बाँध निर्माणमा स्थानीयको अवरोध

  • माघ १२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान। सुनसरी मोरङ सिंचाई आयोजनाको बाँध निर्माणले सुविधा पुर्‍याए पनि उदयपुरका जनता कटानको मारमा परेका छन् ।

सुनसरी र मोरङमा जिल्लामा करिब ६८ हजार हेक्टर खेती योग्य जमिनमा सिंचाई सूविधा पुर्‍याउँदै आएको छ । उदयपुरको बेलका नगरपालिकाका केही वडाले सिंचाईको सुविधा पाए पनि केही वडाका स्थानीय कटानको मारमा परेका छन् । उनीहरुले बाँध निर्माणमा अवरोध गरेका छन् ।

आयोजनाको बाँध निर्माणले उदयपुरको बेलका नगरपालिका वडा नम्वर २, ३, ८ र ९ मा खेती योग्य जमिन कटान गर्नुका साथै मानव बस्तिसमेत जोखिममा परेको भन्दै अवरोध गरेका हुन् । सिंचाई सुविधामा अवरोध नगरिकन उदयपुरको नदी कटान रोक्नु पर्ने टड्कारो रुपमा देखिएको स्थानीयको माग छ । स्थानीयले सिंचाई आयोजनाले निर्माण गर्न लागेको बाँध तत्काल रोक्न माग गरेका छन् ।

आयोजनाले पानी लैजान निर्माण गरेको बाँधका कारण उदयपुरको क्षेत्रमा सप्तकोसी नदीको कटान बढ्दै गएको छ । अहिले पनि आयोजनाले बाँध निर्माण गरिरहेको छ । जुन बाँधका कारण कटान बढ्ने भन्दै स्थानीयले अवरोध गरेका छन् । उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिको बी बाट बग्ने सप्तकोसी नदीमा सुनसरी मोरङ सिंचाई आयोजनाको बाँध छ ।

बेलका नगरपालिका ८ का स्थानीय बालकुमार राई भन्छन्, ‘हामी बेलका नगरपालिकाका वडा नम्वर २, ३, ८ र ९ का स्थानीयले सोही बाँधको कारण सप्तकोसीको कटानको पीडा भोग्दै आएका छौँ, अहिले पनि आयोजनाले बाँध बाँधिरहेको छ । अहिले हामीले त्यसलाई रोक्न आयोजनासँग अनुरोध गरिरहेका छौँ ।’

सिंचाई आयोजनाकै बाधको कारण अहिले सप्तकोसीले धार पनि परिवर्तन गरेको छ । जसको कारण उदयपुरको क्षेत्रमा वर्षेनी कटान बढ्दै गएको स्थानीय शुसान्त राई बताउँछन् । उनले ले हालसम्म सयौँ विगाहा खेती योग्य जमिन कटान गरेको बताउँदै भने, ‘अब यो भन्दा बढी क्षति हुन दियो भने भोलिका दिनमा मानव बस्तिसमेत जोखिममा पर्ने छ ।’

उदयपुरतर्फको खेती योग्य जमिन कटान हुनुको साथै भोलिका दिनमा मानव बस्तिसमेत जोखिममा पर्ने प्रष्ट छ । जसको कारण आयोजनाले सोही क्षेत्रमा बाँध निर्माण गर्ने हो भने उदयपुरको क्षेत्रमा नदी कटान कम गर्न अर्को बाँध निर्माण गर्नु पर्ने अर्का सथानीय राज बान्तवा बताउँछन् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved