बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव

  • माघ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणका कारण नियमित गरिने रक्तदान कार्यक्रम नहुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेको छ ।

कोरोनाका विरामी समेत दिनप्रतिदिन थपिदै जानु र अन्य विरामी समेत प्रतिष्ठानमा बढ्दै जादा शल्यक्रिया लगायत अन्य विरामीलाई पनि रगत अभाव हुन थाले पछि विरामीहरुले सास्ती भोग्नु परेको छ ।

रगत अभाव हुन थालेको प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवाले जनाएको छ । तेह्रथुम जिरिखिम्तीका उमेश पौड्यालले बीपीको रक्तसञ्चार सेवामा पर्याप्त रगत पाउन छाडेपछि विरामीलाई उपचारमा समस्या भएको बताए । उनले भने, ‘श्रीमतिलाई डेलिभरी गराउन ल्याएको थिए, चिकित्सकले शल्यक्रिया गर्नुपर्छ रगतको जोहो गर्नुस् भनेर भनेका छन् तर ब्लडबैंकमा रगत छैन, सट्टा भर्ना गर्नुस भन्छ ।’ एबी पोजेटिव रगत चाहिने उनलाई तत्काल चाहिएमा आफन्तहरुलाई खबर गरेको बताए ।

यस्तै संखुवासभाका दुर्गा थापाले पनि श्रीमतिलाई रगत कम भएर प्रतिष्ठान ल्याएका थिए । रगत अभाव हुँदा समस्या भएको उनले बताए । उनले भने, ‘रक्तसञ्चार सेवामा रगत कम छ, रगतका लागि आफन्तहरु तयार पार्नुस् भनेको छ ।’
कोरोना कहरकै कारण रक्तदान कार्यक्रम हुन छाडेपछि सबै प्रकारका रगतहरु विस्तारै अभाव हुदै गएको नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार सेवाका इन्चार्ज सुवास सिंहले बताए । उनले भने, ‘विगतमा महिनामा १४-१५ पटक रक्तदान कार्यक्रम विभिन्न संघ संस्थाले गर्ने गर्थे, अहिले यो महिनामा मुस्किलले दुई वटा रक्तदान कार्यक्रम भएको छ ।’

उनले कोरोनाको समयमा भीडभाड हुने कामलाई नेपाल सरकारले रोक लगाएसँगै जोखिम न्यूनिकरणका लागि भन्दै संघसंस्थाले रक्तदान कार्यक्रम गर्न छाडेका छन् । उनले भौतिक दूरी पालना गरेर रक्तदान कार्यक्रमलाई निरन्तता नदिने हो भने भोलिका दिनमा रगतको अभावका कारण भयावह अवस्था आउन सक्ने बताए । उनले भने, ‘बीपीमा रगत प्रयोग गर्नेको संख्या बढ्दै गएको छ तर विभिन्न संघ संस्थाले रक्तदान गर्न छाडेका छन्, यसले अझ धेरै समस्या निम्त्याएको छ ।’

प्रतिष्ठानमा प्रत्येक दिन ४० देखि ४० पिन्ट रगत आवश्कता रहने इन्चार्ज सिंहले बताए । तर अहिले रक्तदान हुन छाडेपछि १० देखि २० पिन्ट विभिन्न ग्रुपका रगतहरु उपलब्ध गराउन सकिने उनले बताए । उनले यो विषम् परिस्थितिमा विभिन्न संस्थालाई रक्तदान गर्न आग्रह समेत गरेका छन् ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved