Top 4

    Showing 7,291-7,300 of 8,049 items.
  • मृगौला पिडितलाई आर्थिक सहयोग

    धनकुटा/ दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । धनकुटा नगरपालिका–७ घर भएकी ४८ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो । उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थियो । सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको थियो । उपचारको क्रममा हालसम्म ५ लाख भन्दा बढी खर्च भईसकेको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रेष्ठ परिवारको तीन छोरी र एक छोरा रहेको छ । तर अहिले आएर आर्थिक अभावका कारण श्रेष्ठको उपचारमा समस्या देखिएकाले रकम स

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 656 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिका बन्द

    धनकुटा/ धनकुटा नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका नगरपालिकाले प्रवाह गर्ने सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारी सहित उच्च अदालत विराटनगर धनकुटा इजलासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि यसको संक्रमणलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रभाव गर्दै आएको सेवा असोज २८ गते (आज) देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 969 पटक पढिएको
    • " सन्तोष रुचाल"
  • कोभिड अस्पतालको भेन्टिलेटर बिग्रे पछि अख्तियारको चासो

    धरान । कोभिड अस्पतालमा ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुरु गरेको छ । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रेर थन्किए पछि अख्तियारले अनुसन्धान गरेको हो ।सोमबार आयोगको इटहरी कार्यालयबाट आएको चार जनाको टोलीले अस्पताल निर्देशक डा। गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए । कोरोना अस्पतालको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको छ । अख्तियारले भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो रु कति वटा भेन्टिलेटरले काम नगरेको सोधपुछ गरेको छ । प्रतिष्ठानका उपकुलपति डा। ज्ञाने

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 903 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा ३८ हजार भन्दा बढी सवारी कारवाहीमा

    इलाम / इलाममा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारवाहीमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालका अनुसार कारवाहीमा परेका सवारी साधन र दुर्घटना पछिल्लो समय घट्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सबै भन्दा बढी जिप, कार, भेन कारवाहीमा परेका छन् । कारवाहीमा परेको संख्या पाँच हजार सात सय नौ वटा रहेका छन् । यस्तै मोटरसाइकल पाँच हजार चार सय एक, ट्रक दुई हजार सात सय ४४, टेक्टर आठ सय ६ र बस तीन सय २६ रहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा जिप, कार, भेन पाँच हजार चार सय ९५, मोटरसाइकल पाँच हज

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 600 पटक पढिएको
    • " भगीरथ भण्डारी "
  • इटहरी प्रहरीमा डिएसपी अर्जुनको सक्रियता: १५ दिनमा आधा दर्जन ठगिका नाइकेहरू पक्राउ

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा नयाँ प्रहरी प्रमुख भएर कार्यभार सम्हाले लगत्तै डिएसपी अर्जुन केसीको सकृयता सफलता तर्फ उन्मुख भएको पाइएको छ । गएको १५ दिन भित्र ठगिमा संलग्न आधा दर्जन नामुद ठगहरूलाइ पक्राउ गर्न सफल भएसंगै इटहरीमा डिएसपी केसिको सकृियता बढेको हो । बाउन्स चेकमा ठगि गर्ने , इमोमा लाखौ रकम चिट्ठा परेको भन्दै सर्वसाधरणबाट रकम असुल्ने नाइके देखि चाडपर्वको मुखमा गुण्डागर्दि गर्दै हिडने सम्मलाइ पक्राउ गरी कानुनत कार्वाहिको प्रकृिया अघि बढाएपछि इटहरीमा डिएसपी केसीको चर्चा चुलिन थालेको छ । गएको एक साता भित्र मात्रै ठगिमा संलग्न ३ जनालाइ इटहरी प्रहरीले पक्राउ गरि कानुनत कार्वाहि प्र

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,276 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिभिएसको आपाचे आरटीआर १६० सार्वजनिक

    सुनसरी । टिभिएस कम्पनीको एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको आपाचे आरटीआर १६० सार्वजनिक भएको छ । देशै भर एकै साथ लन्च भएको आपाचे आरटीआर १६० सुनसरीको इटहरीमा पनि सार्वजनिक गरिएको छ । इटहरीको आधिकारिक बिक्रेता पारस अटो मोबाइल्सले पनि बिक्री थालेको पारस अटो मोबाइल्सका निर्देशक लिला लुइँटेलले बताए । अपाचे आरटीआर १६० फोर भिमाएबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै कम्पनीले सार्वजनिक गरेको हो । टीभीएसको आपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएको छ । यो सँगै विभिन्न ५

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 652 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भागलपुरको साकेला थान पर्यटकीय गन्तव्य बन्दै

    उदयपुर । पर्यटकीय गन्तव्यको रुपमा विकाश भइरहेको उदयपुरको भागलपुरमा रहेको साकेला थान पनि धार्मिक पर्यटनको केन्द्र बन्न थालेको छ । विगत ४ वर्ष अघि स्थापना गरिएको बेलका नगरपालिका वडा नम्बर २ मा रहेको साकेला थानमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । विशेष गरि किरातीहरुको धार्मिक स्थलको रुपमा रहेको साकेला थानमा वर्षेनी उभौली र उधौलीमा मेला लाग्ने गरेको छ । किरातीहरुको आस्थाको केन्द्र बन्दै गएको साकेला थानमा अन्य क्षेत्रबाट पनि धर्मावलम्बीहरु आउने गरेका छन् । बेलका नगरपालिका कृषि क्षेत्रको एउटा महत्वपुर्ण हवको रुपमा मानिन्छ । कृषि क्षेत्र संगै धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्यताले पनि महत्वपुर्ण ब

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,476 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इतिहाँस झल्काउदै इलामको अरनिको संग्रहालय

    इलाम । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई अरनिको संग्रालय बनाउन काम धमाधम अघि बढाएको छ । सय वर्षे पुरानो भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै संग्रहालय निर्माण गर्न योजनाका साथ काम थालिएको हो । यस अघि यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्रहालय बनाउनको लागि काम थालिएको छ । संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका भेषभुषा, भाडा वर्तन लगायतका सामग्री राखिने छ । अहिले केहि सामान राखिएका

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,451 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • चिउडोमा मास्क, छैन् सामाजिक दुरी

    इटहरी । चाडपर्वको समयलाइ मध्यनजर गर्दै संचालनमा आएका सार्वजनिक यातायातका साधनहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । पूर्वबाट इटहरी हुदै धरान बिराटनगर लगायत अन्य स्थानहरूमा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरूमा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले सोमबार गरेको अनुगमनकै क्रममा सार्वजनिक बसका चालकहरूले नै मास्क चिउडोमा लगाउने गरेको सेनिटाइजर प्रयोग नगरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले सोमबार देखि नियमित यात्रुबाहक वस तथा सवारी साधनहरूमा अनुगमन थालेको छ । सरकारले जारी गरेको मापदण्डको पालना नगरी राजमा

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,054 पटक पढिएको
    • " तेजबहादुर बन "
  • लकडाउन विकल्प होइन्, भिड कम गर्न बजारलाई विस्तारीकरण गर्नुपर्छ

    धरान । समुदाय स्तरमा संक्रमणको जोखिम बढ्दै गर्दा एकातिर पुनः लकडाउन गर्ने कि प्रश्न उठिरहेको छ भने अर्को तिर भर्खरै उठ्दै गरेको व्यापार व्यवसाय धरायसी हुन नदिन खुल्लै राख्ने चर्चा चलिरहेको छ । सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन खुल्ला भए पछि कोरोनाको संक्रमणको दर पनि बढ्दै गएको हो । दोस्रो चरणमा लकडाउन घोषणा भए पछि केही मात्रामा घटेको देखिए पनि लकडाउन खुल्ला भए पछि अहिले कोरोनाको संख्या ह्वातै बढेको छ । लामो समयको बन्दका कारण निराश भएका नागरिकमा संक्रमणको त्रासको कमि देखिदै गएकाले स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणको दर बढ्दै गएको सरोकारवालाहरु बताउदै आएका छन् । चाडपर्व नजिकदै गएका

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,165 पटक पढिएको
    • "संजोगबाबु दाहाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved