरोनाका कारण २६ करोड पुगेको छ । दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र पुष २० गते देखि शुरु हुने ‘धरान डे’ को अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाबाट उदघाटन गर्ने तयारी रहेको छ ।

२० वर्ष पछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरि प्रशोधन केन्द्र निर्माण गरिएको हो । गत वैशाख देखि नै परिक्षण सहित फुल फेजमा संचालन गर्ने तयारी भइरहँदा लकडाउनका कारण बन्द भएको थियो । कोरोना संक्रमणको जोखिम न्युन हुँदै गए पछि पुसको अन्तिम साता देखि परिक्षणको तयारी गरिएको अग्रवालको भनाई छ । ५० टनको लक्ष्य बनाए पनि धरानलाई चाहिने २० टन उत्पादनको तयारीमा रहेकोे उनले बताए ।

प्रशोधन केन्द्रबाट उत्पादन भएका ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने भएको छ । उनले भने, ‘धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाल्छौं, त्यो हालिसके पछि मल्टी फ्युल हुन्छ पेट्रोलले पनि चल्छ ग्याँसले पनि चल्छ ।’ हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन बनेको छ ।
प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्छ । दैनिक जसो ४ सय देखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको उनले बताए । उनले भने, ‘खाना पकाउने ग्याँस पनि यहि हो, ग्याँसमा केही पनि मोडिफाई हुदैन मात्र सिलिण्डर बेग्लै आउँछ, एकदम ह्याब्बी सिलिण्डर हुन्छ त्यहीँ भएर ५ केजीको मात्र सिलिण्डर हुन्छ, बजारमा ८०÷९० टन फोहोर उठाउन सक्ने अबस्था हुन्छ ।’

कम्पनीले पानवारीमा १ बिघा २ कट्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । सम्झौता अनुसार प्रालिले २० वर्ष पछि प्रशोधन केन्द्रको सम्पुर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालिन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved