धरान । मोरङको केरावारी गाउपालिका वडा नम्बर ५ देवीटारका २६ वर्षिय नविन वराइली एक महिना देखि बेपत्ता भएका छन् ।
पुष १४ गते विहान ६ वजे धरान ६ मावली घरबाट झापाको विर्तामोड आफन्त भेट्न हिडेका उनी अहिले सम्म सम्पर्कमा नआएको आमा चन्द्रमाया वराइलीले वताईन् । नवीनलाई आफन्तकोमा कहीँ कतै नभेटिएकाले इलाका प्रहरी कार्यालय धरानमा समेत विहीबार उजुरी गरेको आमा वराइलीले वताइन् ।
२६ वर्षको नविनको दाहिने हातमा टयाटु खोपेको र कोठे सर्ट र जिन्सको पेन्ट लगाएका छन् । ५ फुट ५ इन्चका वराइली अहिले सम्म सम्पर्कमा नआएकाले कही कतै कसैले देखे सम्पर्क गरिदिनु हुन आफन्तले आग्रह गरेका छन् । नविनकी आमा वुवा सहित आफन्त छोरा हराएदेखि चिन्तित र पीडामा भएकाले जहाँ भएपनि आमा वुवा र आफन्तलाई सम्झिएर घर फर्किन आमा चन्द्रमायाले छोरालाई आग्रह गरेकी छिन् । अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन समेत अनुरोध गरेका छन् ।