धरानका राजेन्द्र सहित दुई शव फेला

  • माघ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको धनपालथानको उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा धरानका राजेन्द्र कुमार श्रेष्ठ सहित दुईजनाको शव फेला परेको छ ।

फेला परेका मध्ये श्रेष्ठको पहिचान खुलेको छ भने अर्को शवको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ ।

सुनसरीको धरान–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । उनका अनुसार मृतकका साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारीचालक प्रमाणपत्र पनि फेला परेको छ । उनीसँग फेला परेको कागजातका आधारमा उनको परिवारसँग सम्पर्क गर्दा ३०–४० दिन देखि उनी सम्पर्कमा नभएको बताइएको छ । परिवारका सदस्यहरुको भनाई अनुसार उनको झापामा रहेको प्लटिङमा साथीहरुसँग व्यवहार बिग्रेको थियो । उनी गएको मंसिर पहिलो साता नै व्यवहार मिलाउने भन्दै धरान आएका थिए ।

बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटरपूर्व उखुबारीमा ३०–३५ वर्षका अर्का एकजना पुरुषको शव बुधबार राति भेटिएको थियो । दुवै शवको प्रकृति एकैखाले तरिकाले खाडल खनेर गाडेको अवस्थामा भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । उखु खेतमा पुगेका कृषकले शंकास्पद खाल्डो भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो । एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ तर कसरी हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव दबाउन उक्त स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved